Dhurba Raj Adhikari / ध्रुव राज अधिकारी

Dhurba Raj Adhikari / ध्रुव राज अधिकारी

Share

I am Mathematics Teacher /Tutor of Secondary Level and I live in Pokhara. For details you can contac https://www.youtube.com/c/KaskiRupakot

Namaste Pay 20/07/2022

DHURBA RAJ ADHIKARI has invited you to join Namaste Pay. To accept the invitation and register click http://onelink.to/8dgufr .Use (30RJYR5Q) in referral code option while registering in Namaste Pay to get 25 on your Namaste Paisa Wallet.
यो लिंक बाट Namaste Pay app download गरी referral code 30RJYR5Q राखी अकाउन्ट बनाउनु र 25 रुपियाँ पाउनुहोस, यदि code नराखेमा पैसा आउँदैन है।

Namaste Pay

Photos from Dhurba Raj Adhikari / ध्रुव राज अधिकारी's post 08/07/2022

Math's Question of First Term Exam of class 10 - NPABSAN KASKI

27/04/2022

बालबच्चालाई कसरी अनुशासित बनाउने?
तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के गर्नुहुन्छ ? जब बच्चा गृहकार्य गर्न वा पढ्नको सट्टा खेल्नमात्र खोज्छ र कुनै दिन स्कुलमा शिक्षकको पिटाइ पनि खान्छ भन्ने सुन्नुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ ? कहिले खान नमानेर, कुनै चिज मागेर र अझ कहिले त अरू बच्चासँंग झगडा गरेर दिक्क बनाएको बेला उसलाई अनुशासनमा राख्न तपाईंले अनेक उपाय लगाउने गर्नुभएकै होला ।

बच्चाले भनेको किन मान्दैन भन्ने सोच्नुभएको छ ? एक–दुई वर्षसम्म बच्चा तपाईंसंँग निर्भर हुने गथ्र्याे । उमेर बढ्दै गएपछि उसको आफ्नोपन बढ्दै जान्छ, अनि स्वतन्त्रतामा आनन्दित र अझ बढी सुरक्षित महसुस गर्न थाल्छ । केही हदसम्म उसमा विद्रोही भावना पनि आइसकेको हुन्छ । अझ महत्त्वपूर्ण कुरा त ऊ आफ्नो संवेगलाई नियन्त्रण गर्न बल्ल सिक्न थालेको हुन्छ । त्यसका लागि समय लाग्छ र निरन्तर अभ्यास पनि चाहिन्छ ।

बच्चाले भनेको नमान्दा हामीलाई रिस उठ्न सक्छ । कहिलेकाहीं त हामी रिस नियन्त्रण गर्न सक्दैनौं र बच्चालाई सजाय दिन्छौं । यो राम्रो हैन भन्ने हामीलाई थाहा छ । के गर्न सक्छौं त यस्ता जिद्दी बच्चालाई ? अनुशासन भनेको बच्चालाई नियन्त्रणमा राख्नु हैन, बरु बच्चाले आफैंलाई नियन्त्रणमा राख्न सिक्नु हो । पहिलो कुरा त हामीले यस्तो किन भएको हो भन्ने बुझ्नुपर्‍यो । उदाहरणका लागि बच्चालाई खाना खान बोलाउनुभयो, तर ऊ आउनै मान्दैन । जबर्जस्ती तानेर वा गाली गरेर ल्याउनुभयो भने ऊ रुन्छ ।

एक पटक आफूलाई उसको ठाउँमा राखेर हेर्नुस् त । ऊ खेलिरहेको छ र उसलाई त्यो कुरा मन परिरहेको छ । तपाईं ऊ खेलिरहेको ठाउँमा गएर माया गरेर अँगालो मार्नुस् र भन्नुस् कि ‘तिमीलाई खेल्न मज्जा आइरहेको मलाई थाहा छ, तर खाना तयार छ, सेलाउँछ, पहिला खान खाऊ अनि खेल्ने, बरु म पनि सँंगै खेल्छु ।’ यसो गर्दा उसले खेल्न नपाउनुको कारण तपाईंलाई ठान्दैन । बरु तपाईं उसको पक्षमा हुनुहुन्छ भन्ने सोच्छ । उसलाई नरिसाइकनै खेल्न छुटाउनुहोस् र खाना खाने टेबलमा भने अवश्य ल्याउनुहोस् । दोस्रो तरिका भनेको कुनै पनि कुराको निश्चित सीमा तोकिदिनु हो ।

बच्चालाई कुन कुरा गर्नुपर्छ र कुन कुरा कुनै हालतमा गर्नुहुन्न भन्ने थाहा दिनुपर्छ । वास्तवमा उनीहरूलाइ यस्तो सीमारेखा तोकिदिएको मन पनि पर्छ । उदाहरणका लागि सडकमा बाटो काट्दा उसले तपाईंको हात समात्नैपर्छ भन्नुहोस् । उसको साथीले खेलौना खोसिदियो भने पिटेर लिने हैन, मेरो खेलौना देऊ भनेर मागेर लिनपर्छ भन्नुहोस् । उसको एकदमै मनपर्ने खेलौना उसलाई जतिखेर पनि चाहिन्छ भने खास–खास बेलामात्र लिन पाउने नियम बनाएर पालना गराउनुहोस्, नकि रिसाएर खोसिदिने । कहिलेकाहीं उनीहरूलाई सीमा तोकिदिए वा नियम बनाए अनुसार पालना गराउन सकिँदैन । यस्तो बेला कुनै समाधान खोज्नुपर्छ । जस्तै– तपाईंको चार वर्षको छोरोले एक वर्षकी छोरीलाई जति गरे पनि पिट्न छोडेन ।

