Loksewa aayog

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa aayog, Education, Rajbiraj, Rajbiraj.

Operating as usual

Timeline Photos

Timeline Photos

Timeline Photos

[07/04/19]   loksewa Ko tyari yasari garnu
स्याङ्जास्थित भिरकोट नपा वडा नं ३ मा रहेको सहिद शुक्र माध्यामिक विद्यालयबाट विद्यालय स्तरको अध्ययन पूरा गरेँ । स्कुलमा औसत विद्यार्थी हुँ । अध्ययनकै सिलसिलामा म पत्रकारिता पेसामा पनि जोडिएको थिएँ । तर, लोकसेवाप्रति रुचि लाग्यो र २०७० मा लोकसेवाबाट पहिलो प्रयासमै कम्प्युटर अपरेटरमा नाम निस्कियो । अंग्रेजी भाषामा मेरो राम्रो ज्ञान थियो ।
त्यहीकारण मैले परराष्ट्र सेवाअन्तर्गत अधिकृतको तयारी गरेँ । तर, २०७२ र २०७३ दुवै वर्ष म पहिलो पेपरमै असफल भएँ । खासमा आइक्युमा मेरो तयारी पुगेको थिएन । म बजारमा निस्किएका किताब पढ्थेँ ।
तर, त्यो पूर्ण नहुँदो रहेछ । २०७४ मा फेरि अधिकृतका लागि तयारी गरेँ । योपटकचाहिँ मैले आइक्यु अध्ययनका लागि इन्टरनेटको सहारा लिएँ । र, तेस्रो प्रयासमा अधिकृतमा नाम निकाल्न सफल पनि भएँ ।
पहिलो पत्र
पहिलो पत्रका लागि नियमित अभ्यास, विषयवस्तुको राम्रो ज्ञान र शीघ्र निर्णय क्षमता आवश्यक पर्छ । मैले आइक्यु, अंग्रेजी र सामान्य ज्ञान तीनवटै विधामा पूर्णांक र आफ्नो दक्षताबमोजिम समय छुट्याएँ र नियमित रूपमा अभ्यास गर्दै गएँ । सामान्य ज्ञानका लागि सम्झन सक्ने तवरले सूत्रबद्ध गरेँ ।
नियमित पत्रपत्रिका पढी समसामयिक विषयलाई एउटा छुट्टै कपीमा टिपोट गरेँ । अंग्रेजीका लागि इन्टरनेटबाट व्याकरणका अपवादका नियमहरू अभ्यास गरेँ । आइक्युको लागि वेबसाइट र युट्युबको सहाराले अभ्यास गरेँ ।
ट्युसन सेन्टरमा वेलावेलामा परीक्षा दिन गएँ । त्यसले गर्दा समय व्यवस्था गर्न सहज भयो । पढाइको लय मिल्ने केही साथीहरू मिलेर समूहमा पढियो भने त्यो झनै दिगो र प्रभावकारी बन्ने मेरो अनुभव छ ।
द्वितीय र तृतीयपत्र
लेखन अभ्यास राम्रो भएन भने ‘हेर्दा सबै जानेजस्तो, लेख्न थाल्यो केही पनि नजानेजस्तो’ हुने रहेछ । तोकिएको समयभित्र अरूको चित्त बुझ्ने गरी लेख्नु झनै चुनौतीपूर्ण कुरा हो ।
विषयगत तयारीका लागि म बजारमा पाइने पुस्तकमा मात्रै भर परिनँ । स्पष्ट बुझाइ नहुँदासम्म विषयवस्तुलाई बहुआयामिक दृष्टिकोणले विद्यमान अवस्थासँग दाँजेर केलाउने गर्थें ।
