12/05/2026
SEE परिक्षामा सफल हुनुहुने यस 𝗥𝗲𝗻𝘂𝗸𝗮 𝗗𝗲𝘃𝗶 𝗦𝗲𝗰𝗼𝗻𝗱𝗮𝗿𝘆 𝗦𝗰𝗵𝗼𝗼𝗹-रेणुका देवी माध्यामिक बिद्यालय १७ औ ब्याचका सम्पुर्ण छात्रछात्रा भाईबहिनिहारुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना।साथै यस परिणामका निम्ति अहोरात्र मेहनत गर्नुहुने सम्पूर्ण शिक्षक/शिक्षिकाज्युहरुलाई पनि धेरै धेरै धन्यवाद ।आगामी दिनहरुमा पनि यस्तै अझ यो भन्दा बढी सफलता कायम गर्ने उर्जा अनि हौसला मिलोस।
Congratulations & best wishes you all.
Him Kumar Shrestha Nim Bahadur Shrestha Bodhahari Shrestha
07/04/2026
राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा शैक्षिक सत्र २०८२/८३ को कक्षा १२ (साधारण, प्राविधिक र परम्परागत तर्फ) को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरिएको छ।
🗓 मुख्य विवरणहरू:
* परीक्षा सुरु हुने मिति: २०८३ वैशाख १४ गतेदेखि
* परीक्षा समय: बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म
📍 प्राविधिक धार (Technical Stream) का केही मुख्य विषयहरूको तालिका:
* वैशाख १५: Social Studies (Technical)
* वैशाख १७: Physics (Technical)
* वैशाख २१: Chemistry (Technical)
* वैशाख २२: Biology (Technical)
* वैशाख २३: Software Engineering / Construction Mgmt / Power Transmission
* वैशाख २४: Electrical CAD / RCC Structure / Contemporary Tech
* वैशाख २५: Plant Pathology / Renewable Energy / Fluids Mechanic
* वैशाख २७: Switch Gear / Mechanics of Structure / Visual Programming
⚠️ परीक्षार्थीहरूले ध्यान दिनुपर्ने कुराहरू:
१. परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगावै केन्द्रमा पुग्नुपर्नेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउनेलाई प्रवेश दिइने छैन।
२. प्रयोगात्मक परीक्षाका लागि आवश्यक सामग्री (Log Table, Graph Paper, IS Code आदि) परीक्षार्थी स्वयंले ल्याउनुपर्नेछ।
३. परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी वा अन्य इलेक्ट्रोनिक डिभाइस लैजान पूर्ण निषेध गरिएको छ।
तपाईंका साथीहरूलाई जानकारी दिन यो पोस्ट Share गर्नुहोस् र आफ्नो विषयको मिति तल Comment मा कन्फर्म गर्नुहोस्।
सबै परीक्षार्थी साथीहरूलाई सफलताको हार्दिक शुभकामना! 📝 सुभकामना!