ढकाल ज्योतिष परामर्श सेवा

  • Home
  • Nepal
  • Pokhra
  • ढकाल ज्योतिष परामर्श सेवा

ढकाल ज्योतिष परामर्श सेवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ढकाल ज्योतिष परामर्श सेवा, fulbari, Pokhra.

✅२०८२ साल भाद्र२२ गते आइतबार खग्रास चन्द्र ग्रहण लाग्नेछ। राति १०:११ बजे सुरु भई १:४१ बजे समाप्त हुनेछ। ३घण्टा ३० मिनेटक...
01/09/2025

✅२०८२ साल भाद्र२२ गते आइतबार खग्रास चन्द्र ग्रहण लाग्नेछ। राति १०:११ बजे सुरु भई १:४१ बजे समाप्त हुनेछ। ३घण्टा ३० मिनेटको यो ग्रहण

✅नेपाल, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यानमार, अष्ट्रेलिया, जापान र दक्षिण प्रशान्त क्षेत्रबाट देखिनेछ।

✅अमेरिकाका धेरै भाग, पश्चिमी यूरोप र मध्यपूर्वमा देखिनेछ।

✅मेष, वृष, कन्या र धनु राशीवालालाई लाभ हुनेछ भने ❎अन्यलाई केही असुविधा वा बाधा देखिन सक्नेछ।

✅ग्रहणको समयमा मन्त्र जप, स्तोत्र पाठ, पूजा–अर्चना, दान–धर्मकर्म, सेवा र ध्यान लाभदायक हुनेछ । ❎ वृद्ध, रोगी वा कमजोरले प्रत्यक्ष हेर्नु हुँदैन। यात्रा वा जोखिमपूर्ण काम पनि नगर्नुनै उपयुक्त हुनेछ।

❎दिउँसो १:११ बजे पछि बाल वृद्ध आतुर बाहेक अरूलाई भोजन निषेध ।

27/05/2025
बिजया दशमी वि. सं २०८० को टिकाको उत्तम साइत ११:०२  मिनेटमा
03/10/2023

बिजया दशमी वि. सं २०८० को टिकाको उत्तम साइत ११:०२ मिनेटमा

कालिका पूजा सामग्री भण्डार तथा ढकाल ज्योतिष परामर्श सेवा पोखरा-११,फूलबारी-भाष्कर स्कुल अगाडि
17/09/2023

कालिका पूजा सामग्री भण्डार तथा ढकाल ज्योतिष परामर्श सेवा पोखरा-११,फूलबारी-भाष्कर स्कुल अगाडि

16/09/2023

गणेश चौथी , मङ्गल चौथी कि ऋषि पञ्चमी

जिज्ञासा जसले राखेपनि मनमा खुल्दुलि यो बिषयसँग सम्वन्धित तपाई सबैको ।।

२०८० /६/२ गते मङ्गलवार ,नेपाल पञ्चाङ्ग निर्णायक समिति सम्वन्धित पात्रोहरु सबैमा गणेश चौथी मङ्गलचौथी र ऋषिपञ्चमी एकैदिन रहेकोछ ।।
यसलाई अन्यथा नमानिकन जिज्ञासा राख्नु स्वभाविक हो। अब कुन व्रत पूजा गर्ने भन्ने बिषयमा यसदिन २ गते विहान १०:४९ मिनट सम्म चौथी रहेको छ र त्यसपछि १०:४९ पछि पञ्चमी तिथि प्रारम्भ छ ,यस अवस्थामा हजुरहरुले गणेश चौथी वा मङ्गल चौथी व्रत गरिरहनु भयको छ र ऋषिपञ्चमीपूजा पनि गरिआईरहनुभयको छ भने पनि दुबै व्रत पूजा गर्नहुन्छ मिल्छ र गर्नु पर्छ तर कसरी गर्ने भन्नेमा विहान उठेपछि नदि तलाउ कुवा पधेरो आदिमा गई स्नानादि नियमअनुसार,, दतिवन (३६५,अपामार्ग,) कर्म सबै सकेर आउनु र गणेश चौथी मङ्गलचौथी पूजा १०:४९ भित्र गरिसक्नु ,त्यस पछिको पुन अर्को पूजा सामाग्री तयार गरि ऋषीपञ्चमी (सप्तऋषि )पूजा प्रारम्भ गर्नु किन भने ऋषि पञ्चमी पूजा तिथि अनुसार पनि १०:४९ पछि लाग्छ साथै यो पूजा (मध्यान्ह व्यापिनी ) मध्यान्ह मा गर्नु पर्ने नियम भयको हुनाले पनि त्यो गर्नु पर्दछ यसले हजुर को दुवै व्रत एकैदिन हुन्छ ।। गणेश चौथी मङ्गल चौथी लियको छैन तर ऋषि पञ्चमीव्रत पूजा गर्ने हरुले १०:४९ पछिमात्रै पूजागर्नुहोला ।। ॐ 🙏🙏🙏सबैको जय होस🙏🙏🙏

