Himal Darshan School Updates

Himal Darshan School Updates Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himal Darshan School Updates, School, Rumjatar.

हिमाल दर्शन माध्यमिक विद्यालय नेचासल्यान -३,साेलुखुम्बूमा चालू शैक्षिक सत्रमा आधारभूत तहमा कक्षाकाेठा व्यवस्थापन अन्तर्ग...
08/08/2023

हिमाल दर्शन माध्यमिक विद्यालय नेचासल्यान -३,साेलुखुम्बूमा चालू शैक्षिक सत्रमा आधारभूत तहमा कक्षाकाेठा व्यवस्थापन अन्तर्गत कक्षा २ र ३भएका महत्त्वपूर्ण झलकहरु।

हिमाल दर्शन मा वि नेचासल्यान-३ साेलुखुम्बुमा आज सम्पन्न शिक्षक बैठकबाट विव्यस प्रतिनिधिमा शिक्षक श्री टेकप्रसाद बास्ताेल...
04/08/2023

हिमाल दर्शन मा वि नेचासल्यान-३ साेलुखुम्बुमा आज सम्पन्न शिक्षक बैठकबाट विव्यस प्रतिनिधिमा शिक्षक श्री टेकप्रसाद बास्ताेला र शिअसंघ प्रतिनिधिमा शिक्षक श्री टाेपप्रसाद बास्ताेला सर्वसम्मत रुपमा चयन हुनुभएकोमा कार्य सफलताको शुभकामना एवम् हार्दिक बधाई ।

हार्दिक श्रद्धाञ्जली !हिमाल दर्शन मा.वि.मा कार्यरत शिक्षक श्री हेमन्तकुमार सिंहका पुजनीय पिता सरस्वती मा.वि. खानीभञ्ज्या...
23/07/2023

हार्दिक श्रद्धाञ्जली !
हिमाल दर्शन मा.वि.मा कार्यरत शिक्षक श्री हेमन्तकुमार सिंहका पुजनीय पिता सरस्वती मा.वि. खानीभञ्ज्याङका पूर्व प्रधानाध्यापक आनन्दीप्रसाद सिंहकाे काेशी अस्पताल माेरङमा उपचारका क्रममा निधन भएको खबरले हामी विद्यालय परिवार अत्यन्तै मर्माहत भएका छौं। शाेककाे यस दु:खद् घडीमा मृतआत्माकाे चिरशान्तिकाे कामना साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शाेकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं ।
विव्यस अध्यक्ष
ओमप्रसाद बास्ताेला
शिअसंघ अध्यक्ष
नानुमाया बास्ताेला
एवम्
समस्त विद्यालय परिवार,हिमाल दर्शन मा वि ।

कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धि सूचना।
19/07/2023

कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धि सूचना।

06/07/2023

See Result 2079
राष्ट्रिय परीक्षा बाेर्डद्वारा आज प्रकाशित see 2079 मा हिमाल दर्शन माध्यमिक विध्यालयबाट सहभागी भएका सम्पूर्ण विध्यार्थीहरुकाे नतिजा तपसिल बमोजिम रहेको सम्बन्धित सबैमा सूचित गरिन्छ । सम्पूर्णमा विध्यालय परिवारकाे तर्फबाट हार्दिक बधाई ।
01100297C- 1.6
01100298D- 3.2
01100299E- 1.8
01100300F- 2.15
01100301G- 2.4
01100302H- 3.05
01100303I- 2.15
01100304J- 2.05
01100305K- 2.65
01100306L- 2.55
01100307M- 2.3
01100308N- 2.85
01100309O- 1.95
01100310P- 2.10
01100311Q- 1.60
01100312R- 2.05
01100313S- 1.85
01100314T- 2.60
01100315U- 2.25
01100316V- 1.90
01100317W- 2.65
01100318X- 3.00
01100319Y- 2.35
01100320Z- 2.85
01100321A- 3.30
01100322B- 2.80
01100323C- 2.85
01100324D- 2.60
01100325E- 2.80
01100326F- 2.90
01100327G- 2.55
01100328H- 1.95
01100329I- 1.15
01100330J- 1.75
01100331K- 2.45
01100332L- 3.00
01100333M- 2.15
01100334N- 2.15
01100335O- 2.45
01100336J- 2.95
01100337Q- 1.65
01100338R- 2.60
01100339S- 2.95
01100340T- 2.60
01100341U- 2.85
01100342V- 2.15
01100343W- 2.20
01100344X- 2.65
01100345Y- 2.15
01100346Z- 2.60
01100347A- 1.80
01100348B- 2.95
01100349C- 2.95
01100350D- 3.20
01100351E- 2.15
01100352F- 2.40
01100353G- 2.10
01100354H- 2.20
01100355I- 1.40
01100356J- 2.20
01100357K- 2.80
01100358L- 2.55
01100359M- 2.65
11100002D- 1.45
11100003E- 1.25

श्री हिमाल दर्शन मा वि नेचा सल्यान - ३ मा आज विद्यालय हाताभित्र  अन्तरसदनात्मक साप्ताहिक कार्यक्रमअन्तर्गत विभिन्न जातका...
23/06/2023

श्री हिमाल दर्शन मा वि नेचा सल्यान - ३ मा आज विद्यालय हाताभित्र अन्तरसदनात्मक साप्ताहिक कार्यक्रमअन्तर्गत विभिन्न जातका फूलका विरुवा राेपिएकाे छ।

