Shree Madhawaliya Secondary School, tilottama-15

Shree Madhawaliya Secondary School, tilottama-15 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Madhawaliya Secondary School, tilottama-15, School, Rupandehi.

जो जससँग सम्वन्धित छ।
10/04/2024

जो जससँग सम्वन्धित छ।

आज मिति 2080/11/02 गते बुधबार वसन्त पञ्चमी(सरस्वती पूजा) को दिन विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री सीता...
14/02/2024

आज मिति 2080/11/02 गते बुधबार वसन्त पञ्चमी(सरस्वती पूजा) को दिन विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री सीता शर्मा पौडेलको अध्यक्षता,पूर्व मन्त्री एवं रुपन्देही जिल्ला क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य माननीय छविलाल बि क ज्यूको प्रमुख आतिथ्यता,तिलोत्तमा नगर पालिका वार्ड 15 का अध्यक्ष श्री खेमराज गुरुङ्ग ज्यूको विशिष्ट आतिथ्यतामा एक कार्यक्रम बीच भब्य रूपमा अभिभावक भेला /सरस्वती पूजा/अक्षरारम्भ/पुरस्कार वितरण गरियो।
आजकै कार्यक्रममा लामो समय विद्यालयमा शिक्षण गरी स्वेच्छिक अवकाश प्राप्त शिक्षक श्री ज्ञानादेवी भट्टराईलाई बिदाइ पनि गरियो।
कार्यक्रममा विव्यस,शिअस,अभिभावक ,पूर्व प्र अ, शिक्षक,विद्यार्थी ,शुभ चिन्तक आदिको उपस्थिति थियो।

SEE 2080 को समय तालिका।-----------------------
22/01/2024

SEE 2080 को समय तालिका।
-----------------------

शैक्षिक अवलोकन भ्रमण शंकरनगर वन बाटिका, तिलौराकोट,जगदीशपूर ताल कपिलवस्तु ,लुम्बिनी ।
16/12/2023

शैक्षिक अवलोकन भ्रमण शंकरनगर वन बाटिका, तिलौराकोट,जगदीशपूर ताल कपिलवस्तु ,लुम्बिनी ।

25/11/2023

तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीले यही मिति २०८०/०८/०१ देखि २०८०/०८/१२ सम्म संचालन गरिरहेको तेस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं प्रयटन प्रबर्द्धन महोत्सव २०८० मा २०८०/०८/०८ गते शुक्रबार सप्पन्न नगरस्तरीय लोक नृत्य प्रतियोगितामा सामुदायिक विद्यालय तर्फ तेस्रो स्थान प्राप्त गर्न सफल भएकोमा सहभागी विद्यार्थी लगायत सिङ्गो विद्यालय परिवारलाई धेरै धेरै बधाई ।

Send a message to learn more

आज2080/06/30 को कार्यक्रम ।
17/10/2023

आज2080/06/30 को कार्यक्रम ।

आज मिति 2080/06/30 गते मङ्गलबार विद्यालयले विद्यालय  ब्यबस्थापन  समितिका अध्यक्ष  श्री सीता शर्मा पौडेलको अध्यक्षता  वार...
17/10/2023

आज मिति 2080/06/30 गते मङ्गलबार विद्यालयले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री सीता शर्मा पौडेलको अध्यक्षता वार्ड नम्बर 15 को अध्यक्ष श्री खेमराज गुरुङ्गको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिजया दशमी , शुभ दीपावली, छठ पर्व,नेपाल सम्बत 2080 को अवसरमा टिका,प्रसाद,जमरा र दक्षिणा सहित शुभकामना आदानप्रदान गरियो।
कार्यक्रममा समितिका सदस्य श्री शेर बहादुर पुन,शिक्षक अभिभावक संघका अध्यक्ष श्री बिष्णुप्रसाद शर्मा ,विद्यालयका प्रधानाध्यापक ,शिक्षक, कर्मचारी ,विद्यार्थीको उपस्थिति थियो।
अत्यन्तै खुशीयालीका साथ सम्पन्न कार्यक्रममा समस्त अभिभावक , विद्यार्थी ,शिक्षक कर्मचारी ,बिद्यालयमा कृयाशिल समिती,शुभचिन्तक ,नेपाल तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनीहरुको सुस्वास्थ्य,दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो ।

आज 2080/06/12 गते शुक्रबार बिद्यालयमा तहगत रुपमा वक्तृत्वकला प्रतियोगिता  कार्यक्रम  संचालन गरियो।अध्यक्षता- विद्यालय व्...
29/09/2023

आज 2080/06/12 गते शुक्रबार बिद्यालयमा तहगत रुपमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम संचालन गरियो।
अध्यक्षता- विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सीता शर्मा पौडेल
प्रमुख अतिथी- तिलोत्तमा न पा वार्ड न.15 का वार्ड अध्यक्ष श्री खेमराज गुरुङ्ग
बिशिस्ट अतिथि - शिक्षक अभिभावक संघका अध्यक्ष श्री बिष्णु प्रसाद शर्मा
स्वागत मन्तव्य - प्रधानाध्यापक श्री गङ्गा प्रसाद शर्मा
कार्यक्रम संचालक - शिक्षक श्री टिका डुम्रे
सहभागी -- आधारभूत तर्फ 9 जना वक्ता , मा. बि. तर्फ 8 जना।

28/08/2023

सूचना !सूचना !!सूचना !!!

शैक्षिकसत्र २०७९ मा SEE दिएका विद्यार्थीहरुको ग्रेड शीट र मूल प्रमाणपत्र विद्यालयमा आएको हुँदा सो लिनकोलागी सम्बन्धित विद्यार्थी /अभिभावकहरु विद्यालय समयमा आउन सूचित गरिन्छ ।

आज २०८०/२/१५ गते गणतन्त्र दिवसको अवसर पारेर शैक्षिकसत्र २०७९ मा अध्ययन गरेका आधारभूत तहका १००% छात्र र दलित छात्रवृत्ति ...
29/05/2023

आज २०८०/२/१५ गते गणतन्त्र दिवसको अवसर पारेर शैक्षिकसत्र २०७९ मा अध्ययन गरेका आधारभूत तहका १००% छात्र र दलित छात्रवृत्ति वितरण गरियो।
शिक्षक अभिभावक संघका अध्यक्ष श्री बिष्णु प्रसाद चुदाली को अध्यक्षता र वडा न १५ का अध्यक्ष श्री खेमराज गुरुङ्ग ज्यूको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रमको संचालन शिक्षक श्री टीका डुम्रेले गर्नु भएको थियो।

आदरणीय  अभिभावक  एवं विद्यार्थीहरुमा जानकारी यसबाट लाभान्वित हुन सम्बन्धित सबैमा अनुरोध सहित।नेपाल सरकारले संचालन गरिरहे...
19/05/2023

आदरणीय अभिभावक एवं विद्यार्थीहरुमा जानकारी

यसबाट लाभान्वित हुन सम्बन्धित सबैमा अनुरोध सहित।

नेपाल सरकारले संचालन गरिरहेको कोचिङ कक्षाको routing.

16/03/2023

Address

Rupandehi

Website

Alerts

Be the first to know and let us send you an email when Shree Madhawaliya Secondary School, tilottama-15 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category