नन्दलाल आचार्य

श्री जनता बेलका मावि, तपेश्वरी–४, पुरन्दह, उदयपुर

marganugami.com

Marganugami Daily

www.marganugami.com/search/label/विचार?m=1

marganugami.com Online Version Of Marganugami Daily

[04/14/19]   नमस्कार र धन्यवाद छ ।
अन्तमा उही कुरा---

शरीरजस्तो होस् तर मन सधैँ सफा रहोस् । आपसी प्रेम, सद्भाव र नैतिकताको क्षेत्रमा प्रेरणा प्राप्त हुने ऊत्कट अभिलाषा सहित म बबुरोको तर्फबाट हर नेपाली मन र पनलाई नूतन वर्ष २०७६ को मंगलमय शुभकामना छ ।
卐卐卐卐卐卐卐卐卐卐

प्रत्येक बर्षको अन्तिम सुर्यास्त जीवनको यात्रालाई एक छिन पूनराबलोकन गर्ने मौका हो भन्ने मेरो ठहर छ । नयाँ बर्षको पहिलो सूर्योदय जीवनको नविनतम थालनीको एक सुवर्ण अवसर पनि हो ! मेरो अटुट अभिलाषा छ- बुद्धको जन्मभूमि नेपाल विश्व-शान्तिको नमूना स्थल बनोस् । हरेक नेपालीमा एकता र सदभाबको भावना दिन दुगुना रात चौगुनाका रूपले बढ्दै जाओस् ! हरेक नेपाली जीवनका हरेक किसिमका यात्राहरू शुभ र उपलब्धिपूर्ण बन्दै रहून् ! नूतन वर्षको 2076 ले हजुरको जीवन रड़्गमय बन्न सघाओस् । यही चाहना र कामनासहित 2075 लाई बाईबाई र 2076 लाई हाई हाई भन्दै हजुरलाई चाहिँ नूतन वर्षको हार्दिक मंगलमय शुभकामना छ । 卐ॐ शुभ-शुभ-शुभ ॐ卐

आमै भन्दैथिन्- नए बर्खको पैलो दिनाँ प्रदान मुन्तिरीले राज्येका नाउमा खै के जाति भन्दै जन्म रे । कसैलाई यो बर्खभर्ता हाँस्नुपर्छ भन्ने पिरलो परेछ बा ! अब त सपना देख्न थालौँ । सपना देख्न नै नसक्ने कायर नबनौँ । पैदा सही सपना देख्न र पूरा गर्न 076 मड़्गलमय बनोस् ।म बुढियाको शुभेकामना छ ।