हिमाल दर्शन मा वि नेचासल्यान-३ साेलुखुम्बूमा आज सम्पन्न विव्यस,शिअसंघ र शिक्षक स्टाफबीचकाे छलफलबाट चालू शैक्षिक वर्ष २०८...
23/06/2023

हिमाल दर्शन मा वि नेचासल्यान-३ साेलुखुम्बूमा आज सम्पन्न विव्यस,शिअसंघ र शिक्षक स्टाफबीचकाे छलफलबाट चालू शैक्षिक वर्ष २०८० मा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि तपसिल बमोजिमको प्रतिबद्धता पत्र जारी गरिएको छ।

हिमाल दर्शन मा वि मा आज नेचा सल्यान गाउँपालिकाकाे निर्णयअनुसार भूमेस्थान आधारभूत विद्यालयमा सरुवा भई जाने शिक्षक श्री पे...
21/06/2023

हिमाल दर्शन मा वि मा आज नेचा सल्यान गाउँपालिकाकाे निर्णयअनुसार भूमेस्थान आधारभूत विद्यालयमा सरुवा भई जाने शिक्षक श्री पेशल कुमार बास्ताेलालाई बिदाइ तथा सरुवा भई आउने शिक्षक श्री
टाेपप्रसाद बास्ताेला, शिक्षक श्री कुमारी ढुङ्गेल र शिक्षक श्री चन कुमारी बास्ताेलालाई हार्दिक स्वागत गरिएको छ।

प्राेत्साहन अनुदान सम्बन्धमा ।शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्यांकनबाट सालुखुम्...
21/06/2023

प्राेत्साहन अनुदान सम्बन्धमा ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्यांकनबाट सालुखुम्बु जिल्लामा उत्कृष्ट अंक प्राप्त गरी हिमाल दर्शन मा वि "व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका
विद्यालयलाई नतिजामा आधारित प्राेत्साहन अनुदान" प्राप्त गर्न सफल भएकोमा विद्यालयकाे विकासमा याेगदान दिनुहुने शैक्षिक अभियन्ताहरुमा हार्दिक शुभकामना ।

हार्दिक बधाई हिमाल दर्शन मा वि नेचासल्यान -३ मा आज सम्पन्न अभिभावक भेलाबाट सर्वसम्मत रुपमा श्री नानुमाया बास्ताेलाकाे अध...
16/06/2023

हार्दिक बधाई
हिमाल दर्शन मा वि नेचासल्यान -३ मा आज सम्पन्न अभिभावक भेलाबाट सर्वसम्मत रुपमा श्री नानुमाया बास्ताेलाकाे अध्यक्षतामा तपसिलअनुसारकाे शिक्षक अभिभावक संघ गठन गरियाे।अभिभावक संघमा निर्वाचित हुनुहुने अध्यक्ष एवम् सदस्यज्यूहरुमा हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना ।
अध्यक्ष श्री नानुमाया बास्ताेला।
सदस्य श्री धनप्रसाद कटेल ।
सदस्य श्री आङङावा शेर्पा ।
सदस्य श्री कविता राई।
सदस्य श्री मिना खनाल।
सदस्य श्री इन्द्रकुमारी बास्ताेला।
सदस्य श्री मेख बहादुर वि. क. ।
सदस्य श्री सुस्मिता कटेल।

हिमाल दर्शन मा वि नेचासल्यान -३, साेलुखुम्बुमा आज स्वास्थ तथा जनसंख्या मन्त्रालय ,स्वास्थ सेवा विभाग ,ईपिडेमियाेलाेजी तथ...
15/06/2023

हिमाल दर्शन मा वि नेचासल्यान -३, साेलुखुम्बुमा आज स्वास्थ तथा जनसंख्या मन्त्रालय ,स्वास्थ सेवा विभाग ,ईपिडेमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाबाट हात्ती पाइले राेग निवारण कार्यक्रम अन्तर्गत LF Confirmatory mapping survey मा कक्षा ४ देखि ८ सम्मका १६ जना विद्यार्थीहरुमा गरिएको परीक्षणमा सबैकाे नतिजा negative आएको छ।

हिमाल दर्शन मा वि नेचा सल्यान- ३, साेलुखुम्बूमा कक्षा ९ र १०का अभिभावकहरुसँगकाे शैक्षिक अन्तरक्रिया विव्यस अध्यक्ष श्री ...
13/06/2023

हिमाल दर्शन मा वि नेचा सल्यान- ३, साेलुखुम्बूमा कक्षा ९ र १०का अभिभावकहरुसँगकाे शैक्षिक अन्तरक्रिया विव्यस अध्यक्ष श्री ओमप्रसाद बास्ताेलाकाे अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा विद्यार्थी नियमितता,विद्यालयमा अभिभावक उपस्थिति ,शिक्षामा प्रविधिको प्रयाेग,गृहकार्य,विषयगत शिक्षक पदपूर्ति , कक्षा १० मा अतिरिक्त कक्षा सञ्चालन,विद्यार्थी पाेशाक ,सिकाइ उपलब्धि वृद्धि लगायत् महत्त्वपूर्ण शैक्षिक विषयमा छलफल एवम् विद्यालयकाे शैक्षिक सुधारमा एकजुट बनी अघि बढ्ने निर्णय गरियो ।

Address

Rumjatar

Alerts

Be the first to know and let us send you an email when Himal Darshan School Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category