सम्भवत: ऊ बहिनीको कारण आफूले आमाको समय नपाएर बहिनीलाई पिट्दैछ होला । उसलाई बहिनीलाई खुवाउने वा कपडा लगाइदिने काममा आफूसंँगै संलग्न गराउन सक्नुहुन्छ । अनि सकेसम्म उसका लागि पनि विशेष समय निकाल्नुपर्ने हुन्छ । बच्चालाई अनुशासनमा राख्ने अर्को तरिका भनेको राम्रो व्यवहारलाई प्रोत्साहन गर्नु हो । तपाईंले उसले नराम्रो गरेको बेलामात्र समात्ने नगरेर केही राम्रो गरेको कुरा याद गरेर त्यसका लागि स्याबासी दिने गर्नुभएको छ भने उसले राम्रो बानीलाई अंँगाल्न थाल्छ । जस्तो कि उसले साथीलाई केही कुरा दिइरहेको देख्नुभयो भने यसरी नै मिलेर खेल्नुपर्छ है भन्नुस् । ऊ खेलौना साटासाट गर्न झन् खुसी हुनथाल्छ ।

त्यस्तै बच्चाले कुनै गल्ती गरेको बेला ऊ आफै नराम्रो मानिरहेको हुन्छ । यस्तो बेला उसलाई तुरुन्तै गाली नगर्नुस् । बरु शान्त भएर रिस उठेको बेला के गर्नुपर्छ भन्ने उदाहरण देखाउनुहोस् । सजाय दिँदा केही बेरका लागि डराएर पनि उसले राम्रो गरेजस्तो देखाउला वा नराम्रो नगर्ला । तर बच्चाले मनपरेर वा आफूलाई खुसी लाग्ने भएकोले कुनै कुरा गर्छ भने त्यो दिगो हुन्छ । हाम्रो प्रयास बच्चालाई सकारात्मक व्यवहार प्रोत्साहन गर्नेतिरै केन्द्रित हुनुपर्छ ।

जब हामी बच्चालाई आफै केही कुरा रोज्ने वा आफ्नो इच्छाले कुनै राम्रो काम गर्ने अवसर दिन्छौं, उसले आफ्नो नियन्त्रित वातावरणमा केही आफ्नोपन वा स्वतन्त्रता महसुस गर्न पाउँछ । जस्तै– बच्चाले कोठाभित्रै बल खेलेर टिभी भएतिर हान्दैछ भने कोठामा बल नखेल भन्नुको सट्टा बाहिर गएर एकछिन सँंगै खेलिदिनुस् । अनि उसले बल खेल्न बाहिर जानुपर्छ भन्ने सिक्छ । कहिलेकाहीं उसलाई जित्न पनि छोडिदिनुपर्छ । जस्तो कि कुनै दिन उसले रातो ट्राउजरसंँग निलो धर्का भएको सेतो टिसर्ट नै लगाउन झगडा गर्दैछ भने लगाउन दिनुहोस् । कुन कुरामा कडाइ गर्ने र कुन कुरा स्वतनत्र छोडिदिने भन्ने विचार गर्नुपर्छ । अनुशासन सिकाउँदै गर्दा बच्चाको उमेर र उसको क्षमता सधंै मनन गर्नुपर्छ ।

बच्चालाई कुनै सीप सिक्न समय लाग्छ र तपाईंको अलिकति मिहिनेत पनि । जथाभावी दिसापिसाब गर्‍यो भनेर रिसाउनु वा गाली गर्नुभन्दा उसलाई सही समयमा सही तरिकाले ट्वाइलेट जान अभ्यस्त गराउनुपर्छ । तपाईंले बच्चाले भनेको मानेन भन्ने सोचेको कुरा कतै उसले सिकेकै पो छैन कि ? अनुशासन भनेको बच्चालाई नियन्त्रणमा राख्नु हैन, बरु बच्चाले आफैलाई नियन्त्रणमा राख्न सिक्नु हो । फेरि बच्चाको समय र हाम्रो समय एउटै हैन । उसले सोच्ने तरिका र हामीले सोच्ने तरिका पनि एउटै नहुन सक्छ । उसलाई समय दिनुपर्छ, माया गरेर ढाडस दिँदै सिकाउनुपर्छ र जिद्दी गर्दैमा सबै कुरा पाइन्छ भन्ने सोचाइ आउनबाट पनि बचाउनुपर्छ ।

डा. दिनेश धरेलले लेख्नु भएको लेखलाई बालबालिकाका लागि अत्यन्त उपयोगी हुने देखिएको यसलाई कान्तिपूर दैनिकबाट साभार गरिएको हो ।

14/04/2022

नयाँ वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

09/04/2022

भोलि सार्वजनिक बिदा

Photos from Dhurba Raj Adhikari / ध्रुव राज अधिकारी's post 26/03/2022

Pre Board 2078 NPABSAN Kaski Account Questions

Photos from Dhurba Raj Adhikari / ध्रुव राज अधिकारी's post 24/03/2022

Pre Board 2078 NPABSAN Kaski Environment Science Questions

Photos from Dhurba Raj Adhikari / ध्रुव राज अधिकारी's post 24/03/2022

Pre Board 2078 NPABSAN Kaski Opt Maths Questions

Photos from Dhurba Raj Adhikari / ध्रुव राज अधिकारी's post 24/03/2022

Pre Board 2078 NPABSAN Kaski EPH Questions

Photos from Dhurba Raj Adhikari / ध्रुव राज अधिकारी's post 22/03/2022

Pre Board 2078 NPABSAN Kaski Social Questions

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Pokhara
33700