उदाहरणका लागि सरकारको परिभाषा खोज्नुप¥यो भने मैले हाम्रो सरकारलाई सम्झन्थेँ र त्यसका विभिन्न पक्षहरूलाई केलाउँथेँ । यसो गर्दा पुस्तकमा लेखेको भन्दा धेरै नै बढी ज्ञान हुँदो रहेछ । सँगसँगै एउटा विषयलाई अर्को विषयसँग जोडेर लेख्न सक्ने क्षमताको पनि विकास भयो ।
कुनै पनि विषय पढिसकेपछि मैले त्यसको व्यावहारिक अभ्यास कस्तो छ, सिद्धान्त र व्यवहारमा मेल खान्छ कि खाँदैन, त्यसको अकाट्य परिभाषा के हुन सक्छ भनेर धेरैबेर मनमनै मन्थन गर्थें । एक घन्टा पढेँ भने त्यसमाथि आधा घन्टा चिन्तन र लेखन अभ्यास गर्थें ।
लेखन अभ्यास राम्रो भएन भने ‘हेर्दा सबै जानेजस्तो, लेख्न थाल्यो केही पनि नजानेजस्तो’ हुने रहेछ । तोकिएको समयभित्र अरूको चित्त बुझ्ने गरी लेख्नु झनै चुनौतीपूर्ण कुरा हो ।
परराष्ट्रका थप दुई पत्र
परराष्ट्रको द्वितीय पत्रका लागि माथि भनिएजस्तै गरी अभ्यास गरेको थिएँ, भाषा मात्रै फरक हो । पहिलो पत्र ‘अंग्रेजी भाषा’को लागि मैले धेरै मिहिनेत त गरेको थिइनँ, तर कुनै कुरा मनमा आउनेबित्तिकै यसलाई नेपाली र अंग्रेजी दुवै भाषामा कसरी भन्न÷लेख्न सकिन्छ भनेर चिन्तन गर्थें ।
पत्रपत्रिकामा एउटै समाचारलाई अंग्रेजी र नेपाली भाषामा कसरी लेख्दा रहेछन् भनेर हेर्ने र अनुवाद गर्ने गर्थें । निबन्ध लेखनका लागि विषयवस्तुको बहुआयामिक विश्लेषण गर्ने बानीले सहज भयो ।
सूचना प्रविधि सीप परीक्षण र अन्तर्वार्ता
मैले पहिलेदेखि नै टाइपिङमा नियमित अभ्यास गर्ने गरेको थिएँ । त्यसैले टाइपिङमा पूरै अंक प्राप्त गरेँ । प्रयोगात्मक परीक्षामा पूर्णांकको नजिक–नजिक नम्बर ल्याउन सफल भएँ ।
लिखितमा मेरो न्याय, परराष्ट्र र प्रशासन तीनै सेवामा नाम निस्केको थियो । न्याय सुनिश्चित थियो, तर न्यायमा अन्तर्वार्ता दिनेबित्तिकै परराष्ट्र र प्रशासनमा आउने बाटो नै रोकिन्थ्यो । त्यसैले धेरैजसो समय कुन सेवा छनोट गर्ने भन्नेमै बित्यो ।
अन्तर्वार्ताका लागि समय खर्चिन नभ्याए पनि पहिलेको तयारीले होला, खासै अप्ठ्यारो परेन । न्यायको अन्तर्वार्तामै सहभागी भइनँ । परराष्ट्र र प्रशासनको अन्तर्वार्ता दिएँ । नतिजा आउँदा परराष्ट्रमा नाम निस्कियो, साह्रै खुसी लाग्यो ।
परीक्षाअघिको अभ्यासमा जति गल्ती भयो, त्यति नै सुध्रिने मौका मिल्दो रहेछ । परीक्षामा गरेको एउटा गल्तीले अर्कैलाई विजयी बनाउँदो रहेछ । त्यसैले लोकसेवा तयारी गर्नेहरूले यो कुरालाई मनन गर्नु जरुरी छ

