26/07/2023
मिति 2080/04/10 नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य, पुर्ब मन्त्री तथा विभिन्न ब्यबसायमा आवद्ध उधामी आदरणीय दाजु उमेश श्रेष्ठ ज्यु संग कृषि क्षेत्रको समसामयिक सम्भावना र आगामी दिनमा आउन सक्ने चुनौतीहरुको बिषयमा गहिरो छलफल गरि समाधानका निम्ति एक जुट भएर सहकार्य गरि समय-सापेक्ष योजना बनाई अघि बढ्ने निष्कर्ष गरियो।
28/06/2023
मिती २०८०/०२/३२ गते परियोजना कार्यान्वयन एकाइ रामेछापको आयोजनामा जिल्ला समन्वय समिति रामेछापको प्रमुख, उप-प्रमुख, जिल्ला प्रशासन कार्यालय रामेछाप, रामेछाप उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति रामेछाप लगायत जिल्लास्थित सरोकारवाला निकायहरुको आलू जोन क्षेत्रमा संयुक्त अनुगमनमा कैद गरिएको केही तस्वीरहरु
25/05/2023
२०७७ मङ्गसिर २७ गते।
Nepal Medical Association का पूर्व अध्यक्ष , प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष , बी पी मेमोरिएल अस्पताल को बर्तमान अध्यक्ष आदरणीय दाजु डा केदार नरसिंह के सी ज्यु को फार्म भ्रमण का झलक।
भ्रमण गरि सुझाब तथा थप हौसला प्रदान गर्नु भएको मा सम्पूर्ण टीमको तर्फ बाट हार्दिक धन्यबाद दिन चाहन्छौ।
24/05/2023
२०७९ असोज २८ गते बिश्व खाद्य- दिबस को उपलक्ष्यमा कृषि क्षेत्र (खाद्य सुरक्षा )मा हिमालय पोटेटोरिसर्च एन्ड डेभलपमेन्ट सेन्टर प्रा. लि ले गर्दै आएको कार्य र योगदानको कदर अनुरुप प्रदान गरिएको सम्मान ।
यो सम्मान ले हामि लाई थप प्रोत्साहन साथै उर्जा प्रदान गरेको छ ।
16/05/2023
मिति २०७७/१२ /१० गते।।। पछाडी फर्की हेर्न र सम्झन पर्ने पल हरु।।।।
रामेछाप जिल्ला को तत्कालिन जिल्ला प्रशाशन अधिकृत श्री दिपक कुमार पहाडी ज्यु , तत्कालिन जिल्ला प्रहरी कार्यालय प्रमुख (DSP ) श्री राज कुमार थिङ ज्यु, तत्कालिन जिल्ला प्रमुख (APF ) ,वर्तमान प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना इकाई कार्यालय प्रमुख श्री थिर लाल गैरे जिउ , कान्तिपूर मीडिया तर्फ बाट श्री टिका भट्ट ज्यु को फार्म भ्रमण तथा अबलोकनका केहि झलक हरु।
फार्मको भ्रमण गरि सल्लाह, सुझाव तथा कृषि सम्बन्धित बिबिध समसामयिक बिषयेमा छलफल गर्ने अबसर जुटाई दिनु भएको मा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना इकाई , मन्थली लाई धन्यवाद ज्ञापन गर्दछौ।
14/05/2023
मिति २०७८/०४/२२ गते (पछाडी फर्की हेर्नु र सम्झनु पर्ने पल हरु।।।।
तत्कालिन बागमती प्रदेश कृषि मन्त्रि श्री दावा दोर्जे लामा , बागमती प्रदेश मनानिये श्री शान्ति पौडेल , गोकुल्गंगा गाउँ पालिका प्रमुख श्री खड्ग बहादुर सुनुवार , गोकुल्गंगा गाउँ पालिका उप- प्रमुख सुश्री राधिका श्रेष्ठ नेवार को फर्म अबलोकन तथा अनुगमन।
फर्मका गतिबिधि, चुनौती तथा सम्बवाना बारे बिस्तृत रुपमा भ्रमण गरि छलफल गरिएको थियो।
14/05/2023
Archive!!
पछाडि फर्कि हेर्नू र संझनु पर्ने पल हरु ।।।।
मिति २०७७/०६/०८ गतेका दिन कृषि बिकास बैंक लि. र रिकिसि कम्पोस्ट प्रा. लि को सयुक्त भ्रमण ।
फाेटाेमा तत्कालीन C.E.O श्री अनील कुमार उपाध्याय ज्यू, DGM श्री प्रताप सुबेदि ज्यू, DGM श्री ध्रुब चन्द्र गौतम ज्यू, कर्पोरेट हेड श्री सरोज कुमार शाह ज्यू, रिकिसि कम्पोस्टका C.E.O सुश्री उषा गिरि ज्यू तथा किरण गिरि ज्यू। साथै संस्थाका सदस्यहरु ।
भ्रमणको क्रममा आएको अमुल्य सुझाव हरुलाई आत्मासाथ गर्दै लागु गर्न सकिने सुझाव हरु लागू समेत गरिएको थियो ।
पछाडि फर्केर हेर्दा ती पलहरु फेरि ताजा भयकाे छ र त्यो अमुल्य सहयोग र सुझावको लागि संस्थाको तर्फबाट फेरि पनि कृतज्ञता ग्यापन गर्दछौं ।🙏🙏