21/02/2026
२५ औं आहा-रारा पोखरा गोल्ड कप २०८२ को फाइनल खेल हेर्दै खेल प्रेमी विद्यार्थीहरू ।
Here is the facility for study Geometic in Survey Engineering.
which is provided in a peaceful and quiet environment with highly qualified teachers and Scholarship for deserving candidate for....
21/02/2026
२५ औं आहा-रारा पोखरा गोल्ड कप २०८२ को फाइनल खेल हेर्दै खेल प्रेमी विद्यार्थीहरू ।
19/02/2026
एक दिने शैक्षिक भ्रमण अन्तर्गत कक्षा ११ का विद्यार्थीहरू बन्दिपुरकाे हाेमेस्टेकाे बसाइपछि विभिन्न स्थानकाे अवलोकन गर्ने क्रममा ।
17/02/2026
२०८३ साल बैशाखमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका ।
29/01/2026
हार्दिक निमन्त्रणा!!!
श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरुको प्रतिभा, क्षमता र कलालाई सबै समक्ष प्रदर्शन गराउनका लागि यही माघ १६ गते (शुक्रबार ) बृहत् शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा फुड फेस्टिबल-२०८२ सञ्चालन गर्न गइरहेको हुँदा हाम्रा आदरणीय अभिभावक, भूपू विद्यार्थी र शुभचिन्तकहरुलाई निम्न मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति : २०८२/१०/१६ गते
स्थान : विद्यालय प्राङ्गण
समय : बिहान १० बजे देखि ४ बजे सम्म
23/01/2026
सरस्वती पूजा विशेष ।
23/01/2026
ज्ञान, बुद्धि र संस्कारकी देवी सरस्वतीको कृपाले सबै विद्यार्थी उज्यालो भविष्यतर्फ अघि बढून्।
सरस्वती पूजा २०८२
12/01/2026
Some Glipses of Grade XI /XII Second terminal examination -2082 for Science and Management
09/01/2026
“Learning beyond the classroom 📚🌄
Pokhara Valley outing with our enthusiastic Class 5 & 6 students — a day full of joy, learning, Smile and memories!”
Special thanks to our School Management Committee member Mr. Parkash Bastola Sir for his generous support , love and for making free entry tickets possible at various destinations
परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
कक्षा १२ मा २०८२ सालमा सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र आंशिक (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७९ (अन्तिम पटक), ८० र ८१) भएका परीक्षार्थीहरूको लागि मात्र भएको हुनाले मिति २०८२।०९।३० गते भित्र परीक्षा आवेदन फाराम कालो मसीले भरी यसै विद्यालय मा बुझाउनका लागि जानकारी गराइन्छ ।
समयमा फाराम नभरी परीक्षा दिनबाट बन्चित भएमा विद्यालय जवाफदेही हुने छैन र विद्यार्थी स्वयम् जवाफदेही हुनुपर्नेछ ।
नियमित परीक्षार्थीका लागि
१. पासपोर्ट साइजको फोटी ३ प्रति (दुवै कान देखिने) ।
२. परिक्षा शुल्क भुक्तानी गरेको रसिद ।
३. कक्षा ११ को वार्षिक परीक्षाको लब्धाङ्ग पत्रको प्रतिलिपि ।
आंशिक/ग्रेडवृद्धि परीक्षार्थीका लागि
४. पासपोर्ट साइजको फोटो २ प्रति (दुबै कान देखिने) ।
५. परीक्षा शुल्क भुक्तानी गरेको रसिद ।
६. अनुत्तीर्ण भएको लब्धाङ्ग पत्रको प्रतिलिपि ।
29/12/2025
📢 सूचना
कक्षा १२ को नियमित, ग्रेडवृद्धि तथा आंशिक बोर्ड परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी !
राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा २०८३ साल बैशाख महिनामा सञ्चालन हुने कक्षा १२ को नियमित, ग्रेडवृद्धि तथा आंशिक बोर्ड परीक्षा मा यस स्कुल बाट सहभागी हुने विद्यार्थीहरूले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी तोकिएको मितिभित्र परीक्षा आवेदन फाराम भरी स्कुलको परीक्षा शाखामा बुझाउनुहुन अनुरोध गरिन्छ।
आवश्यक प्रक्रिया पूरा नभएको परीक्षा फाराम स्वीकार गरिने छैन
🗓 आवेदन फाराम बुझाउने मिति:
▪️ २०८२/०९/१२ देखि २०८२/०९/२८ सम्म
📌 परीक्षा आवेदन फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू:
🔹 नियमित विद्यार्थीहरूका लागि:
• कक्षा ११ को ग्रेड–शीटको प्रतिलिपि
• हालसालै खिचिएको २ प्रति पासपोर्ट साइज फोटो (स्कुल युनिफर्ममा)
• परीक्षा दस्तुर NEB को नियमानुसार लाग्ने
🔹 ग्रेडवृद्धि / आंशिक विद्यार्थीहरूका लागि:
• रजिस्ट्रेशन नम्बर ७९, ८० र ८१ बाट सुरु भएका विद्यार्थीहरू मात्र
• NG वा सोभन्दा तलको ग्रेड प्राप्त गरेका विषयहरूमा मात्र आवेदन गर्न पाइने
• सम्बन्धित ग्रेड–शीटको प्रतिलिपि अनिवार्य
• हालसालै खिचिएको २ प्रति पासपोर्ट साइज फोटो
• परीक्षा दस्तुर NEB को नियमानुसार लाग्ने