हर्क र बालेन बीचको भिडन्त कसले जित्छ? कमेन्ट गर्नुहोला।
हिमाल पहाड तराई
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हिमाल पहाड तराई, Tutor/Teacher, Rajbiraj.
29/09/2025
💥Hurry up! Grab the offer to get Canva Pro on your Personal Email at just Rs. 189💥
🔴Canva Pro Life Time
🔴CANVA PRO FOR SALE
Canva is a graphic design platform that allows users to create a variety of designs, including social media graphics, presentations, posters, flyers, business cards, CV and more. It is a cloud-based platform that can be accessed through a web browser or a mobile app, making it easy to create designs from anywhere.
Canva Pro Features:-
🔶Unlimited access to premium templates and
assets
🔶Magic Resize
🔶 Nepali Fonts Available
🔶Team Collaboration
🔶Customizable Templates
🔶Photo Background Remover
🔶One-click Resize
🔶Animation and GIFs
🔶Advanced Typography
🔶Backgrounds and Effects
🔶Content Planner
🔶Custom Fonts
🔴Canva Pro has everything you need to create beautiful designs that align with your brand image. So why not give it a try and see how it can transform your design workflow?
🌸Payment After Activation.
🌸One-time payment only.
💥💥 AVAILABLE NOW💥💥
14/03/2024
यी व्यक्ति हुन् पाउल एलेक्जेन्डर । ६ वर्षको हुँदा उनलाई पोलियो हुन्छ । जसको कारण घाँटीदेखि मुनिको भाग प्यारालाइज्ड हुन्छ । यसले गर्दा उनि शरीरकै क्षमताले स्वास फेर्न पनि सक्दैनन् । त्यो समयमा यसको सहज उपचार थिएन । यसैले डाक्टरले उनलाई फलामको सिलिन्डरभित्र राखिदिन्छन । जसको सहायताले उनि स्वास फेर्न सक्छन् ।
तर, फलामको सिलिन्डर भित्र कैद भएपनि उनि आफ्नो जिन्दगी भने कैद हुन् दिदैनन् । उनि स्कूल जान्छन, कलेज जान्छन, कानुन विषयमा डिग्री हासिल गर्छन् । र, वकिलको रुपमा पनि काम गर्छन् । उनका शरीरका कुनै पनि अंग नचले पनि उनले आफ्नो मुखको सहायताले आवश्यक कामहरू गर्न सक्छन् । उनले एउटा प्लास्टिकको सानो छेस्को मुखमा च्यापेर त्यसको सहायताले किबोर्डमा टाइप गरेर एउटा पुस्तक नै लेखेका छन् । त्यो लेख्न उनलाई ८ वर्ष लागेको थियो ।
'आइरन-लङ्ग' अर्थात् फलामको फोक्सो राखेका व्यक्ति लामो समय बाँच्न सक्दैनन् । डाक्टरले पनि उनि लामो समय बाच्न नसक्ने भनेका थिए । तर उनि, ७८ वर्ष बाँचेर आज संसारबाट बिदा भएका छन् । उनले यो सिकाए कि परिस्थिति जस्तो भए पनि मनस्थिति बलियो हुन सके जीवनमा जे पनि गर्न सकिन्छ ।
13/03/2024
मदन पुरस्कार २०७९🎉
जगदम्बा श्री सम्मान २०७९
13/03/2024
Nobel prize winner 🏆2023
Medicine DK
Physics APF
Chemistry 🧪 MLA
Literature JF
Economics CG
Peace Mohamadi
नेपालका पूर्व प्रधानमन्त्रीहरुनेपालका पूर्व प्रधानमन्त्रीहरु
38.
केपी शर्मा ओली
प्रधानमन्त्री
वि.सं. २०७२।६।२५ देखि २०७३।४।१९, वि.सं. २०७४।११।३ देखि २०७८।१।३०, वि.सं. २०७८।१।३० देखि २०७८।३।२९
37.
सुशील कोइराला
प्रधानमन्त्री
वि.सं. २०७०।१०।२८ देखि २०७२।६।२४
36.