लघुकथा: बर्थडे केक __ अवतार ढकाल । "ममी आज चाहिँ मेरो बर्थडेमा जसरी नि केक चाहिन्छ । मैले साथीहरुलाई पनि बोलाकोछु ।" आफ्नो जन्मदिनको बिहानै छोराले भन्यो । "बाबु, मेरो ज्ञानी राजा... ममुसँग पैसा छैन ।" साबित्रीले छोरालाई सम्झाइन् । " सबैकोमा केक काटछन् । हाम्रो पनि बाबा भएको भए त । हामी कति गरिव है मामु ?" छ बर्षको छोराले आँसु झार्दै भन्यो । "नरोउ । कतै पैसा पाएँ भनें काटौंला । नत्र झगडा गर्नहुन्न नि ।" उनले छोरालाई अलिकता आशा देखाइन । तीन बर्ष अगाडि गाडी दुर्घटनामा श्रीमानको देहावसान भएपछि दुखको पर्याय बनेको थियो उनको जीवन । शहरको एउटा क्लिनिकमा सरसफाइ गर्ने काम गर्थिन् । छोराको पढाइ, कोठाभाडा र खानपानमै कमाई ठिक्क हुन्थ्यो । क्लिनिक जानु अघि पर्सका कुनाकानी चेक गरिन । क्लिनिकमा अर्को महिनासम्मको पेस्की लिइसकेकी थिइन । एकदुइ जनासँग हात पसारिन । तर सबैतिरबाट निराशा मात्र हात लाग्यो । " के भन्ने होला छोरालाई ?" दिनभर मनमा यहि प्रश्न खेलिरहयो । कोठामा आएर निक्कै बेर रोइन एक्लै । करीब पौने चार बजे मोवाइलको रिङटोन बज्यो । " हल्लो । आयुसको ममी हो ?" एउटा अपरिचित नारी स्वर । " हजुर । " " म स्कुलबाट । तपाईं चाडै स्कुल आउनु न ।" उताको आवाज । लगत्तै नेटवर्क गयो । जति कोसिस गर्दा पनि फेरि फोन लागेन । मनमा एकैचोटि हजारौं ज्वारभाटाहरु उठे । सुखद कम , दुखद बढी । "भगवान मेरो बाबुलाई केही पनि भएको नहोस ।" हजारौं पटक भगवान गुहार्दै स्कुल पुगिन् । आफ्नै कक्षाकोठाको अगाडिको कुर्सीमा ह्याप्पी बर्थडे लेखिएको चुच्चे टोपी लगाएर आयुस बसिरहेको थियो । एकातिर प्रीन्सिपल, अर्को तिर कक्षा शिक्षक र अगाडिपट्टी बेन्चमा उसका साथीहरु । उनी पुग्नेबित्तिकै प्रीन्सिपलले आफु नजिकैको कुर्सीमा बसाउँदै भनिन् " आज आयुसको जन्मदिन सबै सङ्गै मनाउने । साह्रै ट्यालेन्ट र असल छ।" " म्याडम ....।" उनले केही बोल्न खोजिन् । " चिन्ता नगर्नु । आजबाट आयुसको पढाइको सबै जिम्मा स्कुलको । उ हामी दुबैको छोरा भयो ।" उनले प्रीन्सिपलको अनुहारतिर हेरिन । उनको अनुहारमा झिलिक्क एउटा ज्योती चम्कियो र फेरि बिलिन भयो । "ह्याप्पी बर्थडे डियर आयुस ।" एकैचोटी आएको सामुहिक स्वरले कोठा गुन्जायमान भयो ।

Photos from नन्दलाल आचार्य's post

[03/20/19]   पञ्चायती कालको मध्याह्नसम्ममा पनि विद्यालय कमै खुलेका थिए । प्रायः माध्यमिक शिक्षा लिन जिल्ला सदरमुकाम नै पुग्नुपथ्र्यो । शिक्षा सबैको पहुँचमा थिएन । पढ्नेहरू पनि कुनै न कुनै व्यक्तिको सहयोग, प्रेरणा र भरथेगले नै पढ्थे । साधारण परिवारमा भने पढाइ–लेखाइलाई भन्दा कामधामलाई महत्त्व दिइन्थ्यो । ‘पढिलेखी के काम, हलो जोत्यो खायो माम’ भन्ने उखान लोकप्रिय थियो र, प्रायः गाउँघरतिर साधरण मात्र लेखपढ गरी आनन्दले घरजम गर्ने चलन थियो ।

त्यस समयमा भक्तबहादुर राईले जमदह, तितरिया र गोलबजार गरी तीन विद्यालयमा ६ कक्षासम्मको अध्ययन पूरा गरे । त्यसमाथिको अध्ययन गर्न सदरमुकाम नै पुग्नुपथ्र्यो । आर्थिक समस्याका कारण उनका मातापिता पछाडि सरिरहे । उनका मामाहरूले भने पढाइ नछाड्न प्रेरणा दिइरहे । मामाहरूले पढेर जीवनस्तर उकासेको देखेर उनले पनि हिम्मत जुटाए र, माथिको अध्ययन पूरा गर्न उनी सदरमुकामको चन्द्र माविमा कक्षा ७ मा भर्ना भए ।

त्यसबेला चन्द्र माविमा जानकीरमण कर्ण प्रधानाध्यापक थिए । उनी आफ्नो व्यक्तित्व र आदर्श आचरणका कारण विद्यार्थी र अभिभावक माझ लोकप्रिय थिए । एक दिन उनी अङ्ग्रेजीमा ‘नेहरूको पत्र’ पढाउँदै थिए । कक्षा एकदमै शान्त थियो । उनको पढाउने तरिका नै यस्तो मनमोहक थियो कि सबैका आँखा आँसुले भरिए ।