30/08/2023

At पोखरा — ~~~~~~~~ जनैपूर्णीमा ~~~~~~~~
श्रावण शुक्ल पक्ष , श्रावण महिना, श्रवण नक्षत्रले युक्त श्रावणी, जनैपूर्णिमा। श्रावण शुक्ल पञ्चमी, हस्ता नक्षत्रले युक्त वा अयुक्त तिथिमा विधि पूर्वक गरिने स्नानलाई श्रावणीस्नान भनिन्छ। यो कर्म नैमित्तिक कर्म अन्तर्गत पर्ने भएकोले सूतक परेर रोकिएको अवस्था छ भने अन्य दिनमा गर्नुपर्ने हुन्छ। कर्मलोप गराउनु हुँदैन। वर्षाऋतुसँग सम्बद्ध पूर्णीमाका दिन ऋषिहरूको आराधना गरिने हुनाले यो पर्वलाई ऋषितर्पणी पनि भनिन्छ। जसरी तीज पछिको ऋषिपञ्चमी महिलाहरूका लागि जति महत्वपूर्ण मानिन्छ, पुरुषका लागि पनि त्यति नै महत्वपूर्ण पर्वका रुपमा यस दिनलाई लिइन्छ। पुरुषहरूले जान - अन्जानमा वर्ष भरि गरेका कृत्याकृत्य कार्यहरूको प्रायश्चित्त, क्षमापूजा वा आत्मपूजा हो जनैपूर्णीमा। श्रावण शुक्ल चतुर्दशीका दिन चोखनीतिका साथ मुण्डन गर्दै एक छाख खाई पूर्णिमाका दिन गुरु, शिष्य लगायतका अन्य व्यक्तिहरू सामूहिक रुपमा नदी, पोखरी, तलाउ, कुवा वा ईनार आदि गरिएका पवित्र जलाशयमा गई माटो, गोबर, भष्मका साथ कुश, दतिवन, बास्नादार फूल, दूबो प्रयोग गर्दै स्नान गर्दछन्। स्वास्थ्य विज्ञानका आधारमा उक्त स्नानमा आध्यात्मिकतका साथ - निरोगीता र वैज्ञानिकता रहेको पाइन्छ। सामूहिक सहभागितामा तीर्थ प्रार्थना सहित विधि पूर्वक स्नान गरिने हुनाले श्रावणीस्नान पनि भन्ने गरिन्छ। यसरी विधिसम्मत तरिकाबाट अगाडि बढ्नका लागि निम्नानुसारका कार्यहरूलाई अवलम्बन गर्नुपर्दछ। ॐकार परिवार भित्रका हिन्दू, बौद्ध, जैन, बुद्धिस्ट लगायतका सबै वर्ण र समुदायको सामूहिक पर्व जनैपूर्णीमाका दिन पशुपतिनाथ, गोसाइँकुण्ड, कुम्भेश्वर, देवघाट, चतराधाम लगायतका विभिन्न क्षेत्रमा श्रावणी मेला लाग्ने गर्दछ। अधिकांश क्षेत्रमा आफ्ना गुरु- पुरोहितबाट अभिमन्त्रित डोरो बाँधी जनै फेर्ने गरीन्छ भने तराई क्षेत्रमा दिदीबहिनीका हातबाट राखी बाँध्ने प्रचलन रहिआएको छ। वैदिक काल देखि नै व्यवहृतहुँदै आएको यो पर्व आफैंमा अनुशीलन र श्लाघनीय रहेको छ। यो पर्व विधिसम्मत तरिकाले अगाडि बढाउन यी विषयहरूलाई व्यवहारमा उतार्नुपर्ने हुन्छ।
मुण्डन / छौरकर्म:-
शिखाको संरक्षणका साथ मुण्डन गर्दै नङ् काटी पवित्र भएर आध्यात्मिक कार्य सम्पादन गरिन्छ। पवित्र रहनका लागि नङ काटी कपाल खौरिनु पर्दछ। मुण्डनले शिरोभागलाई फोहर हुन नदिई लावण्यता र स्वच्छता प्रदान गर्दै मस्तिष्क सहित सहस्रचक्रधारचक्र र टाउकोको कुरकुरे हड्डीको संरक्षण गर्ने रोमाधिपति शिखा / टुप्पीको संरक्षण र अन्य केश खौरिनु पर्ने अनिवार्यता यो विधिमा अपरिहार्य मानिन्छ।
