24/09/2026
मिति: २०८३।०६।०८
आदरणीय अभिभावक, शिक्षक तथा कर्मचारीज्यूहरू,
विषय: विद्यालय बन्द रहने सम्बन्धमा।
उपर्युक्त विषयमा यही मिति २०८३ साल असोज ८, ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारी वर्षादेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावा हुरी र चट्याङ पर्ने सम्भावना रहेको र गण्डकी प्रदेश पनि अति जोखिममा रहेको जानकारी जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरुबाट पूर्वानुमान भएको र यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, हिम पहिरो, सडक अवरोध तथा विद्युत र सञ्चार सेवा अवरोध हुने जोखिम रहेको हुँदा यस्तो अवस्थामा पूर्व तयारी गरी सावधानी अपनाउनु अपरिहार्य छ।
तसर्थ शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको निर्देशनलाई मध्यनजर गर्दै मिति २०८३ असोज ८ र ९ गते विद्यालय बिदा हुने जानकारी गराइन्छ । साथै २०८३ साल असोज १० र ११ गते शनिवार तथा आइतवार बिदा हुने भएकोले २०८३ साल असोज १२ गते सोमवारदेखि विद्यालय यथावत् सञ्चालन हुनेछ ।
धन्यवाद !
विद्यालय प्रशासान