[06/24/19]   स्थानीय तह तयारी ,भाग १
नेपालकै पहिलो मानवअधिकारमैत्रि गाउँ
राँचुली गाउँ
सार्कस्तरीय युवा बैज्ञानिक सम्मेलन
नेपाल
2076 जेठ 22-23
2018 मा world book record मा सूचीकृत नेपालका २ सम्पदा
पशुपतिनाथ र लुम्बिनी
2075 कार्तिक 25
परराष्ट्र मन्त्रालयमा brain gain center को आरम्भ
2076 जेठ 17
स्थानीय सरकार संचालन ऎन 2074 लागू
2074 असोज 29
National ICT Award 2019 बाट सम्मानित निकाय
नेपाल प्रहरी
नागरिक लगानी कोषको स्थापना
2047 चैत 4
रोगको वर्गीकरण बारेमा अध्ययन गर्ने बिज्ञान
Nosology
Fools Gold भनी चिनिने रासायनिक यौगिक
फेरस सल्फाइड
साहित्य बिमर्श कृतिका लेखक
डा. अमर गिरी
AFC Asian Cup 2019 को बिजेता रास्ट्र
कतार
परासर गुफा तनहुँ
जखेरा ताल् दाङ
8 औं रास्ट्रिय खेल्कुदको लोगो डिजाइनर
सन्तोष बिष्ट
Ultraviolet rays पत्ता लगाउने बैज्ञानिक
जोहन रिटर
Face to face contact disease
ठेउला
साख्य शास्त्रका प्रबर्तक
कपिल
Sun अभियान स्वास्थ्य संग सम्बन्धित
बिक्रेताले कारोबार गर्न तयार हुने न्युनतम मुल्य
Price floor
मकर रेखाले छोएर जाने देशहरु
अष्ट्रेलिया ,नामिबिया, ब्राजिल र चिली
राना थारु संग्रहालय कंचनपुरको बेलौरी
UNO मा उपमहासचिवको व्यवस्था
सन् 1998 बाट
युबाकवि सिद्धिचरण पुरस्कार 2076
डा. ध्रुवचन्द्र गौतम
Bottom up approach को अवधारणा तयार गरिएको योजना
आठौं
13 औं दक्षिण एसियाली खेलकुदको लोगो र मस्कट सार्वजनिक
2076 बैशाख 30
लोगो निर्माणकर्ता : भोला पौडेल
सरकारले निकृस्ट प्रकारका बालश्रम उन्मुलन गर्ने लक्ष्य तय गरेको अवधि
वि.सं. 2079 सम्ममा