उनको बोलीमा जादु थियो । उनले भनेपछि आशङ्का गरिन्थ्यो । उनका अगाडि जस्तोसुकै बदमास प्रवृतिका विद्यार्थीहरू पनि नुन खाएका कुखुरा बन्थे । उनको आवाज सुनेपछि कृष्णको बाँसुरीको धुनमा गोपिनीहरू लठ्ठिएझैँ लठिन्थे । उनको व्यक्तित्वले गर्दा नै चन्द्र माविमा अनुशासन र मर्यादा कायम थियो । चन्द्र शमसेरको पालाको पुरानो स्कूल भएकोले चारैतिर ख्याति फैलिएको थियो । राम्रो रीतिथिति बसेको भनेर भारतको विहारबाट पनि पढ्न विद्यार्थीहरू आउँथे ।

घरबाट धाउन असम्भव भएकोले भक्तबहादुर छात्रवासमा बसेका थिए । उनका लक्ष्मण मामा सिरहामा वकिल थिए । मामाबेला बेलामा स्कूल आउँथे । उनका अफ्ठ्याराहरू टारिदिन्थे । एक पटक घरबाट ल्याएको र मामाले दिएको पैसा सिद्धिदै गयो । मामा आउने नआउने ठेगान थिएन । काम विशेषले उनी काठमाडौँ गइरहन्थे । उत्तिखेर सिरहाबाट राजधानी पुग्न मात्रै पनि हप्ता दिन लाग्थ्यो ।

घरबाट भक्तबहादुरका बुबाआमा आउनुहुन्नथ्यो । आए पनि मामाकहाँ नै जानुहुन्थ्यो । उनलाई भने मामा रहने ठाउँ र कार्यालय समेत थाहा थिएन । कसैकहाँ सोधपुछ गरेर जाने हिम्मत र ज्ञान पनि थिएन । हप्ता दिनसम्म पनि मामा नआउँदा उनी भित्रैभित्र आतिन्थे । यद्यपि उनी मामासँगको भेटमा यस्ता कुरा सुनाउन डराउँथे ।

“भन भान्जा ! कुनै साह्रो–गाह्रो केही मनमा छ भने भन ।”, मामा बोल्न उक्साउँथे । उनी भने पछि हट्दै भन्थे, “सबै ठीक छ मामा ! केही कुराको पनि दुःख छैन ।”

त्यस बेला पढ्नु साँच्चैको फलामको चिउरा चपाउनुसरह थियो । पञ्चायतकालीन पढाइमा लोकतान्त्रिकपन खोजेर पाइन्नथ्यो । स्वतन्त्रताको वकालत गर्न खोज्यो भने व्यवस्था विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरी खोरमा थुनिनु र प्रहरीको बुटले घाइते हुनु नै पथ्र्यो ।

मामा भक्तबहादुरलाई सम्झाउँदै भन्थे, “भान्जा ! प्रहरीको लण्ठामा पर्नुहुन्न है । जीवनमै दाग लाग्छ र जागिर खानै पाइन्न नि ! हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु त्यत्तिकै भनेको हैन ! सोचेर मात्र काम गर्नू !”उनी स्विकारोक्तिको मुन्टो हल्लाएर मामालाई आश्वस्त तुल्याउँथे ।

दिनभरि कक्षाकोठामा पढ्नु, बिहान–बेलुका चौरमा फुटबल र भलिबल खेल्नु र साँझ परेपछि छात्रवासमा छिरिहाल्नु उनको दिनचर्या थियो । साथीहरूको साथमा पढेका कुरा उत्ति साह्रो बुझ्दैनथे । त्यसैले बेलुका ८ बज्दा नबज्दै उनी सुतिसक्थे । साथीहरूले पढेको सुनेर पनि निकै कुरा बुझ्थे । उनी निदाउँदा साथीहरू पढिरहेकै हुन्थे । बिहान दुई बजे नै उनका आँखा खुल्थे र पढ्न बस्थे । बिहान साथीहरू उठ्दा उनलाई पढिरहेको पाउँथे र छक्क पर्थे ।

