JLCC Japanese Language and Culture Center

JLCC Japanese Language and Culture Center JLCC is one of the best Japanese Language and culture promoting Center in Pokhara,Nepal.and also it's the prestigious center for learning Japanese L & C

28/09/2026
26/09/2026

SSW WORKING VISA मा जापान जाने तयारीमा हुनुहुन्छ? N4 अध्ययन गर्दै हुनुहुन्छ वा N4 पूरा गरेर JFT परीक्षाको दिने सोचमा हुनुहुन्छ? यदि तपाईं Irodori A2 को नयाँ कक्षा खोज्दै हुनुहुन्छ भने, हामीलाई सम्झनुहोस्।
नयाँ Irodori A2 , SKILL कक्षा बिहानको समयमा छिट्टै संचालन हुदैछ।
JLCC JAPANESE LANGUAGE AND CULTURE CENTER
POKHARA 061585738, 9803832009

15/09/2026

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉
Susmika San को निरन्तर मेहनत, लगन र जापानी भाषा प्रतिको समर्पणको फलस्वरूप Food and Beverage Manufacturing क्षेत्रमा जापान जाने सुनौलो अवसर प्राप्त भएकोमा हामी अत्यन्त खुशी छौँ। 🇯🇵 जापानमा तपाईंको यात्रा सफल, सुखद र उपलब्धिमूलक रहोस् भन्ने हार्दिक कामना गर्दछौँ। 🌸 उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना।
JLCC JAPANESE LANGUAGE AND CULTURE CENTER, PKR
061585738

Congratulations 🎉
03/09/2026

Congratulations 🎉

01/09/2026

"यमबहादुर कुमाल भाइलाई हार्दिक बधाई तथा शुभकामना"
तपाईंको निरन्तर मेहनत, लगन र जापानी भाषा प्रतिको समर्पणको फलस्वरूप Food and Beverage Manufacturing क्षेत्रमा जापान जाने अवसर प्राप्त गर्नु भएकोमा हामी अत्यन्त खुशी छौँ। जापानमा तपाईंको यात्रा सफल, सुखद र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दछु। उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना।

17/08/2026

हाम्रा सम्पूर्ण परीक्षार्थीहरूलाई जापानी भाषा परीक्षा (Japanese Language Proficiency Test – JLPT) को दोस्रो चरण (December Session) निम्न मिति अनुसार सञ्चालन हुने जानकारी गराइन्छ।
📅 परीक्षा मिति:
आइतबार, 6 डिसेम्बर 2026
📝 परीक्षा Levels
N1, N2, N3, N4, N5

16/08/2026

नेपाल आएका✈️ जापानी पर्यटकहरू🗾 - वास्तविक तथ्य के भन्छ ? सन् 2025 मा करिब 24,700–25,000,सन् 2024 मा 22,856 थिए → करिब +8% वृद्धि तर 2019 (कोभिडअघि) मा 30,000+ थिए → अझै पूर्वस्तरभन्दा करिब 15–20% कम, घट्दै होइन, बिस्तारै रिकभर हुँदैछ, तर अझै पुरानो स्तरमा पुगेको छैन।
(Source:NTB)
2025年には、約24,700〜25,000人の日本人観光客がネパールを訪れました 。2024年は22,856人 約8%増加、しかし2019年(コロナ前)は30,000人以上 → 依然として約15〜20%少ない状況、減少しているわけではなく、徐々に回復している段階です。 ただし、まだコロナ前の水準には達していません。

15/08/2026

जापानी खानाको 「和食(わしょく / Washoku)」 भन्नाले जापानको परम्परागत खाना र खानपान संस्कृतिलाई बुझिन्छ। सन् २०१३ मा UNESCO ले Washoku लाई अमूर्त सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत गरेको थियो।

🍱 वासोकु (和食) का मुख्य विशेषता

1. सन्तुलित पोषण

भात (ご飯・ごはん)

सुप/झोल (汁物・しるもの)

माछा वा मासु

तरकारी

अचार (漬物・つけもの)

2. प्राकृतिक स्वादलाई प्राथमिकता धेरै मसला प्रयोग गर्नुको सट्टा सामग्रीको मौलिक स्वाद कायम राखिन्छ। दाशी (だし), सोया सस, मिसो आदि प्रयोग गरेर स्वाद दिइन्छ।

3. मौसमी सामग्री जापानी खानामा मौसमअनुसार उपलब्ध सामग्री प्रयोग गर्ने परम्परा छ। यसलाई 旬(しゅん) भनिन्छ।

4. खानाको प्रस्तुति स्वादसँगै खाना कसरी सजाइएको छ भन्ने कुरालाई पनि महत्त्व दिइन्छ। प्लेट, कचौरा र खानाको रंग तथा आकारमा ध्यान दिइन्छ।