[06/24/19]   Loksewa
# नेपालको नयाँ भुगोल
# हाल नेपालका जिल्लाहरुको वर्गीकरण
# पहाडी जिल्ला---३६ वटा
#. हिमाली जिल्ला--- २० वटा
#. तराईका जिल्ला---२१ वटा
#. जम्मा जिल्ला ---७७ वटा
नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।
# स्थानीय तह संख्या
#. महानगरपालिका---> ६
#. उपमहानगरपालिका---> ११
#. नगरपालिका--->२७६
#. गाउँपालिका---> ४६०
#. वडा संख्या---> ६७४३
#. जम्मा स्थानीय तह---> ७५३
# जनसंख्याको आधारमा ठुला
#. महानगरपालिका---> काठमाडौ
#. उपमहानगरपालिका---> जनकपुर, धनुषा
#. नगरपालिका---> मेचिनगर, झापा
#. गाउँपालिका---> राप्तिसोनारी, बाँके
#जनसंख्याको आधारमा साना
#. महानगरपालिका---> विराटनगर म.न.पा
#. उपमहानगरपालिका---> जितपुर सिमारा, बारा
#. नगरपालिका---> ठुलोभेरी, डोल्पा
#. गाउँपालिका--->नारफु, मनाङ
# क्षेत्रफलको आधारमा ठुला
#. महानगरपालिका---> लेखनाथ महानगरपालिका, कास्कि
#. उपमहानगरपालिका---> घोराही, दाङ
#. नगरपालिका---> सितगंगा, अर्घाखाँची
#. गाउँपालिका---> नाम्खा, हुम्ला
#क्षेत्रफलको आधारमा साना
#. महानगरपालिका--->ललितपुर
#. उपमहानगरपालिका--->नेपालगन्ज, बाँके
#. नगरपालिका--->भक्तपुर
#. गाउँपालिका--->परवानिपुर, बारा
#नेपालको संबिधान अनुसारका जिल्लाहरू
#. प्रदेश नं. १---> १४ वटा
#. प्रदेश नं. २---> ८ वटा
#. प्रदेश नं. ३---> १३ वटा
#. प्रदेश नं. ४--->११ वटा
#. प्रदेश नं. ५---> १२ वटा
#. प्रदेश नं. ६--->१० वटा
#. प्रदेश नं. ७---> ९ वटा
--------------------------------------------
#. जम्मा---> ७७ वटा
#स्थानीय तह अनुसार केही बिशेष जिल्ला
#. धेरै नगरपालिका भएको जिल्ला---> रौतहट (१६)
#. बढी गाउँपालिका भएको जिल्ला---> धादिङ
#. बढी स्थानीय तह भएको जिल्ला --->सर्लाही (२०)
#. कम स्थानीय तह भएको जिल्ला---> पूर्वी रुकुम (३)
#. गाउँपालिका विहिन जिल्ला--->काठमाडौ र भक्तपुर (२वटा)
# नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु
- सगरमाथा......................................८८४८ मिटर
- कन्चंजघा ......................................८५८६ मिटर
- ल्होत्से .........................................८५१६ मिटर
- मकालु .........................................८४६३ मीटर
- चोयु ..........................................८२०१ मिटर
- धौलागिरी...................................८१६७ मिटर
- मनास्लु ....................................८१६३ मिटर
- अन्न्पूर्ण..................................... ८०९१ मिटर
# बिभिन्न नदीका उद्गमस्थलहरु
- बागमती............................... बागद्वार
- तामाकोशी ............................ तिब्बत
- कर्णाली ............................... तिब्बत
- कालिगण्डकी....................... मुस्ताङ लेक
- सेती नदि ...........................सैपाल हिमाल
- मेची ................................लाली खर्क
- सानो भेरी ................... .....धौलागिरी हिमाल
