24/09/2026
२०८३/०६/०८
आदरणीय अभिभावकज्यू
सादर नमस्कार,
विषय: जरुरी सूचना बारे
प्रस्तुत विषयमा पोखरा महानगरपालिकाको निर्णयअनुसार सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा असोज ८ र ९ गते स्थानीय बिदा गर्ने सूचना जारी गरेकोले हाम्रो विद्यालय पनि आज ८ गते आधा दिन (1 बजेसम्म) र भोलि ९ गते पूरा दिन बिदा गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका साथ सविनय अनुरोध छ।
यस अवधिमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूलाई सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गरिन्छ।
'सुरक्षित रहौँ, सतर्क रहौँ'।
Goodwill Activity School
विद्यालय प्रशासन