IRLSS, Pokhara-16,Lamachour

IRLSS, Pokhara-16,Lamachour Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IRLSS, Pokhara-16,Lamachour, School, Pokhara.

24/09/2026

अत्यन्त जरुरी सूचना!
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण हुने क्षतिलाई न्यून गर्नका लागि पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिकाले पोखरा महानगर पालिका अन्तर्गत सञ्चालित सबै (संस्थागत तथा सामुदायिक ) विद्यालयहरूमा आज ८ गते बिहीबार र भोलि ९ गते शुक्रबार स्थानीय बिदा दिने र यो बिदालाई पछि मिलान गर्ने गरी निर्णय गरेको व्योहोरा पोखरा महानगर शिक्षा महाशाखाबाट प्राप्त भएको हुँदा आज र भोलि ( ८ र ९ गते ) विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा यो सूचनाद्वारा जानकारी गराइन्छ।
श्री इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालय
पोखरा १६ लामाचौर

आज मिति २०८३ साल आश्विन १ गते बिहिबारका दिन सामुदायिक विद्यालय क्लस्टर कास्कीको शैक्षिक वार्षिक कार्ययोजना अनुसार श्री न...
17/09/2026

आज मिति २०८३ साल आश्विन १ गते बिहिबारका दिन सामुदायिक विद्यालय क्लस्टर कास्कीको शैक्षिक वार्षिक कार्ययोजना अनुसार श्री नव प्रभात माध्यमिक विद्यालयले आयोजना गरेको माध्यमिक तह (कक्षा ९ - १० ) स्तरीय वादविवाद प्रतियोगितामा( शीर्षक : तटीय क्षेत्रमा सहरीकरण विकास कि चुनौती ) तृतीय स्थान हासिल गर्न सफल यस विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र सगुन पौडेललाई विद्यालयको तर्फबाट हार्दिक बधाई का साथै उज्ज्वल शैक्षिक भविष्यको कामना व्यक्त गर्दछौँ ।

श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय
पोखरा १६ लामाचौर

मिति २०८३ साल भाद्र ३१ बुधबारभाद्र २९ गते बाल दिवसका दिन हरितालिका तीज परेको कारण बाल दिवसलाई नै लक्षित गरी आज यस श्री इ...
16/09/2026

मिति २०८३ साल भाद्र ३१ बुधबार
भाद्र २९ गते बाल दिवसका दिन हरितालिका तीज परेको कारण बाल दिवसलाई नै लक्षित गरी आज यस श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय पोखरा १६ लामाचोरका बाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा बालबालिकाको अधिकार र कर्तव्य भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ३२ जना छात्र छात्रा सहभागी भएको उक्त प्रतियोगितामा कक्षा ८ का छात्र दिवस भुसालले प्रथम स्थान हासिल गरेका थिए भने द्वितीय कक्षा ६ का छात्र दिपक नेपाली तृतीय कक्षा ९ कि छात्रा बबिता आचार्य र सान्त्वना कक्षा ९ कि छात्रा प्रसन्ना बोहरा भएकी थिइन् । जुनियर रेडक्रस सर्कलका अध्यक्ष कक्षा ९ का छात्र सुरज नेपालीको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगिताको मूल्याङ्कनकर्ताका रुपमा शिक्षक दीपक गौतम,कमला काफ्ले र रेशमलाल चापागाई रहनुभएको थियो।जुनियर रेडक्रस सर्कलका संरक्षक शिक्षक दीपक गौतम र बाल क्लबका संरक्षक शिक्षक पार्वती रेग्मीको सहजीकरणमा बाल क्लब र जुरेसले सम्पन्न गरेको उक्त कार्यक्रमको सञ्चालन कक्षा १० का छात्र सगुन पौडेलले गरेका थिए । अत्यन्तै उत्कृष्ट कार्यक्रम सम्पन्न गरेकोमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको सम्पूर्ण टिमलाई विद्यालयका तर्फबाट हार्दिक धन्यवाद ।