खासमा उनी बिहान उठेर पढाइ हुने पाठहरूलाई मनोयोगले पढ्थे । शिक्षकले पढाउनुपूर्व नै सिक्नुपर्ने कुराहरू सिक्ने जमर्को गर्थे । नबुझेका कुराहरूको लिष्ट बनाउँथे र कक्षामा शिक्षकले पढाउँदा पनि समाधान नभएका समस्याचाहिँ शिक्षकलाई सोध्थे । पाठ पढाउँदा कतै शिक्षकले भुल्न पुगे स्मरण गराउँथे । यसरी उनले विषय शिक्षकहरू बीच बेग्लै छवि बनाउन सकेका थिए ।

पञ्चायती कालको शिक्षामा भएको कठोरता वर्णन गरी साध्य थिएन । कसैले शंकास्पद काम गरेमा कठोर सजाय दिइन्थ्यो । छट्टुहरूले झुट्टा आरोप लगाएर सोझासीधालाई दण्डित गर्ने सम्भावना ज्यादा हुन्थ्यो किनभने आरोपीले सफाई दिने मौकै पाउन्नथ्यो । एक पटक विश्वास कमाएको व्यक्तिले झुट्टो काम गरे पनि सधैँ सत्य ठहरिन्थ्यो ।

प्रधानाध्यापक दासको विश्वासपात्र गोविन्द थियो । ऊ विद्यालयको कार्यालय सहयोगी पदमा कार्यरत थियो । ऊ पनि छात्रवासमा बस्थ्यो । विद्यार्थीले अनुशासन भङ्ग गरे वा नगरेको सबै कुरा प्रधानाध्यापकलाई सुनाउँथ्यो । प्रअ पनि आरोपीलाई सफाई दिने मौकै दिँदैनथे । अनुशासनका मामलामा साह्रै क्रुद्ध थिए । आफ्ना सारा प्रिय बानी अप्रिय रूपान्तरण गर्थे । त्यस बखत उनको मनबाट दयामाया हराउँथ्यो ।

सामान्य अवस्थामा उनी विद्यार्थीहरूलाई सम्झाउँथे, “शासन व्यवस्थाले नै हामीलाई न्याय–अन्याय छुट्याउने सीप सिकाएको छ । अपराधीप्रति हदैसम्मको कठोर कदम चाल्न लगाएको छ । तसर्थ अपराध कर्म गरेर पानीमाथिको ओभानो भइरहन सक्छु भन्ने विचार मनमा नराख्दा हुन्छ ।”

भक्तबहादुरका आँखामा एउटा दृश्य नाचिरहेको छ– एक पटक अशोकलाई महेशको कापी चोरेर दीपकलाई बेचेको आरोप लाग्यो । स्पष्टीकरणका लागि सबै जना बोलाइए । बोल्नका लागि अशोकले मुख खोल्न थालेको थियो । प्रअले हत्त न पत्त मुखैमा झापड बर्साए । दाँतले ओठ काटेर मुखबाट रगत बग्न थाल्यो । बरु रक्तमुच्छेल हुँदै गयो तर अशोकले मुख बन्द गरेन । र, पनि प्रअको मनमा दयामाया जागेन उल्टै अपराधीलाई बोल्ने हक छैन भन्दै गर्जिए, “अनुशासनमा बस्नेका लागि म नौनी हुँ, मर्यादा नाध्नेका लागि हाडे ओखर हुँ ।”

उनले अगाडि थपे, “चुपचाप आफ्नो भुल स्वीकार गर्ने र नदोहो¥याउने बाचा गरी सय पटक उठबस गर्ने !”

अशोकले आनाकानी ग¥यो, उनी झन क्रोधित भए र, भने, “पञ्चायती हुकुममा अटेर गरेर जित्छु भनेर सोच्नै पर्दैन । जसले भनेको खुरुक्क मान्दैन, ऊ कि ता मामाघर जान्छ कि ता घरमै थन्कन्छ तर स्कूल पढ्न पाउँदैन ।”

आखिरमा स्पष्टीकरण दिनै नपाइकन अशोकले अपराध स्वीकार गर्नै प¥यो र तोकेको सजाय भोग्नै प¥यो । निर्धो भएर दण्डित हुनुपर्दा अशोकले आँखाभरि आँसु बनाइरह्यो ।

