24/09/2026
शिक्षा विकास तथा समन्वय एकाइको निर्देशानुसार २०८३ असोज ८ र ९ गते नेपालका विभिन्न स्थानमा भारी वर्षा देखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी तथा चट्यान पर्ने सम्भावना रहेको र गण्डकी प्रदेश पनि अति जोखिममा रहेको जानकारी जल तथा मौसम विभाग, राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञबाट पूर्वअनुमान भएको हुँदा मिति २०८३ असोज ८ र ९ गतेको नियमित पठनपाठन नहुने जानकारी सम्पूर्ण अभिभावकज्यूहरूमा जानकारी गराइन्छ। उक्त बिदालाई पछिको सार्बजनिक बिदामा समायोजन गरिने छ।