खिलराज रेग्मी
मन्त्रिपरिषद्का अध्यक्ष
वि.सं. २०६९।१२।१ देखि २०७०।१०।२८
35.
डा.बाबुराम भट्टराई
प्रधानमन्त्री
वि.सं. २०६८।५।१२ देखि २०६९।११।३०
34.
झलनाथ खनाल
प्रधानमन्त्री
वि.सं. २०६७।१०।२३ देखि २०६८।५।११
33.
माधवकुमार नेपाल
प्रधानमन्त्री
वि.सं. २०६६।२।११ देखि २०६७।१०।२२
32.
पुष्पकमल दाहाल प्रचण्ड
प्रधानमन्त्री
वि.सं.२०६५ – २०६६, वि.सं.२०७३।०४।१९- २०७४।०२।२३
31.
शेरबहादुर देउवा
प्रधानमन्त्री
वि.सं. २०५२ – २०५३, वि.सं. २०५८ – २०५९, वि.सं. २०६१ – २०६१ वि.सं. २०७४।०२।२४– २०७४।११।०३ वि.सं २०७८|०३|२९-२०७९|०९|१०
30.
मनमोहन अधिकारी
प्रधानमन्त्री
वि.सं. २०५१ – २०५२
29.
गिरिजाप्रसाद कोईराला
प्रधानमन्त्री
वि.सं.२०४८ – २०५१, वि.सं. २०५४ – २०५५, वि.सं. २०५५ – २०५६, वि.सं. २०५६ – २०५८, वि.सं. २०६३ – २०६५
28.
कृष्णप्रसाद भट्टराई
प्रधानमन्त्री
वि.सं. २०४७ – २०४८, वि.सं. २०५६ – २०५६
27.
मरिचमान सिंह श्रेष्ठ
प्रधानमन्त्री
वि.सं. २०४३ – २०४६
26.
लोकेन्द्रबहादुर चन्द
प्रधानमन्त्री
वि.स.२०४० – २०४२, वि.सं. २०४६ – २०४७, वि.सं. २०५३ – २०५४, वि.सं. २०५९ – २०६०
25.
नगेन्द्रप्रसाद रिजाल
प्रधानमन्त्री
वि.सं.२०३० – २०३२, वि.सं . २०४२
24.
कीर्तिनीधि विष्ट
प्रधानमन्त्री
वि.सं.२०२५ – २०२६, वि.सं. २०२८ – २०३०, वि.सं. २०३४ – २०३६
23.
सुर्यबहादुर थापा
अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०२१ – २०२३, प्रधानमन्त्री- वि.सं. २०२३ – २०२५, वि.सं. २०३६ – २०४०, वि.सं. २०५४ – २०५४, वि.सं. २०६० – २०६१
22.
डा. तुलसी गिरी
अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०१९ – २०२१ ( प्रधानमन्त्री) वि.सं. २०३२ – २०३४
21.
विश्वेश्वर प्रसाद कोईराला
प्रधानमन्त्री
वि.सं. २०१६ – २०१७
20.
सुवर्ण शमशेर ज.व.रा.
अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०१५ – २०१६
19.
डा. के.आई.सिंह
प्रधानमन्त्री
वि.सं.२०१४ – २०१४
18.
टंकप्रसाद आचार्य
प्रधानमन्त्री
वि.सं.२०१२ – २०१४
17.
मातृका प्रसाद कोईराला
प्रधानमन्त्री
वि.सं.२००८ – २००९, वि.सं.२०१० – २०११
16.
मोहन शमशेर ज.व.रा.
प्रधानमन्त्री
वि.सं. २००५ – २००८
15.
पद्म शमशेर ज.व.रा.
प्रधानमन्त्री
वि.सं.२००२ – २००५
14.
जुद्ध शमशेर ज.व.रा.
प्रधानमन्त्री
वि.सं.१९८९ – २००२
13.
भीम शमशेर ज.व.रा.
प्रधानमन्त्री
बि.सं.१९८६ – १९८९
12.