एक दिन विद्यालयमा चौथो घण्टी लागेको थियो । कार्यालय सहयोगी गोविन्द कक्षाकोठामा आएर भूमिका नबाँधी ठाडै भने, “छात्रवासमा बस्ने भक्तबहादुर भन्ने विद्यार्थीले कार्यालयमा हाजिर हुन तुरुन्तै जानू ! हेडसर पर्खेर बसिराख्नुभएको छ ।”

सुनेर भक्तबहादुर भयभित भए । आफूबाट छात्रवासमा कुनै गल्ती भयो कि भनी सोचिरहे । उनले केही सम्झन सकेनन् । अरू साथीहरूले बदमासी गरेका होलान् आफू पो फेला पर्ने भइयो भन्ने ठाने । सम्भावित भयले मुटु कामिरह्यो । केहीबेर पछि नबिराउनु, नडराउनु भनेर मन बलियो बनाउने कोसिस गरे ।

कार्यालय जाँदै नजाने मन पनि भयो । तुरुन्तै अर्को मन सक्रिय भइहाल्यो–हैन गएर स्पष्टीकरण दिनुपर्छ, नगए सरासर अपराधी भइन्छ । नभन्दै खुट्टा कपाउँदै कार्यालयको ढोकामा उभिन पुगे ।

भित्र अरू शिक्षकहरू आ–आफ्ना काममा व्यस्त थिए । कार्यालयमा पस्नका लागि अनुमति माग्न उनले आवाज निकाल्न सकेनन् । बोल्न मुख खुल्थ्यो तर आवाज निस्कँदैनथ्यो ।

उनको मनमा एउटै कुरा नाचिरहन्थ्यो– कसैले गरेको बदमासीको फेला पर्ने भएँ । अब कति भनाइ र कति छडी खानुपर्ने हो, त्यसको हिसाब छैन । मामाले थाहा पाउनुभयो भने उत्तिकै रिसाउनु होला । मेरै कारण उहाँको इज्जतमा दाग लाग्यो भने मरेतुल्य हुने भइयो । अझ स्कूलैबाट निकालिदिए भने कहाँ गएर पढ्नू ! रिसले मामाले पनि सहयोग नगर्नू होला । मेरो जीवन नै सडकछाप हुने भयो ।

दुई महिनाअघि कक्षाकोठा नजिक भात फालेको आरोप उनलाई नै लागेको थियो । असल आचरणका कारण उनले स्पष्टीकरण दिनसम्म पाए तर, प्रअले विश्वास नै गरेनन्् । किनभने गोविन्दले उनको कान भरेको रहेछ ।

त्यसबेला विनोदले सर्ट धोएको थियो । उसले केही क्षणका लागि भक्तबहादुरको नयाँ सर्ट लगाएको थियो । भुलबस उसले नै भात फ्याकेछ । सर्टका कारण गोविन्दले भात फ्याक्ने पक्कै भक्तबहादुर हो भनेर निश्चित गरेछ । भक्तबहादुरले आरोप बहन गर्नुप¥यो । प्रअको नजरमा अपराधी ठहरिए । उनी अपराध नस्वीकार्दा हुने सम्भावित निर्णयबाट भयभित थिए । त्यसैले आइन्दा यस्तो अपराध कहिल्यै दोहो¥याउँदिन भनेर कान नपक्री र माफी नमागी उनले धरै पाएनन् ।

त्यो रहस्य धेरैपछि मात्र खुल्यो । त्यो पनि कसैलाई नभन्ने शर्तमा विनोदले नै उनलाई सुनाएको थियो । यस पटक पनि परिवन्दमा फँसियो भनेर उनी किंकर्तव्यविमूढ भई टोलाइरहे । प्रअकै झकझकाहटले तन्द्रा भङ्ग भई बिउँझन पुगे ।