- कमला ............................ सिन्धुली गढी
- बुढीगण्डकी .................... गणेश हिमाल
- सुनकोशी ........................ तिब्बत
- अरुण ................. ...........तिब्बत
- महाकाली .......... ...........अपि हिमाल
- कन्काई ...........................महाभारत पर्वत
- त्रिशुली............................ तिब्बत
- ठुलो भेरी .................... दूधकुण्ड
- झीम्रुख........................... गौमुखी
# नदि तथा नदीका सहायक नदीहरु
- कोशी .................. सुनकोशी, दुधकोशी, तामाकोशी , अरुण , तमोर , लिखु , इन्द्रावती
- सप्तगण्डकी ......... बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी , दरौदी, त्रिशुली, मर्स्याङ्दी
- कर्णाली.................. हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भरी, सानो भेरी , सेती , तिला, बुढी गंगा,
# कुन नदीलाई भारतमा प्रबेस गरेपछि कुन नामले चिनिन्छ ?
- कर्णाली.................घाघरा
- महाकाली .............सारदा
- कोशी ..................दामोदर
- कन्काई ............... विरिग
- मेची ........... ........महानन्दा
- बबई ...................सरयु
# नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरु
- काठमाण्डौ.................... बागमती
- जुम्ला ......................... तीला
- तौलिहवा.......................बाणगंगा
- धनगढ़ी............ ............मोहना
- महेन्द्रनगर....................महाकाली
- बुटवल ....................... तिनाउ
- बारा. .................. ......लालबकैया
- तुल्सीपुर ....................पातुखोला
- गमगढी .................... मुगु कर्णाली
- बिराटनगर ................ बक्राहा
- जोमसोम ...................कालीगण्डकी
- वीरेन्द्रनगर................ निकासखोला
- धनुषा .................... ..हर्दीनाथ
- पोखरा .................... सेती
- बेसीसहर ............. ...मर्स्याङ्दी
- दुनै .............. ...........ठुलो भेरी
#नेपालका केहि नदीहरुको सस्कृत नाम
- अरुण ............................... महाप्रभा
- मादी .................................माण्डवी
- सुनकोशी ...........................शुभश्रवा
- सेतीगण्डकी....................... शुक्लगंगा
- त्रिशुली............................ त्रिशुलगंगा
- मनोहरा.................... .......मणिमति
- दरौदी............................... विस्वधारा
- कर्णाली------------------...-- पंचेश्वर
- धोबीखोला .............. ........रुद्रमती
- दुधकोशी.......................... भद्रावती
- तमोर ...............................दुख:धी
- चेपे .............. ................चम्पावती
- ककुमती-------............. कर्मनशा
- राप्ती ..............................अचिरावती
#नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु
- पाल्पा .............. सुके ताल , सत्यवती ताल , नन्दन ताल
- चितवन .......... विसहजार ताल , कसरा ताल ,नन्दभाउजु