चन्द्र शमशेर ज.व.रा.
प्रधानमन्त्री
बि.सं.१९५८ – १९८६
11.
देव शमशेर ज.व.रा.
प्रधानमन्त्री
बि.सं.१९५७ – १९५८
10.
वीर शमशेर ज.व.रा.
प्रधानमन्त्री
बि.सं.१९४२ – १९५७
9.
रणोदिप सिंह राणा
प्रधानमन्त्री
बि.सं. १९३३ – १९४२
8.
बमबहादुर राणा
प्रधानमन्त्री
बि.सं. १९१३ – १९१४
7.
जंगबहादुर राणा
प्रधानमन्त्री
बि.सं.१९०३ – १९१३, बि.सं.१९१४ – १९३३
6.
माथवर सिंह थापा
प्रधानमन्त्री
बि.सं.१९०० – १९०२
5.
फत्यजङ्ग शाह
मुख्तियार
बि.सं. १८९७ — १९०० , बि.सं. १९०२ — १९०३
4.
रणजङ्ग पाण्डे
मुख्तियार
बि.सं. १८९६ — १८९७
3.
पुष्कर शाह
मुख्तियार
बि.सं. १८९५ — १८९६
2.
पं.रङ्गनाथ पौड्याल
मुख्तियार
बि.सं. १८९४ — १८९५
1.
भिमसेन थापा
मुख्तियार
बि.सं. १८६३ — १८९४
कक्षा छाडेर #टिकटोक_बनाउँदै गरेकी दुई #किशोरीलाई शिक्षकले झपारेपछि खाइन #फिनाइनल
copy #युथ अफ वीरगंज
सिरहामा एक समुदायिक विद्यालयका शिक्षकले टिकटोक भिडियो बनाउँदै गरेकी विद्यार्थीलाई पढन भनेपछि फिनाइल खाईएर अस्पताल भर्ना भएको घटना बाहिरिएको छ ।
सिरहाको गोलबजार नगरपालिका वडा वडा नम्बर ४ स्थित रहेको जनता माध्यमिक विद्यालय गोलबजारका एक शिक्षकले सोही विद्यालयमा पढने दुई किशोरीलाई मात्र झपारेपछि फिनाइल खाएको बताईएको छ ।
सोमबार दिउँसो १२ बजेको समयमा विद्यालय भित्रै आयोजना गरिएको खोप शिविरको क्रममा खोप लगाएर विद्यालयको छेउमा रहेको रुख मुनि टिकटोक भिडियो बनाईरहेको अवस्थामा गणित पढाउने शिक्षक शशि साहले झपारेपछि दुवै जना फिनाइल खाईदिएको बताईएको छ ।
सोही स्थान बस्ने विद्यार्थी अञ्जली सिंह र दिपा मण्डलले फिनाइल खाईदिएको बताईएको छ । भ्याक्सिन लगाएपछि आराम गर्नुको साटो मोबाईल लिएर टिकटोक भिडियो, रिल्स बनाईरहेको अवस्थामा रिसाएका शिक्षक साहले उनीहरुलाई झपार्दै अभिभावकलाई गुनासो गर्ने भनेपछि फिनाईल खाईदिएको हो ।
शिक्षक साहले उनीहरुलाई सम्झाउँदै विद्यालय बाहिर खिचिरहेको भिडियोको तस्विर समेत उनले आफ्नो मोबाईलमा प्रमाणको लागि कैद गरे । शिक्षक साहले उनीहरुले टिकटोक भिडियो बनाईरहेको विद्यालय बाहिर रहेको बयर रुखमुनीको तस्विर खिच्दै अभिभावकलाई देखाउने बताएपछि उनीहरु फिनाईल खाइन् ।
शिक्षक साहले भने, “दिपा मण्डलको म क्लास टिचर हुँ, उनलाई पटक पटक सम्झाउँदै आएकै छु, घण्टी छाडेर मोबाईलमा व्यस्त हुने, मोबाईल लिएर विद्यालय बाहिर गई नाचगान गरी भिडियो बनाउने, रिल्स बनाउने, टिकटोक बनाउने जस्ता कार्यहरु गर्दै आएकोमा सम्झाएको हुँ, तिम्रो बाउआमालाई प्रमाणको साथ गुनासो गर्छु मात्र भनेको थिए । उनीहरुलाई विद्यालय प्रशासनको जिम्मा लगाएर म सिरहातर्फ निस्के, र उनीहरु फिनाईल खाईदिएको जानकारी पाए । विद्यार्थीलाई सम्झाउन पनि नपाउने कस्तो बिडम्बना सृजना भयो विद्यालयमा है त ।”
विद्यालयभित्र मोबाईल निषेध भएपनि कक्षा ८,९ मै पढने किशोर किशोरीहरुले स्वतन्त्रताको नाममा कक्षा छाडेर टिकटोक भिडियो बनाएपछि आफूहरुको जिम्मेवारी भएको शिक्षक साहले बताए । उनले अभिभावकलाई समेत गुनासो गर्ने स्थिति नरहेकोप्रति दुःख प्रकट गरे ।
गोलबजारको भूमिजा अस्पतालमा उपचाररत रहेकी दुवै किशोरीको अवस्था समान्य बन्दै गएको छ भने अभिभावक र विद्यालय पक्षबीच उपचार खर्च तिर्ने सहमति भएपछि मिलापत्र भएको हो ।
SEE र अन्य जाँचको तयारी गर्दै गर्नुभएका विद्यार्थीहरूलाई १२ उपयोगी टिप्सहरू
१.पढ्नु पर्ने कुराको लिस्ट (List)बनाउनुस :
यदी तपाईंलाई रातभरि पढ्नु छ भने पढ्नु पर्ने कुराको लिस्ट बनाउनुस् । तपाईंको लिस्टबाट जुन गाह्रो र बढी अङ्कभारको लेसन छ त्यसलाई पहिले पढ्नुस् । कम महत्वपूर्ण र सजिलो पाठलाई पछाडि अथवा समय पुगे मात्र पढ्ने हिसाबले लिस्टिङ गर्नुस् । यसले गर्दा महत्वपूर्ण कुरा पढ्न छुट्न बाट जोगाउन सकिन्छ ।
२.आफ्नो इनर्जीको बचत गर्नुस् :
यदी तपाईंलाई रातभर पढ्नुछ भने तपाईंले दिनको समयमा आफ्नो शक्ति बचत गर्नुपर्छ । यदी दिन भर मोबाइल ल्यापटप आदि चलाएर अथवा अन्य काम गरेर आफूलाई थकित बनाउनुभएको छ भने राती तपाईंलाई निद्राले धेरै सताउन सक्छ । अर्को कुरा यदी तपाईं आज परिक्षा दिएर आएकोले थाक्नु भएको छ र राति फेरि भोलिको परिक्षाको लागि तयारी गर्नुछ भने आज दिउँसो केही घण्टा गहिरो निद्रा निदाउनु भए पनि हुन्छ । जुन निद्राले गर्दा आज राती तपाईं भोलिको परिक्षाको लागि जाग्राम बस्न सक्नुहुन्छ ।
३.आफ्नो बसाइ(Posture) मिलाउनुहोस् :
राति पढ्ने बेलामा निद्रा लाग्नुको अर्को कारण हो तपाईंको बसाइ नमिल्नु । यदी तपाईं ढाड कुप्री पारेर बस्नुहुन्छ अथवा उत्तानो परी सुतेर पढ्ने गर्नुहुन्छ भने तपाईंलाई छिट्टै निद्रा लाग्न सक्छ । यसरी बेडमा पल्टिएर पढ्दा तपाईंको दिमाग झुक्किन्छ "यो मान्छे पढ्ने हो कि सुत्ने हो" भनेर । अनि तपाईंलाई दिमागले सुत्ने तर्खर तिर लैजान थाल्छ । यसर्थ आफ्नो ढाड सिधा बनाएर कुर्चिमा बसी टेबलमा कापी किताब राखेर पढ्नु राम्रो हुन्छ, यदी कुर्ची टेबल छैन भने कम्तिमा ढाड बाङ्गो बनाएर अथवा भुइमा ढल्किएर पढ्न बस्ने नगर्नुस् । त्यस्तै पढ्ने बेलामा निद्रा लाग्नुको कारण हो बेडमा बसेर पढ्नु । कमलो बेडमा बसेर सिरक ओडेर, सिरानीका अडेस लाएर पढ्न थाल्यो भने त जस्तो ब्यक्ती लाई पनि निद्रा लाग्छ । यसर्थ पढ्ने बेलामा बेडमा बसेर नपढ्नुस् । सम्भव हुन्छ भने आफ्नो बेडलाई चिट्टिक्क पट्ट्याएर एकातिर राख्नुस अनि आफूले न्यानो र सजिलो लुगा लगाएर पढ्न थाल्नुस् ।
४.प्रसस्त मात्रामा तरल पदार्थ पिउनुस्:
पहिलो कुरा यदी तपाईंको शरीरमा तरल पदार्थको कमी भयो भने तपाईं छिट्टै थकित हुनुहुन्छ दोस्रो कुरा राती जागा बसेर पढ्नको लागि तपाईंले बेला बेलामा चिया कफी पिउन सक्नुहुन्छ । यदी चिया कफी पिउने बानी छैन भने सादा पानी पिउँदा पनि हुन्छ । यसरी तरल पदार्थ पिउनाले तपाईंलाई पिसाब लागि रहन्छ जसले गर्दा तपाईंलाई निद्रा लाग्ने सम्भावना कम हुन्छ ।
५.छोटो छोटो ब्रेक लिनुस् :
तपाईं यदी लगातार पढेको पढै गर्नुभो भने एक दुई घण्टामै थकित हुन सक्नुहुन्छ यसर्थ प्रत्येक एक घण्टाको गहिरो अध्ययन पश्चात कम्तिमा ३ देखि पाँच मिनेट ब्रेक लिनुस् । यो ब्रेक टाइममा मोबाइल चलाउने, टिभी हेर्ने नगर्नुस यसले झन तपाईंलाई थकाउँछ अथवा ध्यान पढाई भन्दा अन्यत्रतिर डाइभर्ट गर्छ यसको सट्टा बरु यसो झ्याल बाहिर चिहाउनुस् अथवा घर बाहिर निस्केर चिसो हावा खानुस् अथवा तीन चार मिनेट आँखा बन्द गरेर ध्यान गर्नुस् । यसले तपाईंलाई अर्को एक घण्टाको लागि रिचार्ज गर्छ ।
६.आफ्नो शरीर पनि चलाऊनुस् :
पढ्ने बेलामा केवल स्थिर मूर्ति जस्तै बनेर पढ्ने मात्र नगर्नुस् आफूले पढेको महत्वपूर्ण कुरालाई लेख्ने पनि गर्नुस् । त्यस्तै एकै ठाउँमा बसेर पढ्दा अल्छि लाग्यो भने आफ्नो स्थानबाट उठेर आफ्नो कोठाभित्र नै किताब लिएर डुल्दै-हिड्दै-पढ्दै गर्यो भने पनि निद्रा भगाउन सकिन्छ । त्यस्तै यदी चुप लागेर पढ्दा अल्छि लाग्यो भने केही बेर आवाज निकालेर पढ्दा पनि निद्रा भगाउन सकिन्छ ।
७.फर्स्ट आवर(First Hour)मा सुत्नुको सट्टा लास्ट आवरमा सुत्नुस् :
कतिपयको बानी कस्तो हुन्छ भने यदी रात भरि पढ्नु छ भने बेलुका मानौ सात बजे खाना खायो अनि सुत्यो अनि राति १० बजे उठेर पढ्न थाल्ने र बिहान उज्यालो होइन्जेल पढ्ने अनि जाँच दिन जाने । यसरी रातको पहिलो प्रहरमा ३ घण्टा सुत्नुको सट्टा पछिल्लो प्रहरको तीन घण्टा अर्थात रातभरी पढ्ने र बिहान तीन बजे देखि ६ बजे सम्म सुत्ने । यो फाइदा जनक हुन्छ । यसलाई यसरी बुझाउँ, तपाईं सुतेर उठे पछी पढ्नुको सट्टा पढेर सके पछी सुत्यो भने तपाईंको दिमागले त्यसलाई Processing गर्न पाउँछ र त्यो कुरा परिक्षामा राम्रो सँग लेख्न सकिन्छ ।
