28/04/2025
आदरणीय शिक्षक, विद्यार्थी तथा अभिभावकज्यूहरूमा नमस्कार।
देशमा विद्यमान जटिल परिस्थितिका कारण विद्यालयको नियमित पठनपाठन सञ्चालन हुन सकिरहेको छैन।
यो अवस्था लामो समयसम्म रहिरहेमा विद्यार्थीहरूमा ठूलो शैक्षिक क्षति हुनसक्ने भएकोले,
यही मिति २०८२ वैशाख १६ गतेबाट लागू हुनेगरी विद्यालयको पठनपाठन नियमित रूपमा सुचारु हुने अवस्था नआएसम्म "जति दिन विद्यालय बन्द हुने अवस्था आउँछ त्यति नै दिन" विद्यालयका नियमअनुसारका बर्खेविदा, गर्मी विदा तथा स्थानीय विदाबाट कट्टी हुनेगरी विद्यालय बन्द गर्ने र विद्यार्थीहरूमा शैक्षिक क्षति हुन नदिने निर्णय गरिएको जानकारी गराइन्छ।
यसरी यो संक्रमणकालीन अवस्थालाई गर्मी विदामा गणना गर्दा, सोही अनुपातमा विद्यालयको पछि हुने हिउँदे तथा बर्खे विदाका दिनहरूमा पनि समानुपातिक रूपमा पठनपाठन गर्न पाइने भएको हुनाले विद्यार्थीहरूमा ठूलो शैक्षिक क्षति हुन पाउँदैन।
तर विद्यालयमा नियमित पठनपाठन गर्न सकिने सहज परिस्थिति बन्ने बित्तिकै, तत्कालै विद्यालयको शिक्षण सिकाइ कार्य सुचारु हुने भएकोले विद्यार्थीहरू हाम्रो यस पेजमा जोडिएर सूचना तथा जानकारीहरूमा अपडेट भइरहनको लागि अनुरोध गरिन्छ।
यस जटिल परिस्थितिका कारण सिर्जना भएको यो असामान्य अवस्था ले सरोकारवाला वर्गहरूमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं साथै
यस विदाको समयमा अभिभावकज्यूहरूले आफ्ना बालबच्चाहरूको विशेष निगरानी राखिदिनुहुन र शिक्षण सिकाई तर्फ- स्व अध्ययन तथा अन्य माध्यमबाट उत्प्रेरित गराइदिनुहुन समेत विनम्र अनुरोध गर्दछौँ।
- विद्यालय परिवार
(पुनस्च: विद्यालयको पठनपाठन सुरु गर्ने अवस्था आउने बित्तिकै हामी तत्कालै हाम्रा विभिन्न माध्यमहरूबाट सूचना प्रदान गर्नेछौँ थप जानकारीका लागि विद्यालयमा नै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।)