02/05/2026
One-Day Training Program on Early Childhood Education ✨
Heartfelt thanks for organizing such a highly impactful and enriching program 🙏
Deep gratitude to the respected teachers for their invaluable guidance and support.
Kindly continue organizing such meaningful programs again and again, and keep inspiring us to grow 💫
📅 2nd May 2026
23/04/2026
शैक्षिक सत्र २०८३ को पठनपाठन यहि मिति
२०८३/०१/१० गते देखि प्रारम्भ भइसकेको जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुलाई गराइन्छ।
कृपया सबैले नियमित रुपमा विद्यालयमा उपस्थित भई अध्ययन कार्यलाई निरन्तरता दिनुहुन अनुरोध गरिन्छ।
15/04/2026
📢 भर्ना खुल्यो ! भर्ना खुल्यो ! भर्ना खुल्यो ! 📢
गौमुखी सेकेन्डरी इङ्लिस स्कुलमा शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्यो! 🎓📚
📌 गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा आधुनिक शिक्षण विधिसहित
📌 बालमैत्री वातावरणमा उत्कृष्ट शैक्षिक अवसर
🚶♂️ घरदैलो अभियान कार्यक्रम 🚶♀️
आदरणीय अभिभावकज्यूहरु,
हामी तपाईंहरूको घरदैलोमै आई विद्यालयका विशेषता, शैक्षिक योजना तथा भर्ना सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्नेछौं।
✨ आफ्ना नानीबाबुहरूको उज्ज्वल भविष्यका लागि आजै गौमुखी सेकेन्डरी इङ्लिस स्कुल रोज्नुहोस्।
📅 शैक्षिक सत्र: २०८३
📞 थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहोस्।
(old photos)
13/04/2026
विद्यार्थी भर्ना सम्बन्धी सूचना
नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण शिक्षक, विद्यालय कर्मचारी, अभिभावक तथा विद्यार्थी भाइबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
झिमरुक गाउँपालिकाको निर्णय अनुसार, हाम्रो विद्यालय Gaumukhi Secondary English School Jhimruk Pyuthan मा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना कार्यक्रम मिति २०८३/०१/०२ गतेदेखि सुरु हुने जानकारी गराइन्छ।
यस भर्ना अभियानलाई सफल बनाउन सम्पूर्ण अभिभावक तथा सरोकारवाला निकायहरूमा हार्दिक अनुरोध गर्दछौं।
08/04/2026
🎉 Results 2082 Published Today! 🎉
We are pleased to announce that the results of the academic year 2082 have been officially published today. 📚✨
Congratulations to all the students for your hard work, dedication, and achievements. 👏 Your efforts have truly paid off, and this is a proud moment for everyone.
Wishing all students continued success and a bright future ahead. 💐🌟
Keep striving, keep shining! 🚀
05/04/2026
BLE परीक्षामा उत्कृष्ट नतिजा ल्याई सफलतापूर्वक उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई! 🌟📚 तपाईँहरूको मेहनत, लगनशीलता र दृढ संकल्पको परिणामस्वरूप यो सफलता हासिल भएको हो। यो उपलब्धि तपाईंहरूका लागि मात्र नभई अभिभावक र शिक्षकहरूका लागि पनि गर्वको विषय हो। 👏 आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै उज्ज्वल भविष्य निर्माण गर्न सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौ। 💐✨ सधैं अघि बढिरहनुहोस्, निरन्तर प्रयास गरिरहनुहोस् र सफलताको शिखर चुमिरहनुहोस्! 🚀
📊 विद्यार्थीहरूको नतिजा (GPA सहित):
बिनायक जी.सी. — 4.00 GPA
प्रिन्स एम.सी. — 3.88 GPA
स्वस्तिका बिष्ट — 3.83 GPA
प्रशन्न जी.सी. — 3.81 GPA
सौरभ रिजाल — 3.65 GPA
बसन्तोष थापा क्षेत्री — 3.64 GPA
बिबेक विश्वकर्मा — 3.59 GPA
सन्जिना एम.सी. — 3.56 GPA
अरुण पुन — 3.54 GPA
रजिना रिजाल — 3.54 GPA
अन्शु पुन — 3.51 GPA
रोहित ढकाल — 3.51 GPA
प्रमोद खत्री क्षेत्री — 3.47 GPA
सन्ध्या कुँवर — 3.31 GPA
अन्योल ढकाल — 3.30 GPA
प्रशान्त एम.सी. — 3.29 GPA
क्रिस्टिना भट्टराई — 3.24 GPA
सन्देश न्यौपाने — 3.17 GPA
05/04/2026
🎉 Congratulations ♥️
कक्षा ८ मा संस्थागत विद्यालयतर्फ प्रथम स्थान हासिल गर्दै 4 GPA ल्याउन सफल भएकोमा हाम्रो विद्यालय परिवारको तर्फबाट Binayak GC लाई हार्दिक बधाई तथा शुभकामना! 🌟📚
तिम्रो मेहनत, लगनशीलता र समर्पणले यो गौरवपूर्ण सफलता सम्भव भएको हो। 👏
आगामी दिनहरूमा पनि यस्तै निरन्तर प्रयास गर्दै अझ उच्च सफलता हासिल गर्दै अघि बढ्न सकोस् भन्ने कामना गर्दछौँ। 💐✨
Keep shining and achieving more! 🚀
— School Family
02/04/2026
📚 SEE 2082 का सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना! ✍️
आजबाट सुरु भएको परीक्षामा आत्मविश्वासका साथ सहभागी हुनुहोस्।
तपाईंहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासले अवश्य राम्रो नतिजा दिनेछ। 💪🌟
शान्त मन, स्पष्ट सोच र सकारात्मक ऊर्जा साथ अगाडि बढ्नुहोस्।
सफलताको शुभकामना! 🎉
01/04/2026
📢 Results Notice
This is the general information to all students, teachers and guardians that the result of the academic year 2082 will be published on 25th Chaitra, 2082. All the students and guardians are requested to attend at the school to receive the results of their children.
— Gaumukhi Secondary English School
Jhimruk -5 , Machchhi Pyuthan.