Gyankunj Vidyashram

Gyankunj Vidyashram Official page of Gyankunj Vidyashram. The school provides an all-round education.

24/09/2026
24/09/2026

ञानकुञ्ज विद्याश्रम
मोहरीया, पोखरा-३१, कास्की
मिति: २०८३/०६/०८

जरुरी सूचना

आदरणीय अभिभावकज्यू तथा शिक्षकज्यूहरू,

पोखरा महानगरपालिकाको शिक्षा महाशाखाबाट जारी गरिएको सूचना तथा वर्षाको कारणले गर्दा मौसममा आएको खराबीका कारण विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै विद्यालय आज र भोलि २ दिन बिदा रहने जानकारी गराउँदछौँ।

पोखरा महानगरपालिकाको सूचना अनुसार बिदा रहने मिति:
२०८३/०६/०८ गते (आज) र २०८३/०६/०९ गते (भोलि)

यो बिदा पोखरा महानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुलाई दिइएको निर्देशन बमोजिम विद्यार्थी तथा शिक्षक दुवैका लागि हुनेछ।

सट्टा कक्षा सञ्चालन हुने बारे:
उक्त २ दिनको सट्टामा २०८३/०६/११ गते आइतबार विद्यालय खुल्नेछ। आइतबार सामान्यतया साप्ताहिक बिदा भए तापनि सो दिन पठनपाठन नियमित हुनेछ।

नोट: आइतबार मौसममा सुधार आएमा मात्र विद्यालय खुल्नेछ। यदि मौसममा सुधार नआएमा र महानगरपालिकाबाट थप सूचना आएमा पुनः सूचना मार्फत जानकारी गराइनेछ।

सहयोगको लागि धन्यवाद।
घरमै सुरक्षित रहनुहोला।

प्रधानाध्यापक
ज्ञानकुञ्ज विद्याश्रम
मोहरीया, पोखरा-३१

संविधान दिवस : उपलब्धि र चुनौती - एक समीक्षाप्रिन्सिपल, ज्ञानकुञ्ज विद्याश्रम, मोरहिया, आज असोज ३ गते। नेपालको इतिहासमा ...
19/09/2026

संविधान दिवस : उपलब्धि र चुनौती - एक समीक्षा

प्रिन्सिपल, ज्ञानकुञ्ज विद्याश्रम, मोरहिया,

आज असोज ३ गते। नेपालको इतिहासमा स्वर्णिम दिन। २०७२ साल असोज ३ गतेकै दिन हामीले आफ्नै हातले लेखेको संविधान पाएका थियौं। त्यसैले आज हामी दशौं संविधान दिवस मनाउँदैछौं। यस अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक र देशवासीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

संविधान कसरी बन्यो?
यो संविधान कुनै एक रातमा बनेको होइन। यो २००७ सालदेखिको प्रजातन्त्र, २०४६ सालको जनआन्दोलन, १० वर्षे जनयुद्ध, २०६२/६३ को दोस्रो जनआन्दोलन र मधेश आन्दोलन लगायत हजारौं शहीदहरूको रगत र पसिनाबाट बनेको हो। संविधानसभाबाट जनताका प्रतिनिधिहरूले नै लेखेको हुनाले यो जनताकै दस्तावेज हो।

जनताका माग सम्बोधन भए कि भएनन्?
यो सबैभन्दा धेरै सोधिने प्रश्न हो।

सम्बोधन भएका कुराहरू: यो संविधानले धेरै हदसम्म जनताका मागलाई सम्बोधन गरेको छ। पहिलो कुरा, यसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाएको छ। राजतन्त्र अन्त्य भयो। दोस्रो, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात गरेको छ। दलित, महिला, जनजाति, मधेसी, मुस्लिम सबैलाई राज्यका निकायमा आरक्षणको व्यवस्था छ। तेस्रो, ३१ वटा मौलिक हकको ग्यारेन्टी गरेको छ। शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक हक बनाएको छ। चौथो, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ।

अझै सम्बोधन हुन बाँकी कुराहरू: तर, संविधान कागजमा मात्र सुन्दर भएर हुँदैन, कार्यान्वयनमा कमजोरी देखिएको छ। संघीयता आए पनि अधिकार अझै पनि सिंहदरबारमै केन्द्रित छ भन्ने गुनासो छ। भ्रष्टाचार, ढिलासुस्ती र महँगीले जनता अझै पनि सन्तुष्ट हुन सकेका छैनन्। युवाहरू अझै पनि रोजगारीका लागि विदेश जान बाध्य छन्। कतिपय समुदायले अझै पनि संविधान संशोधनको माग गरिरहेका छन्।

निष्कर्ष:
संविधान कुनै स्थिर ढुङ्गा होइन, यो त एउटा जीवित बिरुवा हो। यसलाई गोडमेल गर्दै, आवश्यकता अनुसार संशोधन गर्दै लैजानु पर्छ। संविधानको रक्षा गर्नु भनेको हामीले हाम्रो अधिकारको मात्र होइन, कर्तव्यको पनि पालना गर्नु हो। हामीले हाम्रा बालबालिकालाई संविधान पढाउनु पर्छ, बुझाउनु पर्छ।

अन्त्यमा, संविधानले दिएको अधिकारको सदुपयोग गर्दै, भ्रष्टाचाररहित र समृद्ध नेपाल बनाउने प्रण गरौं। यही नै संविधान दिवसको सच्चा शुभकामना हुनेछ।

Happy Birthday to you superstars ❤️God Bless you  🙌 🎂Study well ,Stay happy,and keep making everyone proud .
18/09/2026

Happy Birthday to you superstars ❤️God Bless you 🙌 🎂Study well ,Stay happy,and keep making everyone proud .

15/09/2026

Voice of Gyankunj episode 6th❤️🙏

14/09/2026

Happy Teej ❤️🦚🙏

14/09/2026

संस्कार र शिक्षालाई सँगै जोड्दै, हाम्रा विद्यार्थीहरु❤️🦚Happy Teej 🙏

12/09/2026

I love you Daddy ❤️🙏

12/09/2026

love you Daddy ❤️🙏

Address

Pokhara-31, Mohariya, Kaski
Pokhara
33411

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00

Telephone

+9779856063947

Alerts

Be the first to know and let us send you an email when Gyankunj Vidyashram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyankunj Vidyashram:

Shortcuts

Share

Category