८.आफ्नो कोठा उज्यालो पार्नुस्:
यदी तपाईंले पढ्ने गरेको कोठामा मधुरो प्रकाश छ भने पनि तपाईंलाई निद्रा लाग्ने सम्भावना धेरै हुन्छ यसर्थ पढ्ने कोठालाई प्रसस्त उज्यालो पार्नुस् । किनकी मधुरो प्रकाशमा तपाईंको शरीरलाई लाग्छ कि "ए रात पो परेछ, अब त सुत्ने तरखर गर्नु पर्यो ।"अनि तपाईंलाई निद्राले झुपु झुपु पार्न थाल्छ त्यसैले आफ्नो कोठामा पढ्ने ठाउँ मात्र उज्यालो पार्ने टेबल ल्याम्पको सट्टा पुरै कोठा छर्लङ्ग पार्ने लाइट बाल्नुस् । यसले शरीरलाई रात परेको आभास हुनबाट जोगाउँछ ।
९.धेरै खाना खाएर पढ्न नबस्नुस:
शायद तपाईंले ख्याल गर्नुभएको होला यदी धेरै खाना खायो भने हामीलाई अल्छि लाग्छ र छिट्टै हामीलाई निद्रा लाग्छ । यसैले राती लामो समय पढ्नुछ भने एकै चोटि धेरै खाना नखानुस् । त्यसको सट्टा बरु बेला बेलामा थोरै थोरै खाने कुरा खान सकिन्छ ।
१०.बेला बेलामा हात खुट्टा र मुख धुने गर्नुस् :
करिब दुई/तीन घण्टाको फरकमा चिसो पानीले हातखुट्टा र मुख धुने गर्नाले पनि निद्रा भगाउन सकिन्छ । तर मुख धुने भन्दैमा पटक पटक चिसो पानी आँखामा छ्याप्ने गर्नु हुँदैन जसले झन आँखा रातो हुने, बिजाउने र पढ्न असजिलो हुने हुनसक्छ ।
११.टेबल पङ्खाको नजिक नबस्नुस्:
कतिपय विद्यार्थीहरु गर्मीको बेला टेबल पङ्खाको नजिक बसेर पढ्ने गर्नुहुन्छ । यसरी पङ्खाको हावाले हाम्रो फेसमा स्पर्श गर्दा पहिलो कुरा त हामीलाई रिल्याक्स अनुभुती हुन्छ र हामीलाई निद्रा लाग्न थाल्छ अर्को कुरा लगातारको पङ्खाको डाइरेक्ट हावाले हाम्रो आँखाको आँशुको मात्रा सुकाइ दिन्छ र हामीलाई निद्रा लाग्छ । यसर्थ गर्मीको बेलामा टेबल पङ्खाको सट्टा सिलिङ्ग पङ्खा तपाईंको लागि उपयुक्त हुन सक्छ ।
१२.यदि माथिका टिप्सले पनि काम नगरेमा :
आफ्ना राम्रा र पढ्ने साथीहरूसँग बसेर ग्रुप स्टडी गर्दा पनि निद्रा लाग्ने सम्भावना कम हुन्छ । यदी यो सम्भब छैन भने आफ्नो रुममा केही चर्को म्युजिक बजाएर ५/7 मिनेट डान्स गर्यो भने पनि केही हदसम्म निद्रा भगाउन सकिन्छ ।
माथि मैले आफ्नो अनुभव र अध्ययन बाट प्राप्त गरेको कुरा तपाईंहरू समक्ष प्रस्तुत गरेको हुँ । यदी तपाईंका पनि कुनै प्रभावकारी तरिका छन भने कमेण्टमा लेख्नुहोला ।
Tara Jii
यी १० कुरामा कहिल्यै नआत्तिनु
=======================
१-जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुदै छ। स्कुलको परिक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परिक्षा । घोकेर हैन सोचेर हल गर्नुपर्छ । कहिल्यै नआत्तिनु....!