09/09/2026
आज राष्ट्रिय शोक दिवसका दिन, भोटेकोशी र त्रिशूलीको भीषण बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्ण प्रियजनहरूप्रति यस श्री इन्द्र...
07/09/2026

आज राष्ट्रिय शोक दिवसका दिन, भोटेकोशी र त्रिशूलीको भीषण बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्ण प्रियजनहरूप्रति यस श्री इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय पोखरा १६ लामाचौर विद्यालय परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

भोलि मिति२०८३/०५/२२ गते बिदा नरहेको सूचना सम्पूर्ण आदरणीय अभिभावक, प्रिय विद्यार्थी भाइ बहिनीहरु लगायत सरोकारवाला सम्पूर...
06/09/2026

भोलि मिति२०८३/०५/२२ गते बिदा नरहेको सूचना

सम्पूर्ण आदरणीय अभिभावक, प्रिय विद्यार्थी भाइ बहिनीहरु लगायत सरोकारवाला सम्पूर्णमा नेपाल सरकार गृह मन्त्रालयको सूचना बमोजिम भोलि आधा भण्डा झुकाई शोक मनाउने तर विद्यालय बिदा नभएकाले भोलि विद्यालय सञ्चालन हुने जानकारी गराइन्छ ।

आज मिति २०८३ भाद्र१८ गते बिहिबार यस श्री इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालयमा  शिशुदेखि   कक्षा ३  सम्मका विद्यार्थीह...
03/09/2026

आज मिति २०८३ भाद्र१८ गते बिहिबार यस श्री इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालयमा शिशुदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुका अभिभावक सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०८३ साल भाद्र १८ गते बिहिबारका दिन सामुदायिक विद्यालय क्लस्टर कास्कीको शैक्षिक वार्षिक कार्ययोजना अनुसार श्री भ...
03/09/2026

आज मिति २०८३ साल भाद्र १८ गते बिहिबारका दिन सामुदायिक विद्यालय क्लस्टर कास्कीको शैक्षिक वार्षिक कार्ययोजना अनुसार श्री भद्रकाली माध्यमिक विद्यालयले आयोजना गरेको माध्यमिक तह (कक्षा ९ - १० ) स्तरीय अङ्ग्रेजी निबन्ध लेखन( English essay writing) प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल यस विद्यालयकी कक्षा ९ मा अध्ययनरत छात्रा श्री सुरक्षा खातीलाई विद्यालयको तर्फबाट हार्दिक बधाईका साथै उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दछ ।

श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय
पोखरा १६ लामाचौर परिवार

मिति २०८३ साल भाद्र १५ गते सोमबारका दिन असल  छिमेकी  नेपाल  सस्थाद्वारा कक्षा ३ ४ र ५ का विद्यार्थीहरूका लागि आयोजित  Go...
01/09/2026

मिति २०८३ साल भाद्र १५ गते सोमबारका दिन असल छिमेकी नेपाल सस्थाद्वारा कक्षा ३ ४ र ५ का विद्यार्थीहरूका लागि आयोजित Good touch&bad touch सम्बन्धी सिकाइ कार्यक्रम

आज मिति २०८३ साल भाद्र ११ गते बिहिबारका दिन सामुदायिक विद्यालय क्लस्टर कास्कीको शैक्षिक वार्षिक कार्ययोजना अनुसार श्री ब...
27/08/2026

आज मिति २०८३ साल भाद्र ११ गते बिहिबारका दिन सामुदायिक विद्यालय क्लस्टर कास्कीको शैक्षिक वार्षिक कार्ययोजना अनुसार श्री बारही माध्यमिक विद्यालयले आयोजना गरेको आधारभूत तह (कक्षा ६ - ८ ) स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल यस विद्यालयको कक्षा आठमा अध्ययनरत विद्यार्थी श्री दिवस भुषाललाई विद्यालयको तर्फबाट हार्दिक बधाई का साथै उज्ज्वल शैक्षिक भविष्यको कामना व्यक्त गर्दछौँ ।

श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय
पोखरा १६ लामाचौर

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when IRLSS, Pokhara-16,Lamachour posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category