[06/21/19]   यी हुन् शिक्षक लाईसेन्स परीक्षामा सोधिने केही सम्भावित वस्तुगत प्रश्नको संगालो ।
१. साहित्यका प्रमुख चार विधाहरु के के हुन् ?
– कविता, आख्यान, निबन्ध र नाटक
२. ‘एक बसाइमा पढी सकिने र आफैँमा पुर्ण कथात्मक कृति कथाहो’ यो भनाइ कसको हो ?
– एडगर एलेन पो
३. आधुनिक नेपाली कथाको प्रथम धारा कुन हो ,
-सामाजिक यथार्थवादी धारा
४. प्रयोगवादी धाराको नवीनतम् उपलब्धि के हो ?
-अकथा
५.प्रयोगपरक कथाकार भनेर कसलाई चिनिन्छ ?
– धु्रवचन्द्र गौतम
६.कुन कविता छपाएपछि नेपाली कवितामा मुद्रण युगमा प्रवेश गरेको हो ?
-भानुभक्त रचित रामायणको बालकाण्ड
७. नेपाली कविताले कहिलेदेखि मुद्रण्म युगमा प्रवेश पायो ?
– १९४१
८.‘कोही किन बरबाद होस्’ नाटकका लेखक को हुन् ?
-विजय मल्ल
९.भाषामा कस्तो व्यवस्था रहेको हुन्छ ?
-खुला व्यवस्था
१०. नेपाली भाषाको उत्पति कहिले भएको हो ?
– ११ औँ शताब्दीमा
११. संसारको सबैभन्दा ठुलो भाषापरिवार कुन हो ?
-भारोपेली
१२, नेपाली भाषमा आधुनिकता भित्राउने पत्रिका कुन हो ?
-गोरखापत्र
१३. हलन्त वहिष्कार आन्दोलन कहिले भएको थियो ?
-वि.सं. १९६५
१४.सूर्यविक्रम ज्ञवालीको शब्दकोश कुन हो ?
-नेपाली सङ्क्षिप्त शब्दकोश
१५. अग्र अगोलित स्वरवर्ण कुन हो ?
– इ
१६. नेपालमा बोलिने आग्नेली परिवारअन्तर्गतको भाष कुन हो ?
-सतार(खडिया)
१७. ‘रमणीय अर्थ प्रदान गर्ने शब्द काव्य हो ?यो भनाइ कसको हो ?
– जगन्नाथ
१८. साहित्यको तेस्रो तथा अन्तिम हेतु कुन हो ?
-अभ्यास
२०. अचम्म लाग्दा वस्तु देखेर वा त्यस्तै खालका कुरा सुनेर उत्पन्न हुने घृणाबाट कुन रस उत्पन्न हुन्छ ?
-अद्भूत
२१. भाषालाई नियमन गर्ने भाषभित्रै अन्तर्निहित संरचनालाई के भनिन्छ ?
-व्याकरण
२२. कुनै विशेष परिवेशमा व्यतिरेकी भएर आउने ध्वनिलाई के भनिन्छ ?
-वर्ण
२३.वत्स्र्य व्यञ्जन वर्ण कुन हो ?
क्. क् ख. थ्
ग. ठ् घ. ब्
२४. नासिक्य व्यञ्जन वर्ण कुन हो ?
क्. ल् ख.स्
ग. ङ् घ.र्
२५.घोष व्यञ्जन वर्ण कुन होइन ?
क. त् ख. थ्
ग. स् घ. ग्
२६. अल्पप्राण व्यञ्जन वर्ण कुन होइन ?
क. ट ख. व्
ग. घ् घ. न्
२७.वाक्यमा कुनै काम, घटना, अवस्था स्थिति बुझाउने शब्दलाई शब्दलाई के भनिन्छ ?
क्. नाम ख. सर्वनाम
ग्. विशेषण घ. क्रियापद
२८. एउटा उद्देश्य र एउटा विद्येय भएको वाक्यलाई के भनिन्छ ?
– सरल वाक्य
२९ आलङ्कारिक पदक्रम प्रयोग हुने क्षेत्र कुन हो ?
क्. शिक्षा ख. अनुसन्धान
ग्. साहित्य घ.सञ्चार
३०. छोराछोरी कस्तो शब्द हो ?
क्. समस्त ख. द्विरुक्त
ग्. कृदन्त घ. स्वतन्त्र
३१. घरघर कस्तो शब्द हो ?
क. समस्त ख. द्विरुक्त
ग. कृदन्त घ. स्वतन्त्र
३२. वार्तालापीय शैली अँगाली लेखिने रचना कुन हो ?
क. संवाद ख. वक्तृता
ग. वादविवाद घ. मनोवाद
३३. एक दिनभरिका घटनाहरुलाई क्रमिक प्रस्तुत गर्ने रचना कुन हो ?
क. जीवनी ख. कथा
ग्. संवाद घ. दैनिकी
३४. अनुच्छेदको आदि भागमा कुन वाक्य रहेको हुन्छ ?
क्. शीर्ष ख. सहयोगी
ग. सारांशीकृत घ.पहिलो
३५. निबन्ध रचनालाई कुन दर्जामा राख्न सकिन्छ ?
क. सामान्य लेखन ख. प्राज्ञिक लेखन
ग. सिर्जनात्मक लेखन घ. बौद्धिक लेखन
३६. चिठी पत्रको मुख्य उद्देश्य के हो ?
क. सूचना सम्प्रेषण गर्नु ख. चिठी लेख्नु
ग. जानकारी लिनु घ. कुनै पनि होइन
३७. विज्ञापनमा प्रयोग गर्ने भाषा कस्तो हुनुपर्छ ?
क. सन्देशमूलक ख. चित्रात्मक
ग वर्णनातमक घ. सूत्रात्मक
३८.बोधको सुस्वात कुन तहबाट गर्नुपर्दछ ?
क. पद ख.पदावली
ग वाक्य घ. अनुच्छेद
३९. कुनै पनि विषयको मुख्य कुराको टिपोट गर्ने कार्य के हो ?
क. सारलेखन ख. सङ्क्षेपीकरण
ग. सारांश घ. पात्रपरिचय
४०. संवादमा भाषेतर क्रियाकलापलाई कहाँ संयोजन गर्नुपर्छ ?
क. सिङगोसंवादभित्र ख. कोष्ठक भित्र
ग. संवादको अन्त्यमा घ. संवादको

Timeline Photos

[05/29/19]   लोकसेवा आयोगमा सोधिने महत्वपूर्ण सामान्यज्ञान
बजेट भाषण २०७६/०७७ मुख्य बुदाहरु
——————————————
१- प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई रु ८९ अर्ब ९५ करोड समानीकरण अनुदान विनियोजन ।
२- स्थानीय तहमा प्राविधिक शिक्षाका लागि २६ करोड विनियोजन
३- विद्यालय समायोजन कार्यक्रमका लागि ४७ करोड विनियोजन
४- आगामी आव सामाजिक रुपान्तरणको आधारशिलाको रुपमा शिक्षाका लागि सबै बालबालिकालाई प्राविसम्म अनिवार्य र माविसम्म निशुल्क शिक्षा प्रदान गरिने
५- खेलकुद शिक्षाका लागि ५ अर्ब विनियोजन। ७० जिल्लालाई पूर्ण साक्षर तुल्याइने ।
६-८३ हजार युवालाई सीप सिकाउन १ अर्ब ९२ करोड
७- दिवा खाजामा ५ अर्ब ९५ करोड विनियोजन, बालबालिकाका आमा मार्फत २२ लाख २९ हजार बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने
८- विज्ञान तथा प्रविधि : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको लागि १ खर्ब १० करोड ।
९- हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने ।
विज्ञान प्रवधिमा कूल १ खर्ब ६३ खर्ब ६६ करोड
१०-सबै जिल्लामा स्थास्थ्य बीमा गर्न ६ अर्ब बिनियोजन
११- देशभरका छात्रालाई निशु:ल्क प्याड वितरण गरिने
१२- ८ प्रकारका जटिल रोगकाे निशुल्क उपचारको अनुदानमा बृद्धि
१३- सबै स्थानीय तहमा न्यूनतम एक चिकिस्तक उपलब्ध हुने व्यवस्था गर्न ५ अर्ब विनियोजन ।
१४- स्वास्थ्य केन्द्रमा सुत्केरी हुनेलाई बाटो खर्च दिन २ अर्ब २२ करोड बिनियोजन
१५- राजविराजमा रामराजाप्रसाद सिंह अस्पताल खोल्न ४० करोड विनियोजन ।
१६- स्थानीय तहमा स्वास्थ्य संस्था स्थापना गर्न ५ अर्ब विनियोजन
१७- बीर अस्पतालाई सुधार गर्न ४० करोड विनियोजन ।
१८- विश्वविद्यालय अनुदान आयोगलाई अब १७ अर्ब ६४ करोड
१९- स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन।
२०-मेलम्ची खानेपानीका लागि ७ अर्ब ३९ करोड विनियोजन
२१- शिक्षा क्षेत्रका लागि एक खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन
२२- खानेपानी र सरसफाई क्षेत्रमा ४३ अर्ब ४६ करोड बजेट विनियोजन ।
२३- नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न ४३ अर्ब ४६ करोड विनियोजन
२४- राेजगारी कार्यक्रमकाे लागि ५ अर्ब १ करोड ।
२५- वैदेशिक राेजगारीकाे जानेकाे लागत राेजगारदाताबाटै उठाइने । श्रम र राेजगारीमा ७ अर्ब १४ करोड बजेट ।
२६- १३ लाख जेष्ठ नागरिक लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएकाे छ
२७- ७० वर्ष माथिका जनताकाे बीमा रकम सरकारले व्यहोर्ने कार्यक्रम निरन्तर ।
२८- बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड विनियोजन । ३ लाख ५० हजार बालबालिका लाभान्वित हुने ।
२९- अपांगता भएका व्यक्तिका लागि राेजगारीकाे व्यवस्था मिलाइने र आगामी वर्ष युवा परिचालन वर्ष बनाईने
३०- सामाजिक सुरक्षा योजनालाई फराकिलो बनाइने, ६४ अर्ब ५० करोड विनियोजन।
३१- बजेटले प्रदेश र स्थानीय तहलाई ४ खर्ब ६३ अर्ब अनुदान
३२- संघीय सरकारले प्रदेश सरकारलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब समानीकरण अनुदान दिनेछ ।
३३- महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फ ७८ करोड विनियोजन
३४- दूध माछामासु र ताजा तरकारीमा आत्मनिर्भर बन्ने गरी काम गरिने ।
३५- प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका लागि ८ अर्ब १० करोड विनियोजन ।
३६- तराईमा सय बिगाहा बढि जमिनमा एकीकृत खेति गर्नेलाई सहुलियत ।
३७- रासयनिक मल खरिदमा अनुदान ५० प्रतिशत वृद्धि गरि ९ अर्ब पुर्याइयो
३८- मझौता तथा साना किसानलाई परियोजना अनुसार ऋण उपलब्ध गराउन १ अर्ब विनियोजन ।
३९- बादी महिलाको सशसक्तिकरणका लागि आवास विकासको कार्यक्रम सञ्चालन गर्ने ।
४०-सुनकाेशी मरिनलाई राष्ट्रिय गौरवकाे रुपमा विकास गर्न २ अर्ब ५ करोड ।
४१- तटबन्धन कामकाे लागि ५ अर्ब ६३ करोड विनियोजन ।
४२- कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन ।
४३- तराईंमा सिंचाई कार्यक्रमकाे लागि ९६ करोड
४४- सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजित ।
४५- मौसम तथा पूर्वानुमान महाशाखालाई थप प्रभावकारी बनाइने, थप राडार स्थापना गरिने। ५९ करोड विनियोजन।
४६- आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्ष घोषणा गरी वृक्षारोपणलाई अभियानकै रुपमा सञ्चालन गर्ने ।
४७- बन्यजन्तुलाई पाल्न नमूना अभ्यास गरिने । राष्ट्रपति चुरे कार्यक्रमलाई १ अर्ब ।
४८- वन तथा वातावरणमा १५ अर्ब ४९ करोड विनियोजन गरिएको छ ।
४९-आगामी २ वर्षमा जग्गा धनी पुर्जा अनलाइनबाटै । जग्गा प्रशासन अनलाइनबाटै उपलब्ध गराइने
५०-अतिक्रमित सरकारी जमिनहरू १ वर्ष भित्र राष्ट्रियकरण गरिने