२- दु:ख भन्ने चिज सबैलाई पर्छ, तर जो दु:खमा पनि मन सम्हालेर खुसि हुन खोज्छ/सक्छ त्यो जिन्दगिमा कहिलै
दु:खि हुनु पर्दैन । कहिल्यै नआत्तिनु ...!
३-समय एउटा यस्तो इमान्दार बस्तु हो ,जो पर्खाउन लगाएर कहिल्यै धोका दिदैन । एकदिन अवश्य आउछ । कहिल्यै नआत्तिनु ..!
४-जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ। कहिल्यै नआत्तिनु ...!
५-खुशिको एउटा ढोका जब बन्द हुन्छ अर्को ढोका खुलेको हुन्छ तर अक्सर हामी बन्द ढोकातिर यति धेरै हेर्छौ कि खुलेको ढोकातिर हाम्रो आँखा कहिले जादैन। कहिल्यै नआत्तिनु ..!
६-आत्मियताको अंगालो मारेर अंगालो पछाडि छुरा घोप्नेहरूको पनि कमी छैन यहाँ ? तर पछाडी कुरा काट्नेको स्थान पनि पछाडी नै छ, अगाडी आउने हिम्मत उनिहरूमा कहल्यै हुँदैन । कहिल्यै नआत्तिनु ..!
७-मृत्यु मानिस सँग जन्मेदेखी नै पाहुना लागेर बस्छ र उ आयुलाई पनि आफुसँगै लिएर मात्रै फर्कन्छ। उ सँगै बसुन्जेल बाँचिन्छ।जब फर्कन्छ, जीवन सकिन्छ। मृत्युमात्रै जीवनको अन्तिम सत्य हो, अरु सब भ्रम हुन्। बाँच्दा जतिसुकै शक्तिशाली छु भनेर घमण्ड गरेर अरुलाई तर्साएपनि स्वास र दिन सकिएपछी त्यो खोक्रो शरिरले केही गर्न सक्दैन । त्यसैले कहिल्यै नआत्तिनु ...!
८- मिहिनेत सिढी जस्तै हुन्छ ...अनी भाग्य लिफ्ट जस्तै । कुनै पनी समय लिफ्ट बन्द हुन सक्छ तर सिढी जहिले पनी खुल्ला हुन्छ र उचाई को तर्फ लैजान्छ । कहिल्यै नआत्तिनु ..!
९- समस्या जब जब आउछ उ एक्लै आउँदैन लावा लस्कर सहित आउछ। जिवन एउटा यात्रा हो उतारचढाव त आईरहन्छ. . त्यसैले आरामसँग यात्रा गर्नुस . .गियर बदल्दै ,बदल्दै । कहिल्यै नआत्तिनु ...!
१०-जे हुनु छ हुन्छ नै । भएका कुरामा पछुताएर रुनु छैन । बरु सिक्नु छ र जिउनु छ । जिन्दगीमा सकिन्छ भने केही राम्रो काम गरौं !! कम्तीमा 'चार' जना 'मलामी' चैं कमाउन सकियोस्, जसले आर्यघाट सम्म पुर्याई दुई थोपा आँसु झार्दिउन्।अरू कुरामा कहिल्यै नआत्तिनु ...!
