श्री ज्ञानाेदय आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका

श्री ज्ञानाेदय आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका

Share

school

Photos from श्री ज्ञानाेदय आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका's post 23/03/2025

हाम्रो विद्यालय श्री ज्ञानोदय आधारभूत विद्यालय साबिक गा वि स लुम्ले बाट हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुँदै आज अन्नपूर्ण गाउपालिकालेले राखेको हाजिरी जवाफ कार्यक्रममा आफूलाई अब्बल मान्दै धेरै अङकको अन्तरालमा प्रथम हुन् सफल प्यारा भाइ बैनीहरु क्रमस सौजन सुनार, कञ्चन वि क,र कुशल नेपालीलाई हार्दिक बधाई साथै अहोरात्र खटेर राम्रो नतिजा ल्याउन महत्वपूर्ण सहयोग गर्ने आदरणीय शिक्षक साथीहरु आदरणीय अभिभाबक बि व्य स अध्यक्ष शिक्षक अभिभावक अध्यक्ष लगायत सम्पूर्ण समितिलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। यसरी नै सबैको साथ सहयोग मिलेमा शिक्षण र अन्य कार्यक्रम मा सफलता ल्याउन सकिन्छ भन्दै पुन हार्दिक बधाइ ❤️❤️❤️❤️🙏🙏🙏🙏

04/09/2024

Our school family

Photos from श्री ज्ञानाेदय आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका's post 30/08/2024

पन्च वार्षिय बिधालय सुधार निर्माण कार्यशाला २०८१ तथा अभिभाबक भेला कार्यक्रम अभिभावक सङको अध्यक्ष श्री आस्था छेत्रीको अध्यक्षतामा सप्पन्न भएको छ यो कार्यक्रममा सुझाब सर सल्लाह दिने आदरणीय अभिभावक सबैलाई हार्दिक धन्यबाद।

13/08/2024

श्री ज्ञानोदय आधारभूत बिधालयका सस्थापक हाल यस बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष, सामाजिक, शैक्षिक सहयोगी,बौद्धिक ब्याक्तित्व आदरणीय दाजु गौरी प्रसाद सुबेदिलाई जन्म दिनको हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछु।🎉🎉🎉🎉❤️❤️❤️👑👑👑🙏🙏🙏

Photos from श्री ज्ञानाेदय आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका's post 07/08/2024

अन्नपूर्ण गाउँ पालिका समन्वय तथा गुड नेवर्स इन्टरनेसनल को आर्थिक तथा प्राबिधिक सहयोग नौलो घुम्ती नेपालको आयोजनामा झोला,स्टेसनरी सामाग्री र डेर्स वितरण कार्यक्रम २०८१/०४/२३ गते
श्री ज्ञानोदय आधारभुतत बिधालय
अन्नपूर्ण गाउपालिका-६,हाइजुङ कास्की ।

Photos from श्री ज्ञानाेदय आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका's post 26/06/2024

आज बर्से बिदाको अन्तिम दिन अन्नपूर्ण गा पाको शैक्षिक पात्रो अनुसार प्रथम त्रैमासिक परिक्षाको नतिजा ,अभिभाबक भेला,गत शैक्षिक सत्र २०८० को पुरस्कार बितरण,छात्राबृत्ति बितरण कार्यक्रम गरेर बिदा गरियो।
१.बिधालय ब्यबस्थापन समितिका अध्यक्ष श्री गौरी प्रसाद सुबेदिको अध्यक्षतामा सम्पन्न।
२.प्रमुख अतिथि कार्यपालिका सदस्य सिमा क्षेत्री र भू पू अध्यक्ष श्री राजन राई लगायत अभिभावक को उपस्थिति।
३.प्रमूख अतिथिबाट बिधालयको छाना मर्मत मा आफुले आउने रकमबाट पनि सहयोग गर्ने प्रतिबद्धता साथै बिधालय प्रथमहुनेलाई नगद सहयोग।
४.सबै मिलेर सहयोग गरौ हामि सहयोग गर्नमा तयार भएको भू पू अध्यक्ष श्री राजन राईबाट आफ्नो मन्तब्य।
५.अबिरल पानी परेको हुनाले आदरणीय अभिभाबक लगायत बिद्यार्थीको उपस्थिति कमि।
६.मन्तब्यमा कार्यक्रम सन्चालक सरस्वती मेडम शिक्षक अभिभावक अध्यक्ष श्री आस्था क्षेत्रि स्वागतमा कमल सर । जय ज्ञानोदय।❤️❤️❤️

01/06/2024

यस ज्ञानोदय आधारभुत विध्धालयका प्रधानाध्यापक शालिनता र धैरताका प्रतिमुर्ति आदरणीय श्री चन्द्र चापागाइ सर जन्मदिनको सुखद अवसरमा सुस्वास्थ्य दिर्घायु र प्राज्ञिक उन्नयको हार्दिक शुभकामना !

