09/01/2026
यस धर्मोदय माध्यमिक विद्यालयमा कक्षा १०मा छात्रावासमा अध्ययनरत विद्यार्थीहरूको खानामा सहयोग होस् भन्ने हेतुले ऐरावती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य पदम बहादुर जिसीले एक बोरा चामल र एक गत्ता तेल सहयोग गर्नुभएको साथै विद्यालयका प्रधानाध्यापक भोजबहादुर राउतले रु ५,००० सहयोग गर्नुभएकामा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
विनोद कुमार चौधरी
(९८६६७६३९९८)
सूचना अधिकारी
धर्मोदय मा वि जाबुने
06/01/2026
कक्षा ५र १० का विद्यार्थीका अभिभावकबाहेक अन्य कक्षामा अध्ययनरत विद्यार्थीका अभिभावकहरू उपस्थित भइदिनुहुन
06/01/2026
कक्षा १० का सम्पूर्ण विद्यार्थीका अभिभावकज्यूहरू विद्यालयमा उपस्थित भइदिन हुन।
12/12/2025
ग्रेडसिट एकीकृत गर्ने सम्बन्धी सूचना
09/11/2025
कक्षा १० को परीक्षा आवेदन फाराम भर्ने सूचना
10/10/2025
कक्षा १२ को परीक्षा पास भएका (नियमित तथा ग्रेड वृद्धि) Transcript ल्याउन दिएका विद्यार्थीहरूलाई Transcript लिनको लागि विद्यालयमा सम्पर्क गर्न जानकारी गराइन्छ।
श्री धर्मोदय माध्यमिक विद्यालय
20/09/2025
सूचना सूचना
श्री धर्मोदय माध्यमिक विद्यालयबाट कक्षा १२ ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई यसै विद्यालयका विज्ञान शिक्षक श्री भरत शर्मा सरलाई सम्पर्क गर्नको लागि सूचित गरिन्छ। साथै श्री धर्मोदय माध्यमिकको परीक्षा केन्द्र श्री मुक्तिमावि रातामाटामा रहेको समेत जानकारी गराइन्छ।
* भरत शर्मा ( विज्ञान शिक्षक ): 984-3174437
* परीक्षा मिति: असोज ७ र ८ गते
* परीक्षा केन्द्र: मुक्ति मावि रातामाटा
* परीक्षा समय: ११ बजेदेखि २ बजेसम्म
16/09/2025
कक्षा १२ पूरक ( मौका )परीक्षाको संशोधित समय तालिका
परीक्षा सञ्चालन असोज ७ र ८ गते ११ देखि २ बजेसम्म
11/09/2025
एरावती गापा मातहतका सम्पूर्ण कार्यालय तथा विद्यालय २६ र २७ गते बन्द रहने सूचना