Seti Devi Basic school

Seti Devi Basic school

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Seti Devi Basic school, School, Ramechhap.

07/10/2024

सम्पूर्ण अभिभावक ज्यूहरूमा नमस्कार🙏🙏🙏
एक महिना भन्दा बढी लामो दशैँ,तिहार र छठ पर्वको एकमुष्ट बिदा भइसकेको छ । यो बिदा अवधिमा तपाईँहरुले पनि आफ्ना नानीबाबुहरूको विशेष ख्याल गर्नुपर्ने हुन्छ । निम्न केही कार्यहरू गर्नु भए निश्चय नै बिदाको सदुपयोग हुने थियो भन्ने आशा गर्दछौं ।
१.रमाइलो चाड पर्व भए तापनि शिक्षकहरूले विद्यार्थीहरूको ध्यान आफ्नो अध्ययनमा पनि जाउन भन्ने हेतुले सामान्य गृहकार्यको रुपमा परियोजना कार्यहरु दिइएको छ । उक्त कार्य सम्पन्न गर्न अभिप्रेरित गर्नुहोस् ।(गृहकार्यको गराउने सम्बन्धमा तपाईं अभिभावकहरू अक्षर पढ्न,लेख्न सिकाउन सक्नुहुन्न होला तर सुन्न अवश्य सक्नुहुन्छ यसर्थ हरेक दिन आफ्ना बालबच्चाले के लेखे पढेर सुनाउन लगाउनु होस् र गृहकार्य गरे नगरेको मूल्याङ्कन गर्नुहोस् ।)
२. मोबाईल,फोन चलाउन दिएर त्यसमा लत नबसाउनुहोस् ।
३. तपाईँहरू पनि आफ्ना नानीबाबुहरूसँग चाडबाडमा रमाइलो गर्नुहोस् । जस्तै:- सँगै खाना खानुहोस्, भाँडा माझ्न सहयोग गर्न भन्नुहोस्, गीत गाउनुहोस्, नाच्नुहोस् र रमाइलो गर्नुहोस् ।
४.खाना बनाउने तरिका अर्थात पाक कला सिकाउनुहोस् । मासुको परिकार बनाउन, अचार बनाउन, सेल रोटी पकाउन आदि लगायतका विभिन्न परिकारहरू पकाउन ताकी पछि कतै गएर पढ्न अर्थात वैदेशिक रोजगारमा जाँदा आफूले पकाएर खान सहज हुनुका साथै वैवाहिक जीवन पश्चात दैनिक जीवनयापन व्यवहारमा सहज होस् ।
५.घरमा आउनुहुने आफन्तजन,पाहुना,इष्टमित्र आदिलाई सम्मान,आदर,सत्कार गर्न संस्कार सिकाउनुहोस्। ताकी ठाडे बोलीवचन,व्यावहार नगरोस्,संस्कारी होस् र जसले गर्दा फलानोको छोराछोरी कति असल व्यवहार र संस्कारको भनेर बाबुआमाको इज्जत र गौरव बढ्नेछ र आफन्तजन सबैजनालाई चिनाउनुहोस् ताकि पछि बाटोमा भेट्दा आफन्तजन चिनेर आदर गर्न सकुन् ।
६. मौसम सफा भएको बेलामा घर भन्दा केही पर खुल्ला चौर वा पिकनिक क्षेत्रमा गएर Family पिकनिक आयोजना गर्नुहोस् । त्यहा आफ्नो बाबुनानीसँग रमाइलो खेल खेल्नुहोस् र प्रकृतिसँग रमाउने वातावरण बनाउनुहोस् ।
७.बालबच्चाको अगाडि मदिरा सेवन नगर्नुहोस् किनकी चाडबाडमा मदिरा पिएर मात्रै रमाइलो हुन्छ भन्ने कुरा भ्रम मात्रै हो ।
८.फुर्सदको समयमा फुलबारी गोड्न,घर वरिपरि सरसफाइ गर्न उसको क्षमताले सक्ने खालको घरको साधारण कामहरूमा सरिक गराउनुहोस्।
९.घरबाट टाढा नजान र कतै गए पनि समयमै घर फर्कन भन्नुहोस् ।
१०.रातिको समया बाहिर नपठाउनुहोस्।
११.यात्रामा बाहिर जानुभयो भने आफ्नो यात्रा वृतान्त समावेश गरी यात्रा संस्मरण लेख्न भन्नुहोस् ।(उक्त लेखाइलाई पछि शिक्षकले स्वतन्त्र लेखन क्षमता,प्रतिवेदन लेखन,टिप्पणी लेखन,दैनिकी लेखन क्षमता मूल्याङ्कन गर्नुका साथै उनीहरूलाई व्याकरणीक नियमसम्मत भाषा लेखनमा सहयोग पुर्‍याउने छ।
अन्त्यमा वि.ब्य.स.,संस्थापक, पूर्व बिब्यस,शिक्षक अभिभावक संघ,सम्पूर्ण विद्यार्थी, अभिभावक, विद्यालय परिवार लगायत सम्पूर्ण शुभचिन्तक ज्यूहरूमा
विजयादशमी तथा शुभदिपावलीको शुभकामना।🙏

Want your school to be the top-listed School/college in Ramechhap?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Ramechhap

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00