21/04/2026
सूचना
यस Sagarmatha Vidhya Sadan Boarding School का सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ कि विद्यालयको नयाँ शैक्षिक सत्र मिति २०८३ साल बैशाख ०९ गते (भोलि) देखि नियमित रूपमा सञ्चालन हुने भएको छ।
तसर्थ, सबै विद्यार्थीहरूलाई तोकिएको समयमा विद्यालयमा उपस्थित भई नियमित कक्षामा सहभागी हुन अनुरोध गरिन्छ। साथै, अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकालाई समयमै विद्यालय पठाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।
प्रधानाध्यापक
Sagarmatha Vidhya Sadan Boarding School