एक छाकि वा हविष्यान्न :-
चतुर्दशीका दिन कपाल खौरी नङ् काट्दै चोखोनीतका साथ एकछाक बसी सात्विक भोजन गर्ने प्रचलन रहि आएको छ। सात्विक भोजन त्यसमा पनि सूर्य नअस्ताउँदै खाने र भोजनको प्रभावले सत्वभाव उत्पन्नका साथ कर्मेन्द्रीय र जनेन्द्रीयहरूलाई नियन्त्रण गर्दै कर्म प्रतिको समर्पण भाव उत्पन्न गर्नका लागि एक दिन अगाडि एकछाकि वा हविष्यान्न ग्रहण गर्नु यसको महत्वपूर्ण पक्ष रहिआएको छ ।
मृत्तिकालेपन :-
पञ्चतत्व अन्तर्गत पर्ने पृथ्वी, अनेक गुणले युक्त माटो, सबै सृष्‍टिको कारक मृत्तिका शरीरमा लेपन गर्नाले सबै प्रकारका रोग र शोक नाश गरी आरोग्यता प्रदान गर्ने भएकोले माटोको प्रयोग गरि पृथ्वीलाई सम्मान प्रकट गर्ने काम गरिनुका साथै प्राकृतिक उपचारका रुपमा यो विधि अपनाइन्छ।
गोमयलेपन :-
वर्षाऋतुमा पृथ्वी सस्याश्यामला हुने भएकोले पृथ्वीको गर्भमा रहेका औषधीहरू उम्रने, फूल्ने र फक्रिने भएको र गाईहरूले चरनका क्रममा यिनै औषधीहरू खाने र यिनीहरूबाट निसृत दूध, दही, घ्यू, गोबर र गहुँतलाई अमृतको संज्ञा दिइएको छ। औषधीय गुणले युक्त गोबर शरीरमा लेपन गर्नाले चर्मरोग र आन्तरिक शोक निवारण गर्दै स्वच्छता प्रदान गर्ने विषयहरू वर्णन गरिएका छन्। ।
भस्मलेपन :-
संसारका यावद् भौतिक पदार्थ जे जति छन् ती सबै अग्निका माध्यमबाट भष्मिभूत हुँदै ब्रह्माण्डमा लीन हुने भएको र अग्नि- तेज र भष्मको एकाकी भाव सम्बन्ध रहेको हुन्छ। जीवन पर्यन्त शारीरिक ऊर्जालाई कायम राख्दै अन्त्यमा शरीर शून्यतामा बिलीन हुन पुग्दछ, त्यसको सार नै भष्मलेपन हो। देहधारी आत्मा ज्योति स्वरुप परमात्मामा लीन भए पछि शारीरिक अवयवहरू पनि अन्ततोगत्वा भष्ममा परिणत हुन्छन्। अग्निको सारका रुपमा रहेको भष्म नै अन्तिम सत्य हो भन्ने सदासयताका साथ शरीरमा भस्मलेपन गरिन्छ।
कुश :-
आध्यात्मिक प्रयोजनका लागि बर्हि, दर्भ, कुश नामले परिचित यो वनस्पतिको श्रष्टा स्वयं ब्रह्माजीलाई बताइएको छ। परमं पवित्र र औषधीय गुणले युक्त कुश मिश्रित जलले स्नान गर्दा रोग व्याधि निवारण हुँदै आत्मिक शान्ति मिल्न पुग्दछ।
अपामार्ग :-
सरस्वती बटी, दतिवन, अपामार्ग आदिका नामले परिचित यो वनस्पतिमा मेधा, प्रज्ञा, यश र वाणीमा शुद्धता होस् भन्नका लागि सर्वगुण सम्पन्न दतिउँनले दाँत माझ्ने, दतिउँनको फूल र पत्र मिश्रित जलले सेचन गर्ने र सप्तर्षीको पूजनमा समेत यसैको प्रयोग गरिन्छ।
दूबो :-