15/02/2024
जिवनको वास्तविकता
13/02/2024
मसीले लेखिएको कागजमा खाद्य पदार्थको सिधा सम्पर्क हुने गरि उत्पादन तथा बिक्रि वितरण नगर्न सम्पूर्णमा अनुरोध ।
एकपटक कामबाट फुर्सद निकालेर स्कुल पढ्ने आफ्नो छोराछोरीलाई हेर्नुहोस्।
१• दैनिक विद्यालय त जाँदैछन नि , पढाइमा क्रमिक प्रगति गर्दै छन् नि ??
२• बढी गोपनीय बन्न मोबाइल/ ल्यापटप/ ट्याबमा पास कोड प्रयोग गरेका त छैनन् नि?
३• गोप्य , शंकास्पद म्यासेज प्रयोग गरेपछि त्यसलाई बारम्बार डिलेट त गरेको छैन न ?
४• घन्टौंसम्म पढाइ भन्दा इतर कुरामा आफ्नो कोठामा वा आफ्ना साथीहरूसँग त बिताइरहेका त छैनन् ?
५• होमवर्क छ, काम छ भन्ने बाहनामा बारम्बार साथीको घरमा त जाने गरेका छैनन् ?
६• यदि तपाईंको छोराछोरीको स्कुलले, तपाइँलाई छोराछोरीको बारेमा सत्य कुराहरू भनेका छन् भने, शिक्षकले भनेका कुरा गम्भीरतापुर्वक सुन्नुहोस र समाधानका बाटाहरु खोज्नुहोस ।
७• स्कुलको ड्रेस वा घर बाहिर फेरो हिड्दा लगाउने कपडा मर्यादापुर्ण त छन् ?
८• अबेर रातसम्म मोवाइलफोन , ल्यापटप, ट्याब आदिको प्रयोग त गरिरहेका छैनन् ?
९• यदि छोराछोरी कहिँ बाहिर होस्टेल वा कोठा खोजेर पढ्न बस्छन भने उनीहरूलाई थाहा नदिइ पनि कहिलेकाही जाने गर्नुहोस् ।
१०• छोरा छोरीको साथीहरू सँग छोराछोरीको बारेमा सोधपुछ गर्दै गर्नुहोस् । जस्तै आज स्कुल आए कि आएनन, कति घण्टीसम्म पढे आदि ।
११• किनमेलको लागि अन्य साथी साथमा गएपनि परिवारको कोही न कोही सदस्य पनि साथमा जानुहोस्।
१२• एक्स्ट्रा क्लास, खेलकुदको नाउँमा अनावश्यक समय कतै गएर विताएकि, विशेष सतर्क रहनुहोस्।
१३• छोरा छोरीको साथी वा साथीहरू को को हुन, उनीहरुको व्यबहार चरीत्र र चालचलन जस्तो बिषयमा विशेष नजर लगाउनुहोस्।
१४• घरको सबै पुजा पाठ, औँशी, पूर्णिमा , श्राद्ध एकादशी, तीज दशै तिहार धार्मिक कार्यहरुमा आफूसँग राखेर सिकाउनुहोस्।
१५• समाजमा घटेका घट्ने गरेका बलात्कार पछि हत्या जस्ता घट्नाहरुदेखि उनीहरुलाई जानकारी गराउँदै गर्नुहोस् ।
१६. छोराछोरीको क्षमता भन्दा बढी अपेक्षा राखेर मानसिक तनाव नदिनुहोस् ।
१७. राम्रो कार्य, पुरस्कृत हुँदाको समय सँगै रमाउनुहोस्, अझै प्रगति गर्ने हौसला प्रदान गर्नुहोस् ।
१८. शारीरिक स्वास्थ्य, सामाजिक स्वास्थ्य र मानसिक स्वास्थ्य के कस्तो छ, वेलबखतमा डाक्टरसंग सल्लाह परामर्श लिनुहोस् ।
१९. उमेरसंगै आएका बदलाव बारे खुलेर जानकारी गराउनुहोस् ।
२०. आफ्नो छोराछोरी लाई अरुसँग दाँजेर अनावश्यक प्रशंसा वा हतोत्साहित टिकाटिप्पणी नगर्नुहोस् ।
हिमाल पहाड तराई
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Rajbiraj