Karnali Education Foundation

Karnali Education Foundation Educational Institution
Buddhashanti -1 Jhapa, Nepal. Established in 2053 BS. Classes: Nursery - XII

सर्वसम्मत रूपमा निर्वाचित कप्तानहरूले सपथ ग्रहण गरेका छन्। उनीहरूले अनुशासन कायम राख्दै विद्यार्थीहरूबीच नेतृत्व, सहयोग,...
13/06/2026

सर्वसम्मत रूपमा निर्वाचित कप्तानहरूले सपथ ग्रहण गरेका छन्। उनीहरूले अनुशासन कायम राख्दै विद्यार्थीहरूबीच नेतृत्व, सहयोग, जिम्मेवारी र सकारात्मक सोचको विकास गर्न तथा विद्यालयको गरिमा उच्च राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

12/06/2026

कर्णाली एजुकेसन फाउन्डेसनका विद्यार्थी एल्सन लुइटेल संघीयताका विषयमा मन्तव्य प्रस्तुत गर्दै।

12/06/2026

The Head Girl, Miss. Prerana Khanal, delivering the speech.

11/06/2026

शिक्षकलाई राष्ट्रको भाग्य निर्माता भनिन्छ।

वकिलको गल्ती फाइलका पानाभित्र सीमित रहन सक्छ, इन्जिनियरको गल्ती पर्खालका इँटा र सिमेन्टभित्र लुक्न सक्छ, डाक्टरको गल्ती चिहानका माटोमुनि गाडिन सक्छ, तर शिक्षकको गल्ती समाजको चरित्रमा, राष्ट्रको संस्कृतिमा र भावी पुस्ताको आचरणमा प्रत्यक्ष प्रतिबिम्बित हुन्छ।
त्यसैले भनिन्छ :
साधारण शिक्षकले जानकारी दिन्छ,
असल शिक्षकले बुझ्न सिकाउँछ,
उत्कृष्ट शिक्षकले गरेर देखाउँछ,
तर महान शिक्षकले जीवन बदल्ने प्रेरणा जगाउँछ।
ज्ञान दिने धेरै हुन सक्छन्, तर प्रेरणा जगाउने विरलै हुन्छन्। किनकि ज्ञानले मानिसलाई सक्षम बनाउँछ भने प्रेरणाले असम्भवलाई सम्भव बनाउने साहस दिन्छ। शिक्षकले कक्षाकोठामा रोपेको विचार र संस्कारले नै भोलिको समाज र राष्ट्रको स्वरूप निर्धारण गर्छ।

10/06/2026

सूचना !
सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ कि हाल मौसममा सुधार भई अत्यधिक गर्मीको अवस्था नरहेकाले विद्यालयमा यसअघि लागू गरिएको पोशाक सम्बन्धी विशेष व्यवस्था समाप्त गरिएको छ।
तसर्थ, यस विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूले मिति २०८३ साल जेठ २७ गतेदेखि विद्यालयको निर्धारित पोशाक (School Uniform) अनिवार्य रूपमा लगाई विद्यालयमा उपस्थित हुनुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।

विद्यालय प्रशासन
कर्णाली एजुकेसन फाउन्डेसन

06/06/2026

कसैले धनको विरासत छोडेर जान्छन्,
कसैले सम्पत्तिको चिनो छोडेर जान्छन्,
तर एक सच्चा शिक्षकले आफ्नो जीवनपछि पनि
समाजलाई सफल, सक्षम र संस्कारी मानिसहरू छोडेर जान्छन्।
शिक्षकको सबैभन्दा ठूलो सम्पत्ति धन होइन,
उनले निर्माण गरेका असल नागरिक हुन्।

विश्व वातावरण दिवसको अवसरमा कर्णाली एजुकेसन फाउन्डेसन, बुद्धशान्तिमा विविध जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिएका केही ...
05/06/2026

विश्व वातावरण दिवसको अवसरमा कर्णाली एजुकेसन फाउन्डेसन, बुद्धशान्तिमा विविध जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिएका केही झलकहरू। विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक प्लेकार्ड प्रदर्शन गर्दै सहभागिता जनाए। हरियाली प्रवर्द्धन, स्वच्छ वातावरणको महत्त्व तथा प्रकृति संरक्षणबारे सचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वातावरण जोगाऔँ, पृथ्वी बचाऔँ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले सबैमा वातावरणप्रति जिम्मेवार बन्न प्रेरणा दिएको छ।

02/06/2026

सूचना !
बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा तथा सहजतालाई मध्यनजर गर्दै कर्णाली एजुकेसन फाउन्डेसनको विद्यालय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि निम्न व्यवस्था गरेको जानकारी गराइन्छः
1. कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विद्यालयमा सहज तथा हल्का (Easy Clothes) पोशाक लगाएर आउन सक्नेछन्। तर Easy Clothes का नाममा बाक्ला, असहज वा विद्यालय वातावरणअनुकूल नभएका पोशाक लगाउन पाइने छैन।
2. कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले अनिवार्य रूपमा विद्यालयको निर्धारित पोशाक (School Uniform) लगाएर आउनुपर्नेछ। तथापि, अत्यधिक गर्मीका कारण जुत्ता (Shoes) र टाइ (Tie) लगाउन अनिवार्य छैन।
सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई उक्त व्यवस्थाको पालना गरी सहयोग गरिदिन हार्दिक अनुरोध गरिन्छ।
विद्यालय प्रशासन
कर्णाली एजुकेसन फाउन्डेसन l

विद्यालयले गणतन्त्र दिवसको महत्व तथा हामी सबैको कर्तव्य र जिम्मेवारीलाई उजागर गर्दै गणतन्त्र दिवस मनायो।
29/05/2026

विद्यालयले गणतन्त्र दिवसको महत्व तथा हामी सबैको कर्तव्य र जिम्मेवारीलाई उजागर गर्दै गणतन्त्र दिवस मनायो।

Address

Buddhashanti
Pulchowk

Telephone

+97723555338

Website

Alerts

Be the first to know and let us send you an email when Karnali Education Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Karnali Education Foundation:

Shortcuts

Share

Category