दूर्वा वा दूबोको नामबाट चिनेन वनस्पति अमृतको कणबाट उम्री विस्तार भएको शास्त्रीय कथन छ। देवकार्य र मानव हितका लागि दूबो मिश्रित जलले सेचन वा स्नान गर्नाले शरीरले रोग निवारणका साथै पुष्टता प्राप्त गर्न पुग्दछ।
हाम्रा ऋषिमुनि तथा पूर्वजहरूले चाडपर्व मनाउने र यसमा प्रयोग हुने सामग्रीहरूको सोधखोज लामो समयदेखिको अनुसन्धान र साधनाका माध्यमबाट विधिविज्ञानको विकास गरेका हुन्। यहाँ प्रयोग गरिएका सामग्रीहरूको उपादेयता कहाँ सम्म र कति छ भन्ने विषय आयुर्वेद र यो क्षेत्रमा लागेका अनुसन्धाताले नै प्रस्ट पारेका छन्। स्वास्थ्य विज्ञानसँग सम्बन्धित यो पर्व विशेष पर्वका रुपमा स्थापित छ।
प्रातः कालीन स्नान पछि गुरु शिष्य सहित समाजमा रहेका व्यक्तिहरूको सामूहिक सहभागितामा यज्ञोपवीत तथा रक्षाबन्धन्को विधिपूर्वक वैदिक तथा पौराणिक मन्त्रहरूद्वारा पूजाआजा गरिन्छ।
कपासलाई काँचो धागोमा परिणत गरी धागोबाट बनाइने जनैको त्यान्द्रोलाई किन यति धेरै प्राथमिकता दिइन्छ भन्ने प्रश्न उठाइन्छ र उठाइनु पनि स्वभाविक नै हो तर यसलाई भौतिकताका दृष्टिले हेर्दा यसको महत्ता सोचे जस्तो त्यति कमजोर भने छैन। विभिन्न खालका वैज्ञानिक आधारहरू यसमा समाविष्ट छन्। धार्मिक तथा वैज्ञानिक महत्ताका साथ हेर्ने हो भने यसको गरिमा र महिमा विशाल छ। यहीं विशेषण र विशेषता बोकेको सूत्र मार्फत निर्माण गरिएको जनैले विशेष महत्व राख्दछ। समाजमा रहेका सबै तह र तप्काका हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने अनुयायीहरूलाई रक्षासूत्रले हातमा बाँधी सबैमा एकरुपता र समभाव कायम गरी एकै सूत्रमा बाँध्ने पवित्र पर्व नै जनै पूर्णिमाको उपादेयता सदियौं देखि हाम्रो समाजमा अविच्छिन्न रुपमा अगाडि बढिरहेको छ। यज्ञोपवीतलाई किन यति महत्ता दिइन्छ यसको महनीयताका सम्बन्धमा हाम्रो प्राच्यविधाले धार्मिक र वैज्ञानिक आधारमा कसरी वर्णन गरेका छन् भन्ने विषय बुझ्न जरुरी छ।
यज्ञोपवीतको परिभाषा :-
यज्ञो वै विष्णुः।
यज्ञाख्यः परमात्मा य उच्यते चैव होतृभिः।
उपवीतं ततोSस्येदं तस्माद् यज्ञोपवीतकम् ।।
यज्ञ =यज्ञद्वारा संस्कार गरिएको , पवित्र पारिएको। उपवीत =परिधानीय प्रकार सूत्र विशेष जनै भगवान विष्णुको प्रतीक। अग्निका उपासक होताहरूले यज्ञ पुरुषका रुपमा भगवान विष्णुलाई लिएका छन् भने त्यहीं यज्ञबाट संस्कार गरिएको उपवीत सूत्र विशेषलाई यज्ञोपवीत - जनै भनिएको हो।
सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनात् ।
तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम् ।।
