20/06/2026
कक्षा १२ काे पुनः परीक्षा समय तालिका तथा फाराम भर्ने सम्बन्धि सुचना!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Vindhya Vasini Secondary School Batulechaur, School, Pokhara.
Shree Vindhya Vasini Secondary School is a community school located in Pokhara - 16, Batulechour,Kaski,Gandaki province near Mahendra Cave and Chamere Cave.Motto of this school is ' Discipline and Dedication for Quality Education'.
20/06/2026
कक्षा १२ काे पुनः परीक्षा समय तालिका तथा फाराम भर्ने सम्बन्धि सुचना!
19/06/2026
सट्टा प्रा वि शिक्षक काे परीक्षामा उपस्थित हुने बारे!
19/06/2026
Heartiest congratulations dear students on your NEB results. Your hard work, dedication, and perseverance have paid off. We are proud of your achievement and wish you continued success in your future studies and career.
🌟 Congratulations and Best Wishes for a Bright Future! 🌟
19/06/2026
हार्दिक बधाई!
राष्ट्रिय परीक्षा बोर्ड( NEB) ले आज प्रकाशित कक्षा १२ काे अन्तिम परीक्षा (SLCE) मा १३१जना परीक्षार्थी मा ३.८६ अञ्जली राना (विज्ञान) ले उच्चतम GPA सहित ९३.८९% बिद्यार्थीले उत्कृष्ट GPA ल्याई उत्तीर्ण हुनुहुने सम्पूर्णलाई हार्दिक बधाई तथा समिज्ज्वल भविष्यको कामना! यस सफलता हासिल गराउन अहोरात्र खटनुहुने शिक्षक कर्मचारी, सहयोग गर्नुहुने अभिभावक ,वि व्य स,शी अ सं लगायत शुभचिन्तक सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछौं।
प्राप्त नतिजा अनुसार
३.६-३.८६ ल्याउने १५ जना
३.२-३.६ ल्याउने ६४ जना
२.८-३.२ ल्याउने ३९ जना
२.४-२.८ ल्याउने ५ जना
NG ७ जना
अनुपस्थित १ जना
17/06/2026
सामाजिक सञ्जालको दुरुपयोग विषयक वक्तृत्व प्रतियोगिता सम्पन्न
विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरको बाल क्लबद्वारा आयोजित "सामाजिक सञ्जालको दुरुपयोग" विषयक वक्तृत्व प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा १८ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो।
🏆 नतिजा:
🥇 प्रनिसा लम्साल – प्रथम
🥈 प्रमिसा मानन्धर – द्वितीय
🥉 सोमप्रसाद थारु – तृतीय
🎖️ सुमि गुरुङ – सान्त्वना
विजयी विद्यार्थीहरूलाई हार्दिक बधाई! साथै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुति तथा सिर्जनशीलताको विद्यालय परिवार उच्च सम्मान गर्दछ।
कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्य ले सामाजिक सञ्जालको सही, सुरक्षित र जिम्मेवार प्रयोग गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई सकारात्मक रूपमा यसको सदुपयोग गर्न प्रेरित गर्नुभयो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण आयोजक, निर्णायक, शिक्षक–शिक्षिका तथा सहभागी विद्यार्थीहरूमा हार्दिक धन्यवाद।
– विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौर, पोखरा
16/06/2026
शिक्षक तथा कर्मचारी आबस्यकता!
16/06/2026
जन्मदिनको हार्दिक मङगलमय शुभकामना अग्रिम!
हाम्रो अभियानलाई साथ दिँदै हिजो असर १ गते आफ्नो जन्म दिनको अवसरमा विद्यालयकाे कक्षा ९ ' सि ' मा अध्ययनरत मेधावी बिद्यार्थी यस वर्षको SCHOOL CAPTAIN अग्रिम अधिकारीबाट हाम्राे विद्यालयकाे पुस्तकालयलाई नयाँ पुस्तक उपहार प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद सहित जन्म दिनको पावन अवसरमा सुस्वास्थ्य ,दीर्घायु,तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
14/06/2026
३१जेठ २०८३
आज विद्यालयमा करिब ११सय अभिभावक उपस्थिती भएको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको सदस्यमा शिवराज देवकोटा, रोहण थापा,विमला अधिकारी र सम्झना थापा निर्विरोध रुपमा निर्वाचित हुनुभएको मा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। यस कार्यमा सहयोग गर्नुहुने शिक्षा अधिकृत जीवन प्रसाद रेग्मी ज्यू ,वार्ड अध्यक्ष अमृत शर्मा तिमिल्सिना ज्यू तथा अभिभावक ज्यू हरू लाई विशेष धन्न्याद! साथै यस कार्यमा सहयोग गर्नु हुने सल्लाहकार ज्यू ,पूर्व अध्यक्ष ज्यूहरू,शिक्षा समिति सदस्य ज्यूहरु, निवर्तमान वि व्य स अध्यक्ष एवं सदस्य ज्यूहरू, शी अ सं अध्यक्ष एवं सदस्य ज्यूहरु ,सहकर्मी शिक्षक कर्मचारी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद!
-प्रधानाध्यापक
13/06/2026
जरुरी सूचना!
आदरणीय अभिभावक ज्यूहरु!
भोलि जेठ ३१ गते आइतबार बिहान १० बजे विद्यालय व्यवस्थापन समिति पुनर्गठन का लागि अभिभावक भेलामा उपस्थितिका लागि यहाँहरु लाई अनुरोध सहितको पत्र पठाई सकिएको छ! पत्र प्राप्त नभएमा यसैलाई निमन्त्रणा मानी अनिबार्य उपस्थित हुनु हुन हार्दिक अनुरोध गरिन्छ!
13/06/2026
२०८३, जेष्ठ २९
हार्दिक शुभकामना पुनम मिस!
हाम्रो विद्यालयमा २०७१ साल देखिअध्यापरत कुशल बहुप्रतिभाशाली अङ्ग्रेजी विषय शिक्षक पुनम शर्मालाई शिक्षक कर्मचारी स्टाफ बैठक पश्चात् वहाँले विद्यालयमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै विद्यालयकाे तर्फ बाट सम्मान गर्ने कार्यक्रम सम्पन्न गरियो।भावी जीवन अझ सफल र सुखमय रहोस् हार्दिक शुभकामना पुनम मिस !
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |