31/07/2026
अत्यावश्यक सूचना
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू, हाल तराई-मधेश क्षेत्रमा देखिएको प्रतिकूल तथा असहज परिस्थितिलाई गम्भीरतापूर्वक मध्यनजर गर्दै सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा, स्वास्थ्य र हितलाई सर्वोच्च प्राथमिकता दिई मिति २०८३ साल श्रावण १५ गते, शुक्रबार कोचिङको सम्पूर्ण पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरू स्थगित गरिएको जानकारी गराइन्छ।
विद्यालयको नियमित पठनपाठन तथा प्रशासनिक कार्यहरू मिति २०८३ साल श्रावण १८ गते, सोमबारदेखि पूर्वनिर्धारित समयअनुसार पुनः सञ्चालन हुनेछन्।
यस अवधिमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई सुरक्षित रहन, अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा स्थानीय प्रशासनबाट जारी गरिएका निर्देशनहरूको पूर्ण पालना गर्न हार्दिक अनुरोध गर्दछौं।
यस निर्णयबाट पर्न गएको असुविधाप्रति कोचिङ परिवार हार्दिक क्षमायाचना व्यक्त गर्दै यहाँहरूको सहयोग, धैर्यता र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दछ।
कोचिङ प्रशासन