Want your school to be the top-listed School/college in Rajbiraj?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Rajbiraj
Rajbiraj
031
Other Education in Rajbiraj (show all)
Brain Mind Computer Institute Bode Barsain Brain Mind Computer Institute Bode Barsain
Bode Barsain-4 , Satrughan Chowk
Rajbiraj, 56400

IT solution Computer Course Hardware and Networking Solve Computer All Problems Nt-Virus Installing CC camera Installation

Rajbiraj Academy of Higher Education (RAHE), Rajbiraj Rajbiraj Academy of Higher Education (RAHE), Rajbiraj
Siraha Road
Rajbiraj, 56400

The main thrust of RAHE is to make it a Research-cum-Teaching Institute in Science, Management, Engineering, Medical Sciences, Arts, and Education. RAHE has as objective of producing nationally and internationally competent Manpower.

Microlandcomputer Rajbiraj Microlandcomputer Rajbiraj
Nepal
Rajbiraj, +977

A complete Institute of Computer Technology.

Prawaha3 Prawaha3
Rajdiraj
Rajbiraj, +977

Jugal Akela Jugal Akela
Kajauli-1(Mahdeva)
Rajbiraj, 00977

Durga Secondary School Durga Secondary School
Sworna Tole
Rajbiraj, 00977

No. 1 position School Of Sagarmatha Zone.

Prashuram789 Prashuram789
Rajbiraj
Rajbiraj, 00977

Management Campus Rajbiraj, by Randhir karn Management Campus Rajbiraj, by Randhir karn
Rajbiraj

admission open with top teachers for I.com. B.B.S. B.B.A. M.B.S. M.B.A.

All In One Objective All In One Objective
Rajbiraj, 00977

This is an Objective Program useful for Civil Engineers those who want to face in Public Service Commission Examination (PSC) and many others.

Chhinnamasta Educational Academy & Hospital Pvt. Ltd. Rajbiraj Chhinnamasta Educational Academy & Hospital Pvt. Ltd. Rajbiraj
Rajbiraj Ward No.9,Saptari
Rajbiraj, 0056400

Chhinnamasta Educational Academy & Hospital Pvt. Ltd. Rajbiraj is one of the best college and hospitals in Nepal .

Ayu. Health Assistant Ayu. Health Assistant
Rajbiraj

This page is deals about Ayurveda systemic as herb

About   Contact   Privacy   Login C