ब्रह्मज्ञान र वेद प्रतिपादित विषयको द्योतक - सूचक जुन सूत्र छ त्यो नै ब्रह्मसूत्र / जनै हो र जसलाई सावित्रीसूत्र पनि भनिन्छ। ऋग् - यजु - साम - अथर्व गरिएका वेद चार र गायत्री मन्त्र चौबीस अक्षरले गुणन गर्दा आउने ९६ संख्याको समूहको समष्टिगत स्वरुप नै जनै हो ।
तिथिर्वारश्च नक्षत्रं तत्ववेदगुणान्वितम्।
कालत्रयं च मासाश्च ब्रह्मसूत्रं हि षण्णवम्।।
तिथि - १५
वार - ७
नक्षत्र - २७
तत्व - २५
वेद - ४
गुण - ३
काल - ३
मास - १२
______
९६
हातको चार औंलाको मूल भागमा एकडोराले युक्त काँचो धागोलाई ९६ फन्का बेर्ने पुन दुई पटक दोब्बर र तेब्बर पार्दा माथिका छयानब्बे नामको उच्चारणका गर्नु पर्दछ। उक्त धागोलाई पुनः तीन डोरामा परिणत गरी बाट्नु पर्ने हुन्छ। यसरी बाटिएको धागोलाई तेब्बर पारी बाट्दा ९ डोराको हुन पुग्दछ। तीन सूतेमा दुई, नौ सुतेमा दुई र दुवैको टुप्पो मिलाई पञ्च शिखा युक्त बनाउनुपर्छ। यी ९ डोरामा ॐकारादि गरिएका नौ वटा देवताहरूको आवाहन पूर्वक पञ्च शिखामा ब्रह्मादि गरिएका देवताहरूलाई न्यास गरिन्छ भने तीनसूते धागोमा ब्रह्मा, विष्णु र शिवको पूजन गर्नुपर्दछ।
जनैको लम्बाईका बारेमा बायाँ काँधदेखि नाभि / नाइटो हुँदै कटि - कम्मर सम्मको हुनु पर्दछ। लामोमा कम्मर भन्दा तल र छोटोमा नाभि भन्दा माथि हुनु हुँदैन।
प्रातः कालीन समयमा यी माथिका प्रक्रियाहरूलाई आत्मसात गर्दै निर्माण गरिएको जनै नै शुद्ध र परिष्कृत हुन पुग्दछ। सबै शक्तिहरूले बास गर्ने परम पवित्र यज्ञोपवीत आफैंमा सिद्ध हुन्छ।
देवताहरूले पनि धारणा गर्ने सर्व शक्तिमान् जनै र डोराको अभिमन्त्रण जनै पूर्णिमाका दिन अरुन्धती सहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, र वशिष्ठ गरिएका सप्त ऋषिहरूको पूजाआजा , रुद्राभीषेक , ऋषिहरूको नाममा श्राद्धतर्पण पूर्वक वंश विस्तारको क्रममा आएका ऋषिहरूलाई स्मरण गरिन्छ। यसरी सिद्ध भएको जनै देवता , गुरु र आफ्ना पितृहरूलाई दान गर्दै आफूले धारणा गरिन्छ।
उपाकर्म :-
गुरुशिष्य परम्परा अनुसार वेद पढ्न सुरु गरिने दिन पनि यहीं हो। उपनीत कुमारले वर्षा ऋतुको पूर्ण तिथिमा ऋषि, छन्द, देवता, सरस्वती, लक्ष्मी, वेदपुरुष, कात्यायन आदिको स्मरण गर्दै वेदाध्ययन प्रक्रियालाई अगाडि बढाउने र पढेका संहितको पुनरावृत्ति गर्नुपर्दछ। जसले मन्त्रमालिन्यताको दोष हटाई मन्त्रहरू सामर्थ्यवान हुन पुग्दछन्।
माथि बताइएका देवताहरूको पूजा गर्दै विभिन्न अनुष्ठान पुरा गरिन्छ। यसरी विधि पूर्वक मन्त्रण गरिएको जनै लगाउनका लागि तयार हुन्छ।
यज्ञोपवीतं परमं पवित्रं
प्रजापतेर्यत् सहजं पुरस्तात् ।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं
यज्ञोपवीतं बलमस्तु तेजः।।
प्रजापतिद्वारा निर्माण गरिएको यज्ञद्वारा पवित्र पारिएको यज्ञोपवीत - जनै धारणा गर्दछु। जसबाट मलाई आयु, विद्या, मेधा, यश, बल आदि गरिएका सामर्थ्यहरू प्राप्तहुन्।
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।
तेन त्वं प्रतिबध्नामि रक्षेमा चलमा चल।।
भगवान वामनले सत्यताका लागि वाणीरुपी ( तीन पाउ जमिनका माध्यमबाट ) बन्धनद्वारा दानवका बलशाली र दानवीर राजा बलिलाई जसरी बाँध्नु भएको थियो । त्यसै गरि यो रक्षासूत्रद्वारा तिमीलाई पनि बाँध्दछु सदा - सर्वदा तिम्रो रक्षा तीनै वामनले गर्नुहुनेछ भन्ने आशीर्वाद ब्राह्मणहरूले दिने गर्दछन्। यसरी विधिपूर्वक लगाइएको जनै चार - चार महिना वा जूठो - सूतक, ग्रहण, देवकार्य, पितृकार्य गर्दा परिवर्तन गर्नुपर्ने हुन्छ।
एतावद्दिनपर्यन्तं यज्ञत्वं धारितं मया ।
जीर्णतत्वाद् परित्यागो गच्छ सूत्र यथा सुखम्।।
जनै लगाउँदा शिरबाट छिराउनु पर्छ भने निकाल्दा पनि शिरोमार्गबाट नै निकाली पवित्र ठाउँमा विसर्जन गर्नु पर्दछ। यज्ञोपवीत द्विजलाई र रक्षाबन्धन सबैलाई बाँध्न सकिन्छ।
नेपाली चाडपर्वहरू खानपिनसँग सम्बन्धित छन्। आफन्तसँगको भेटघाट, भलाकुसारी, अपनत्वको बोध गराउनका लागि यी पर्वहरू कालजयी रहेका छन्। नौथरी गेडागुडी भिजाएर उमारिएको क्वाँटीका विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको छ। यसरी उमारिएको भिटामिन युक्त गेडागुडीले शरीरलाई पौष्टिकता प्रदान गर्दै रोगसँग लड्ने शरीरको आन्तरिक क्षमता बृद्धि गर्ने हुनाले यो पर्व क्वाँटी खाने पर्वका नामले परिचित रहेको छ।
श्रावण महिनामा जंगलमा रहेका जडिबुटीको चरनमा रमेका गाईको गोबरमा औषधीय गुण हुनाले शरीरमा लेपन गर्दा सबै खालका चर्मरोगको निदान हुन पुग्दछ। जुन विधालाई आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिमा अपनाइने गरिन्छ। यज्ञीय समिधाको भष्म, चोखो माटो लेपन गर्नाले पञ्चतत्वबाट प्राप्त हुने आवश्यकीय ऊर्जा शरीरले ग्रहण गर्न पुग्छ। आयुर्वेदका अनुसार महौषधीको रुपमा रहेका कुश, दूबो अपामार्ग / दतिवनको प्रयोगले आरोग्यता प्राप्त गर्न सकिन्छ । सर्वजन हिताय सर्वजन सुखायका रुपमा रहेका चाडपर्व हाम्रा अमूल्य सांस्कृतिकनिधी हुन्। यिनीहरूमा रहेका अति विशिष्ट पक्षको पहिचान र प्रयोग हुनु मानव कल्याणका लागि उत्तम हुन आउने विषयहरू हाम्रा पूर्वजहरूले सांस्कृतिक विरासतका रुपमा हामीलाई छोडेर गएका छन्। यसको संरक्षण र संवर्द्धन गरी महत्वपूर्ण पक्षलाई अगाडि बढाउनु आजको आवश्यकता हो 🙏

