Pabson,Kaski

Pabson,Kaski This is our official page for PABSON,Kaski

26/09/2026

हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले हेम प्रसाद आचार्यको लामो सेवायात्राको प्रशंसा गर्दै उहाँको सेवानिवृत्त जीवन सुखद, सिर्जनात्मक र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले पोखराको शैक्षिक विकासमा आचार्यले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आगामी दिनमा पनि उहाँको अनुभव, ज्ञान र सक्रियता शैक्षिक तथा सामाजिक क्षेत्रमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

26/09/2026

एन–प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङले सेवानिवृत्त जीवन सिर्जनात्मक, सक्रिय र सुखद रहोस् भन्दै उहाँले आगामी दिनमा आफूलाई रुचि भएका विभिन्न क्षेत्रमा थप योगदान पुर्‍याउन सकून् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

26/09/2026

बिदाइ कार्यक्रममा निवर्तमान शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले पोखराको शैक्षिक विकासमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै निजी शिक्षण संस्थाहरूले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गर्नुभयो।

26/09/2026

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले शिक्षामा गरिएको लगानी दीर्घकालीन र राज्यका लागि रणनीतिक महत्वको हुने बताउँदै शैक्षिक विकासका लागि सबै पक्षले रचनात्मक भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

26/09/2026

पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले ३२ वर्ष १ महिना ४ दिन लामो सेवायात्रा पूरा गरी निजामती सेवाबाट औपचारिक रूपमा अवकाश लिनुभएको छ। उहाँको सम्मानमा प्याब्सन, एन–प्याब्सन, हिसान, युनिप्स तथा मन्टेश्वरी एसोसिएसन, कास्कीले मंगलबार संयुक्त रूपमा बिदाइ कार्यक्रम आयोजना गरेको हो।

वक्ताहरूले आचार्यको सेवानिवृत्त जीवन सिर्जनात्मक, सक्रिय र सुखद रहोस् भन्दै उहाँले आगामी दिनमा आफूलाई रुचि भएका विभिन्न क्षेत्रमा थप योगदान पुर्‍याउन सकून् भन्ने शुभकामना व्यक्त गरे।

सोही कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई स्वागतसमेत गरिएको थियो। कार्यक्रममा बोल्दै प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले पोखराको निजी शैक्षिक क्षेत्रमा महानगरपालिकाबाट निरन्तर सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो।

इन्द्रजात्राको उल्लासले सबैको जीवनमा खुशी र सकारात्मकता ल्याओस्।
25/09/2026

इन्द्रजात्राको उल्लासले सबैको जीवनमा खुशी र सकारात्मकता ल्याओस्।

पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले ३२ वर्ष १ महिना ४ दिन लामो सेवायात्रा पूरा गरी निजामती से...
24/09/2026

पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले ३२ वर्ष १ महिना ४ दिन लामो सेवायात्रा पूरा गरी निजामती सेवाबाट औपचारिक रूपमा अवकाश लिनुभएको छ। उहाँको सम्मानमा प्याब्सन, एन–प्याब्सन, हिसान, युनिप्स तथा मन्टेश्वरी एसोसिएसन, कास्कीले मंगलबार संयुक्त रूपमा बिदाइ कार्यक्रम आयोजना गरेको हो।

प्याब्सन कास्कीको सभाहलमा आयोजित कार्यक्रममा वक्ताहरूले पोखरा महानगरपालिकाको शैक्षिक विकास, संस्थागत सुधार तथा सेवा प्रवाहमा आचार्यले पुर्‍याउनुभएको योगदान स्मरणीय रहेको बताए। सक्रिय सेवाबाट विश्राम लिए पनि उहाँको लामो अनुभव, मार्गदर्शन र आत्मीय व्यवहार आगामी दिनमा पनि शैक्षिक क्षेत्रका लागि प्रेरणाको स्रोत बन्ने विश्वास वक्ताहरूले व्यक्त गरे।

वक्ताहरूले आचार्यको सेवानिवृत्त जीवन सिर्जनात्मक, सक्रिय र सुखद रहोस् भन्दै उहाँले आगामी दिनमा आफूलाई रुचि भएका विभिन्न क्षेत्रमा थप योगदान पुर्‍याउन सकून् भन्ने शुभकामना व्यक्त गरे।

सोही कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई स्वागतसमेत गरिएको थियो। कार्यक्रममा बोल्दै प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले पोखराको निजी शैक्षिक क्षेत्रमा महानगरपालिकाबाट निरन्तर सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो।

बिदाइ कार्यक्रममा निवर्तमान शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले पोखराको शैक्षिक विकासमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै निजी शिक्षण संस्थाहरूले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गर्नुभयो।

त्यसैगरी, स्वागत गरिएका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले शिक्षामा गरिएको लगानी दीर्घकालीन र राज्यका लागि रणनीतिक महत्वको हुने बताउँदै शैक्षिक विकासका लागि सबै पक्षले रचनात्मक भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले स्वागत मन्तव्य राख्नुभएको थियो। एन–प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङ, मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष रितु पौडेललगायतले धन्यवाद तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले गर्नुभएको थियो भने सञ्चालन प्याब्सन कास्कीका सचिव सुरेन्द्रमानसिंह भण्डारीले गर्नुभएको थियो।

21/09/2026
PABSON English Language Skills Contest 2026 – ResultCongratulations to all the talented participants of the PABSON Engli...
19/09/2026

PABSON English Language Skills Contest 2026 – Result

Congratulations to all the talented participants of the PABSON English Language Skills Contest 2026! Your confidence, communication skills, and dedication made the competition truly inspiring.

🥇 First Position: Emily Minal Adhikari — Motherland Secondary School
🥈 Second Position: Prashant Dhungana — Shishu Niketan Secondary School
🥉 Third Position: Swikrity Bhandari — Rainbow Academic Homes

🎖️ Consolation:
• Keshrin Koirala — Pragati Boarding School
• Aayush Sapkota — Global Collegiate School
• Gaurab Parajuli — Bhanubhakta Secondary School

Heartiest congratulations to all the winners and participants! Wishing you continued success in your journey of learning and excellence.

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!एकता, समानता र समृद्धिको यात्रामा अघि बढौँ।
18/09/2026

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!
एकता, समानता र समृद्धिको यात्रामा अघि बढौँ।

Address

Khasi Bazaar
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

061551633

Website

Alerts

Be the first to know and let us send you an email when Pabson,Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pabson,Kaski:

Shortcuts

Share

Category