प्रअले उनको पाखुरीमा पक्रिरहे । त्यसबेला उनलार्ई गोमन सर्पले पाखुरामा बेरेझैँ लाग्यो । पसिनाले शरीर भिज्न पुग्यो । मुटु जोडजोडले धड्कन थाल्यो । सम्भावित परिणामको भयले आँखा रसाए । हात–खुट्टा लल्याकलुलुक भए । उनलाई प्रअको अनुहार हेर्ने मन हुन्थ्यो । मुहारमा झल्केको क्रोध नाप्ने मन हुन्थ्यो तर आफ्नै शिर ठाडो पार्न सकिरहेका थिएनन् । त्यसबेला उनलाई आफ्नै शिर आफैलाई बोझ लागिरहेको थियो ।

उनले मनलाई मनले थामथाम थुमथुम पार्ने धृष्टता गरे– नखाएको विष लाग्छ नै भने के गर्नु त ! पढ्नै नपाए नपढूँला तर असत्यका अगाडि घुँडा टेक्दिनँ ! सत्यको खोजीका लागि बाबुको साथ र आमाको काख छाडेर छात्रवासमा बस्न आउनु त्यसमा पनि असत्मै रहन बाध्य हुनु, यो मेरो दुर्भाग्य हो । जे होस् म डग्दिनँ । जे भन्छन् सुन्छु, जे गर्छन् सहन्छु । आफ्ना कुरा राख्न भने पछि पर्दिनँ । प्रअको निर्णयले घाँटी समाएको अनुभूत भए अन्यायमा परेँ भन्न छाड्दै छाड्दिनँ ।

मन बलियो हुँदा नहुँदै प्रअले उनलाई अफिसभित्र बस्ने बेञ्चमा पु¥याए । आदरभावका आफ्नो नजिक राखेर सोधे, “भक्तबहादुरको भक्तिबाट म प्रसन्न भएँ, माग के माग्छौ ? मेरो हैसियतले दिन मिल्ने कुरा दिल खोलेर दिन्छु ।”

भक्तबहादुरलाई लाग्यो– पक्कै पनि उनीसित म विरुद्ध कुनै दह्रो प्रमाण छ । दोषी हुनबाट जोगिने कुनै बाटो छैन । परिबन्दको शिकार हुनबाट मलाई बचाउने कोही छैनन् । प्रअको नम्र बोलीले मलाई नै गिज्याइरहेकोे प्रतीत हुन्छ । कसैलाई माया दिन वा कसैलाई त्रास दिनका लागि उनको बोली विशेष नम्र हुन्छ ।

कतिपय घटनामा उनले बोल्दा बोल्दै सुन्ने विद्यार्थी आँसु चुहाउँथे । उनीजस्तो महान् व्यक्तिको मन कुल्चने काम गरेँछु भनेर पछुतोमा पर्थे । वास्तवमा अनुशासनको नाममा कठोर नहुँदासम्म प्रअ आँखामा राख्दा पनि नबिझाउने नै थिए । उनको जयगान गर्न सबै तत्पर थिए । आरोपीको सामुमा राक्षसी रूप धारण गरेको पाउँदा भने उनको नाम लिन पनि डराउँथे ।

त्यसबेला प्रअले भक्तबहादुरलाई बोल्न कर गरिरहे । अरूबेला मन्त्रमुग्ध पार्ने त्यो आवाज त्यसबेला उनलाई कर्कस ध्वनि लागिरह्यो । मन जति बाँध्न खोजे पनि मुटु काप्न छाड्दैनथ्योे । चेतन मन दह्रो बनाए पनि अवचेतन मन आफ्नो काबुमा थिएन । कसैगरी घटनाबाट मुक्ति चाहन्थे । आफू बच्नकै लागि इष्टदेवलाई सम्झे, विन्ती विसाए । आफ्नो गाउँघरतिर आपत् पर्दा धमिनी मातालाई पुकार्ने चलन थियो, त्यसबेला उनले पनि सङ्कट निवारणका लागि मातालाई निवेदन गरे । सङ्कटमुक्त भएँ भने फूलप्रसादका साथ दर्शन गर्न आउँछु भनेर भाकल समेत गरे ।

मनको उथलपुथल शान्त भएकै थिएन । कामबाट सरले टाउको उठाउँदै भने, “यो उमेरमा काम त ठूलै हो । हाम्रो पालामा हामी नै त्यत्रो रातिदेखि पूजापाठ गर्दैनथ्यौँ । संसारलाई काबुमा राख्न अहिलेदेखि नै अनेकन आइडिया लगाए मात्र सफल भइन्छ । त्यस मेहनतलाई सलाम छ ।”

