24/09/2026
अत्यन्त जरुरी सूचना
पोखरा महानगरपालिकाको निर्णयअनुसार सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय भएकोले हाम्रो विद्यालयमा पनि उक्त दुई दिन पठनपाठन तथा नियमित विद्यालय गतिविधि सञ्चालन नहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
उक्त दुई दिनको बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।
यस अवधिमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूलाई सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गरिन्छ।
सुरक्षित रहौँ, सतर्क रहौँ।
विद्यालय प्रशासन