साभार

15/07/2023

अधिकमास वारे जानकारी
अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । अधिकमास तथा पौराणिक दृष्टिले पुरुषोत्तम मास, पुरुषोत्तम महिना भनिने यो महिना हरेक ३३ महिनामा पर्दछ । जुन चान्द्रमासमा सूर्यसङ्क्रान्ति हुँदैन, त्यो महिनालाई अधिकमास भनिन्छ । अर्को अर्थमा भन्दा यदि चान्द्रमासको दुवै पक्षमा सूर्य सङ्क्रान्ति हुँदैन अर्थात् सूर्य कुुनै पनि राशिमा प्रवेश गर्दैन भने त्यो सङ्क्रान्तिहीन महिना गणना गर्दा फाल्टु हुन्छ र यही फाल्टु महिनालाई चलनचल्तीको भाषामा अधिकमास, मलमास, पुरुषोत्तममास या पुरुषोत्तम महिना भनिन्छ ।

द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा ।
घटिकानां चतुष्केण पतत्यधिकमासकः ।।

श्लोकानुसार ३२ महिना, १६ दिन र ४ घडीमा अधिकमास पर्छ । हरेक वर्ष सौरमानले सौरवर्षमा ३६५ दिन र चान्द्रमानअनुसार चन्द्रवर्षले ३५४ दिन हुन्छ । यसरी दुवै सौरमान र चन्द्रमान मिलाउँदा एक वर्षमा ११ दिनको फरक पर्छ । यसरी मिलाएर हेर्दा ३ वर्षको अनुपातमा हरेक ३–३ वर्षमा एक महिना बढी हुनजान्छ । सामान्यतया ३२ महिना १६ दिन र ४ घडीमा मलमास पर्छ । ज्योतिष गणितमा प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानिएको छ ।

सधैँ गरिने नित्यकर्म र नगरी नहुने कार्यबाहेक अरू कार्यहरू गर्न निषेध गरिएको छ । निष्काम भावले गरिने सबै कार्यहरू गर्न हुन्छ भने सकाम (कुनै कुराको मनोकामनाले गरेको काम) गर्नहुँदैन भनेर लेखिएको छ । विशेष गरी अग्निकर्म, यज्ञ, मन्दिरमा देवताको प्राणप्रतिष्ठा, कुनै ठूलो दान, व्रतको शुुरुवात, वेदाध्ययन, वृषोत्सर्ग, चूडाकरण, तीर्थयात्रा, विवाह, राज्याभिषेक, घर बनाउने काम, नयाँ सवारीसाधन किन्ने काम, गृहप्रवेश, घरसर्ने आदि कामहरू मलमासमा निषेध गरिएको छ ।

नयाँ दुलहीले वार्ने सम्बन्धमा :-

उद्वाहात्प्रथमे शुचौ यदि वसेद् भर्तुर्गृहे कन्यका
हन्यात्तज्जननीं क्षये निजतनुं ज्येष्ठे पतिज्येष्ठकम् ।
पौषे च श्वशुरं पतिं च मलिने चैत्रै स्वपित्रालये
तिष्ठन्ती पितरं निहन्ति न भयं तेषामभावे भवेत् ।। (मुहूर्तमार्तण्ड)
बिबाह भएको पहिलोपटक नयाँ दुलहीले निम्न अनुसार बार्नु पर्दछ ,
जेष्ठमा जेठाजु भएको ठाउँमा नबस्ने ,
असारमा सासु संग नबस्ने ,
पौषमा ससुरा भएको ठाउँमा नबस्ने ,
मलमास र क्षयमासमा श्रीमान् श्रीमती संगै नबस्ने ,
चैतमा माईतमा नबस्ने शास्त्रीय मान्यता रहिआएको छ ।
विशेषगरी अधिकमासको समयमा ग्रह बल मलिनहुने र तेज हिन हुने भएकोले यस समयमा पहिलो बर्ष श्रीमान श्रीमती संगै बस्नु, सम्बन्ध राख्नु ,गर्भधारण गराउनु शुभ मानिंदैन। यो समय विशेषगरी मैथुनका लागि त्याज्य समय हो । तसर्थ पहिलोपटक मात्रै नभई कुनैपनी समयका दम्पतीहरुले यस समयमा गर्भ धारण गराउनु हुंदैन ।
समाजमा सोध्ने गर्नुहुन्छ कतिदिन लुक्नु पर्छ गुरु भनेर अब प्रमाणले आंफै बुझ्नुपर्छ ।
धर्म शास्त्र अनुसार हिरण्य कश्यपलाई मुक्ति दिन श्रीहरिले रचना गर्नुभएको अधिकमास फलदायी नभएकोले र आफ्नो स्वामी नभएकोले दुखित अधिक मासले स्वयं श्रीहरीको उपासना र आराधना गरि भगवान बाटै मासका मास पुरुषोत्तम हुनु भनेर वरदान प्राप्त गरेकोले पुरुषोत्तम भगवानको आराधना ,जप,साधना र सिद्धिका लागि भने पुरुषोत्तम मास पवित्र मनिन्छन् ।
अस्तु शुभ मङलम्🙏🙏