त्यसबेला प्रअको कुरा भक्तबहादुरले बुझ्न सकेनन् । उनको मन अशोकले भोगेको निर्दयी व्यवहार र विनोदको उच्छृङ्खलताले आफूले भोगेको सजाय सम्झनतिर मोडिएको थियो । सुनेका हरेक आवाज तीखो वाण बनी उनलाई नै घोचिरहेको भान हुन्थ्यो । उनलाई त्यहाँ बस्न पनि सकस लागिरहेको थियो । त्यस ठाउँबाट मुक्ति पाउन पाए जीवनकै एउटा युद्ध जितिन्थ्यो जस्तो लाग्थ्यो । वातावरणमा त्यति गर्मी नभए पनि उनी भने पसिनाले डुबिरहेको थिए । अरू सबै जना आ–आफ्ना काममा मस्त थिए । उनी मात्र मनोद्वन्द्वमा सामेल थिए ।

निकैबेरको सन्नाटालाई चिर्दै प्रअले अगाडि थपे, “हैन भक्तबहादुर, म मात्रै बोल्ने कि तिमी पनि बोल्ने ? तिमीलाई केको खाँचो छ, मलाई भन न ? मेहनतीले संसार काँधमा राखेर हिँड्न सक्छ, मेहनतीका अगाडि संसार झुक्न बाध्य हुन्छ भनेको ठीक रहेछ । म स्वयम् तिम्रासामु झुक्तै छु ।”

तिमीलाई केको खाँचो छ भनेको सुन्नासाथ भक्तबहादुरको मन झन् आत्तियो । पछाडिका कुरा बुझ्नै सकेनन् । कापेको हात जोड्दै भने, “धरोधर्म सर ! मैले कुनै गल्ती काम गरेको छैन । कसैले गरेको गलत कार्य मेरो टाउकोमा परेको मात्र हो । मेरो सुझबुझले भ्याएसम्म कुनै कुकर्म भएको छैन र, हुने पनि छैन ।”

प्रअले टाउको नउठाई भने, “हैन, हैन । नहडबडाऊ न ! कुकर्म हैन, सुकर्म भन न ! म धेरै खुसी छु । जेहन्दारले राहत पाओस् र अझ सजिलो गरी पढोस् भन्ने मेरो चाहना हो ।”

उनी चुपचाप खडा भइरहे । उनलाई केही बुझे, केही नबुझेजस्तो अनुभव भइरह्यो । मनमा खुसीको मूल फुट्लाफुट्ला जस्तो भइरह्यो । यद्यपि कुन अर्थमा यस्ता कोमल कुरा भनिँदै छन् भनेर शङ्का लागिरह्यो । अझै उनी बोल्न सकेनन् ।

केहीबेरपछि प्रअले मुण्टो उठाए र भने, “एकरात दुई बजेतिर म छात्रवास निरीक्षण गर्न पुगेको थिएँ । डिबियाको पिलपिले उज्यालोमा तिमीलाई एक्लै एकचित्तले पढिरहेकोे देखँे । अर्को रात पनि सोही क्रम दोहोरिएको भेटेँ । कक्षामा पनि जिज्ञासु भई बुझ्ने कोसिस गर्छौ । तिमी घर छाडेर पढ्न आएका छौ । तिमीलाई अनेक थरीको दुःख होला । तिमीजस्तो जेहन्दार विद्यार्थीले पुरस्कार पाउनुपर्छ, प्रोत्साहन भेट्नुपर्छ । यसरी नै अघि बढ भनेर एउटा पुरस्कार दिलाई दिऊँ भनेको ! समग्रमा भक्तबहादुरको पढाइ–लेखाइप्रतिको भक्तिभावको फल दिऊँ भनेको !”