13/04/2024
Photos from श्री ज्ञानाेदय आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका's post 12/04/2024

आज यश बर्षको अन्तिम दिन शिक्षा र स्वास्थ बिसयमा दुइवटा कार्यक्रम श्री ज्ञानोदयआ बिमा बि. ब्य स .पहिलो बैठकको अध्यक्ष श्री गौरी प्रसाद सुबेदीको अध्यक्षतामा बसि बिबिध कार्यक्रम
1,निबर्तमान अध्यक्ष श्री खड्क ब.पुन बाट आफ्नो 8 बर्स कार्यकालको समीक्षा शिक्षक स्टाफलाई मायाको चिनो राम्रो खाले डायरी र कलम प्रदान सदैब बिधालयले स्मरण गर्ने।
2, कूल ब सेती नेपालीका अक्षय कोष दाताको तर्फ देखि आदरणीय पर्यटन ब्यबसाही शिक्षा प्रेमी खिम नेपाली ज्युबाट बिधालयमा 20000 हजार प्रदान सदैब बिधालय प्रती सकारात्मक अझै सहयोग गर्ने प्रतिबद्धता ।
3,नबबर्स 2081 को शुभकामना सहित कार्ड आदान प्रदान।
4,अध्यक्ष श्री गौरी प्रसाद सुबेदिबाट हाइजुङ बासिले बिद्यालयलेअबिर र माला लगाएको दिन आफ्नो कार्यकालमा सबै सग मिलेर जुनसुकै मूल्य चुकाएर पनि बिधालयको चौतर्फि बिकास गर्न प्रतिबद्धता।
5 आयुर्वेद स्वास्थ्य सेबा केन्द्रमा लुम्लेमा खोप समन्दी गोस्टि र नबर्स2081 को शुभकामना आदान प्रदान कार्यक्रम।
यसको साथसाथै 2080 सालमा कसैलाई जानी नजानी कुनै गल्ती गरिरहेको भए क्षमा प्रार्थी छु साथै नबबर्स 2081 को म मेरो तर्फ देखि र बिधालयको तर्फदेखि हार्दिक मङलामय शुभकामना ब्यक्त गर्दछु। जय ज्ञानोदय!

02/04/2024

अन्नपूर्ण गाउपालिकामा वडा न ६ मा रहेको श्री ज्ञानोदय आधारभूत बिधालयमा आज मिति २०८०/१२/२० गते अभिभावक भेलाबाट सर्बसम्मत रुपामा निम्न ब्यक्तिहरु बिधालय ब्यबस्थापन समितिमा चयन हुनु भएकोले हार्दिक बधाइ साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।
अध्यक्ष श्री गौरी प्रसाद सुवेदी।
सदस्य श्री सुनिता परियार।
सदस्य श्री बेलमती बि क
सदस्य श्री उर्मिला नेपाली
सदस्य श्री चिनमाया पून
सदस्य श्री कमला बि क
वडा प्रतिनिधि श्री सिमा छेत्री
शिक्षक प्रतिनिधि श्री सरस्वती सुवेदी
सदस्य सचिब श्री चन्द्रदत्त चपागाई
शिक्षक अभिभावक सघ अध्यक्ष श्री आस्था छेत्री
सद्स्य सिता राई
सद्स्य श्री दिलमाया बि क
अरु मनोनित हुन बाकी
यश समितिलाई सहयोग पुर्याउने यश वडाका अध्यक्ष श्री एकदेब देबकोटा , शिक्षा अधिकृत बलाराम भुगाइ सर अत्यन्त भूमिका खेल्ने आदरणीय अम्बर ब दाइ राजन राई प्रति हार्दिक नमन ब्यक्त गर्दै यश बिधालयलाई अग्रगतिमा लैजान सबैको हातेमालो गर्दै अगाडि बढ्ने कुरामा प्रतिबद्धता गर्न चाहान्छौ।

Photos from श्री ज्ञानाेदय आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका's post 01/03/2024

श्री ज्ञानोदय आदारभूत बिधालयमा आज आदरणीय अभिभावकहरुसग समग्र पढाइ लगायत आगामी शैक्षिक सत्रको बारेमा छलफल।

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara