25/09/2026
परीक्षा स्थगन सम्बन्धी सूचना
मिति:- २०८३।०६।०९
नेपालको विभिन्न स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेको र हाल निरन्तर रुपमा वर्षा भइरहेको र अधिकांश स्थानहरुको सडक जलमग्न भएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट हाल सञ्चालन भइरहेको Spring 2026 अन्तर्गतका स्नातक तथा स्नातकोत्तर तहका मिति २०८३ असोज ०९ र १० गते सञ्चालन हुने सम्पूर्ण परीक्षाहरु स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पोखरा विश्वविद्यालय,
परीक्षा नियन्त्रण कार्यालय