यस पटक भने भक्तबहादुरले कुरा खुलस्त बुझे । मन अलिक शान्त भयो । सहज भावमा भने, “म पनि अरूजस्तै मेहनत त गर्छु सर ! मलाई यहाँ खर्च धान्न धौधौ छ । बुबा पढाउन सक्दिनँ, आफै कमाएर पढ भन्नुहुन्छ । मामा कहिलेकाँही मात्र आउनुहुन्छ । अस्ति चार महिनाको छात्रवासको शुल्क विज्ञान सरले नै तिरिदिनुभयो ।”

उनको मनको कुरा बुझेपछि प्रअले विद्यालय शुल्क माफ गरिदिए । उनको लगनशीलताका लागि त्यही पुरस्कार भएको बताए । उनले प्रअलाई आफ्नो मनोद्वन्द्वको झलक पटक्कै दिएनन् । एकान्त मिल्नासाथ भने बित्थामा शङ्काको घेरामा अल्झेर मनस्थिति बिगारेँछु भनेर पछुताई रहे । यस पटकको पछुतोमा चाहिँ अव्यक्त आनन्द लुकेको महसुस गरिरहे । त्यही उमङ्गले आँखामा भरिएर पोखिएको आँसुलाई बग्न दिइरहे ।á

श्री जनता मावि, गोलबजार–४, सिरहा

सम्पर्क नं. ९८४२८२९२०६

Want your school to be the top-listed School/college in Rajbiraj?

Click here to claim your Sponsored Listing.

Videos (show all)

Location

Category

Telephone

Address


PHOKHAREL TOLE
Rajbiraj
OO9779842829206
Other Rajbiraj schools & colleges (show all)
All In One Objective All In One Objective
Rajbiraj, 00977

This is an Objective Program useful for Civil Engineers those who want to face in Public Service Commission Examination (PSC) and many others.

Unique Educational Academy Pvt. Ltd. Rajbiraj - 7, Saptari (NEPAL) Unique Educational Academy Pvt. Ltd. Rajbiraj - 7, Saptari (NEPAL)
Rajbiraj - 7, Saptari (NEPAL)
Rajbiraj, 00977

It is a Paramedical & Pharmacy Educational Institute.

Unique Educational Academy Rajbiraj Unique Educational Academy Rajbiraj
Saptari, Nepal
Rajbiraj, +977

Join the page if: -you are a student of UEA -you were a student of UEA -you know about UEA -you want to know about UEA This page is created by an ex-student of UEA, outside of Saptari, so don't have enough photos or recent infos about UEA.........

Prashuram789 Prashuram789
Rajbiraj
Rajbiraj, 00977

Durga Secondary School Durga Secondary School
Swarna Tole, Rajbiraj-8, Saptary, Nepal
Rajbiraj, 00977

Located at eastern development region of Nepal at Rajbiraj, Saptari Established: 2045 B.S.

Chhinnamasta Educational Academy Chhinnamasta Educational Academy
Rajbiraj-7, Saptari
Rajbiraj, 00977

CEA is Technical Campus Programme of PCL Nursing Staff Nurse, General Medicine, Diploma In Pharmacy, Medical Lab Technology & other programme

Shiva International Boarding Secondary School Shiva International Boarding Secondary School
Nepal
Rajbiraj, 56400

SIBS Educational Academy|Rajbiraj, Saptari(Nepal)

Jugal Akela Jugal Akela
Kajauli-1(Mahdeva)
Rajbiraj, 00977

•• सप्तरी  हाम्रो घर छ, हामीलाई के को डर छ•• •• सप्तरी हाम्रो घर छ, हामीलाई के को डर छ••
RAJBIRAJ
Rajbiraj, 98017715987

♥ WELCOME TO GROUP CHAT PAGE SAPTARI♥. √ Like - √ Share - √ Tag - √ Comments.... "MANAGER":- " SAPTARI ♥ GROUP

Caliber Int'l College Caliber Int'l College
Adalat Road, Beside District POst Office
Rajbiraj, 031

It is a College Offering BBA & B.Ed. courses of Purbanchal University n 10+2 science, Management, Education of HSEB, nepal.

Ramkebal education consultancy Ramkebal education consultancy
Rajbiraj

we give good opportunities study in foreign countries for any faculties like medicine,management and etc.....

Durga Secondary School Durga Secondary School
Sworna Tole
Rajbiraj, 00977

No. 1 position School Of Sagarmatha Zone.