5. खानाप्रतिको सम्मान खाना खानुअघि 「いただきます」(Itadakimasu) र खाना खाइसकेपछि 「ごちそうさまでした」(Gochisōsama desh*ta) भन्ने जापानी संस्कार छ।

🍣 लोकप्रिय जापानी खाना

寿司(すし)– Sushi: भिनेगर मिसाइएको चामलसँग माछा/समुद्री खाद्य आदि।

刺身(さしみ)– Sashimi: ताजा काँचो माछा वा समुद्री खाद्य।

天ぷら(てんぷら)– Tempura: हल्का ब्याटरमा डुबाएर तारेको तरकारी वा समुद्री खाद्य।

味噌汁(みそしる)– Miso Soup: मिसोबाट बनाइएको सुप।

おにぎり(Onigiri): भातलाई गोलो/त्रिकोण आकारमा बनाएर तयार गरिने खाना।

うどん(Udon) र そば(Soba): जापानी नुडल्स।

焼き魚(やきざかな): ग्रिल गरिएको माछा।

🇯🇵 जापानमा काम गर्न जाने व्यक्तिका लागि
विशेषगरी Food & Beverage Manufacturing मा काम गर्ने हो भने Washoku बुझ्नु उपयोगी हुन्छ। त्यहाँ 衛生(えいせい・स्वच्छता), 食品安全(しょくひんあんぜん・खाद्य सुरक्षा), 調理(ちょうり・पकाउने प्रक्रिया), 盛り付け(もりつけ・खाना सजाउने) र 品質管理(ひんしつかんり・गुणस्तर व्यवस्थापन) जस्ता विषयलाई धेरै महत्त्व दिइन्छ।

12/08/2026

JLCC र Jaico Fukuoka को सहकार्यमा सञ्चालन हुने Food and Beverage Manufacturing Support Program जापानमा रोजगारीका लागि आवश्यक सीप, भाषा र कार्यसंस्कृति विकास गर्ने लक्षित कार्यक्रम हो।
📌 कार्यक्रमका मुख्य विशेषताहरू:
🍱 Food & Beverage Manufacturing को अध्यापन (जापानी उद्योगअनुसार)
🇯🇵 जापानी भाषा प्रशिक्षण (JLPT/NAT-TEST तयारी सहित)
🧑‍🏭 वर्क कल्चर र हाइजिन स्ट्यान्डर्डको प्रशिक्षण
🤝 जापानका कम्पनीहरूसँग प्लेसमेन्ट सहयोग तथा जानाकारी

🎯 कसका लागि उपयुक्त?
जापानमा Food Manufacturing / 外食産業 (Gaishokugyo) क्षेत्रमा काम गर्न चाहनेहरू
SSW (Specified Skilled Worker) मार्फत करियर बनाउन इच्छुक विद्यार्थीहरू
न्यूनतम आधारभूत जापानी भाषा ज्ञान भएका वा सिक्न इच्छुक व्यक्तिहरू
🚀 फाइदाहरू:
जापानमा सुरक्षित र व्यवस्थित रोजगारीको लागि उपयोगी
अन्तर्राष्ट्रिय स्तरको सीप विकासमा सहयोग पुग्ने
यदि तपाईं आफ्नो भविष्य जापानमा बनाउने सोचमा हुनुहुन्छ भने, यो कार्यक्रम एक राम्रो सुरुवात हुन सक्छ।

JLCC PKR 061585738

10/08/2026

✨ JLCC को यात्रा, Japanese Language and Culture Center (JLCC) सानो सोच तर ठूलो लक्ष्यका साथ स्थापना भएको हो।सुरुमा सीमित विद्यार्थी, आधारभूत जापानी भाषा कक्षा र जापान अध्ययनका लागि प्रारम्भिक मार्ग दर्शन बाट यसको यात्रा अघि बढ्यो। समय सँगै JLCC ले आफ्नो उद्देश्यलाई अझ सशक्त बनाउँदै, विद्यार्थीलाई गुणस्तरीय जापानी भाषा शिक्षा प्रदान गर्दै उज्ज्वल भविष्यतर्फ डोर्‍याउने अभियानलाई निरन्तरता दिएको छ। आज, JLCC केवल भाषा सिकाउने संस्था मात्र नभई,विद्यार्थीको सपना साकार पार्ने विश्वासिलो केन्द्रको रूपमा स्थापित भएको छ।
धन्यवाद सम्पूर्णमा!!!

Address

Prithvichowk, Pokhara 9, Kaski
Pokhara

Telephone

97761535738

Alerts

Be the first to know and let us send you an email when JLCC Japanese Language and Culture Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to JLCC Japanese Language and Culture Center:

Shortcuts

Share

Category