असार १४ गते विहिवार हरिशयनी एकादशी व्रत!असार १४ गतेदेखि नै चतुर्मास व्रत आरम्भ पनि हुंदैछ।   🙏🙏तुलसी रोप्ने दिन🙏🙏तु - को...
29/06/2023

असार १४ गते विहिवार हरिशयनी एकादशी व्रत!
असार १४ गतेदेखि नै चतुर्मास व्रत आरम्भ पनि हुंदैछ।
🙏🙏तुलसी रोप्ने दिन🙏🙏
तु - को अर्थ तुरीय अवस्था ज्ञानको प्रतीक (राम)..
ल - को अर्थ लकारादि लक्ष्मण वैराग्यको प्रतीक
पञ्चतत्वको (शरीर)..
सी - को अर्थ मानव हृदय भावनाको प्रतीक
भक्ति (सीता)..
त्यसैले 'तुलसी' को शाब्दिक विश्लेषण हुन आउँछ - ज्ञान, वैराग्य,
भक्ति र भक्तिको प्रतीक मानव जीवन। ज्ञान,वैराग्य र भक्तिको केन्द्रबिन्दु मानव जीवनले प्राप्त गरेको विज्ञान समर्पण भावमा परिणत गराई सहिरूपमा प्रयोगको अर्थ नै 'तुलसी' को शाब्दिक अर्थ हुन आउंछ। शास्त्र अनुसार तुलसीका प्रसिद्ध आठ नामहरू
वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी हुन्। प्रत्येक नामका पछाडि नामले दिने अर्थ पनि रहेको छ जसमध्ये विश्वपूजिता र विश्वपावनीको अर्थ हुन्छ- सबैबाट पूजित र सबैको लागि हितकारी वनस्पतिमध्ये तुलसी, श्रीखण्ड, कुश, आदिको वर्णन स्वयं देवताहरू पनि गर्न सक्तैनन्। आयुर्वेद विज्ञानमा पनि यो वनस्पतिको विशिष्ट स्थान रहेको छ। भारतीय उपमहाद्दिपमा यसको दुई प्रजाति उल्लेख्य रहेको छ - (राम र श्याम) यी दुई मध्ये राम हरियो र ठूलो पात भएको हुन्छ र श्याम हलुका कालो रङ्गको हुन्छ। दुवै प्रजातिलाई भगवान विष्णुको अर्धाङ्गिनि महालक्ष्मीको रूपमा पुजिने भएता पनि श्याम तुलसीलाई विशिष्ट मानिन्छ। चिकित्सामा तुलसी चिकित्सकहरूका अनुसार तुलसीमा सयौं रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बिऊ सबै उत्तिकै महत्त्व का छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ। मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नु अघि पनि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ। तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीको सुगन्धले शुद्ध पार्छ।🙏 ॐ हरिहराय नम: ।। 🙏

नयाँ वर्ष २०८० को शुभकामना ! कालिका पूजा सामग्री भण्डार तथा ढकाल ज्योतिष परामर्श सेवा #( Deependra , महेन्द्र , Deependr...
13/04/2023

नयाँ वर्ष २०८० को शुभकामना !
कालिका पूजा सामग्री भण्डार तथा ढकाल ज्योतिष परामर्श सेवा
#( Deependra , महेन्द्र , Deependra Mahendra )

🌹🌹🌹२०८० सालको मेषादि सङ्क्रान्ति फल🌹🌹🌹कालिका पूजा सामग्री भण्डार  तथा ढकाल ज्योतिष परामर्श सेवा  पोखरा-११,फूलबारी-भाष्कर...
21/03/2023

🌹🌹🌹२०८० सालको मेषादि सङ्क्रान्ति फल🌹🌹🌹
कालिका पूजा सामग्री भण्डार तथा ढकाल ज्योतिष परामर्श सेवा पोखरा-११,फूलबारी-भाष्कर स्कुल अगाडि

Address

Fulbari
Pokhra

Telephone

+9779856071444

Website

Alerts

Be the first to know and let us send you an email when ढकाल ज्योतिष परामर्श सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share