28/04/2025
आदरणीय त्रिभुवन पराजुली सर,
डाइरेक्टर, सब्लाइम इङ्गलिस बोर्डिङ स्कूल, रत्नचोक
सब्लाइम एक्स-स्टुडेन्ट क्लबको तर्फबाट तपाईंलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
तपाईंको अमूल्य योगदान, प्रेरणा र मार्गदर्शनले हामीलाई जीवनमा अगाडि बढ्न सधैं हौसला दिएको छ।
यस विशेष दिनमा तपाईंलाई उत्तरोत्तर प्रगति, दीर्घायु, सुस्वास्थ्य र असीम सफलता को हार्दिक शुभकामना व्यक्त गर्दछौं।
तपाईं सधैं हाम्रो लागि प्रेरणाका श्रोत रहिरहनुहोस् भन्ने कामना गर्दछौं।
फेरी एक पटक, जन्मदिनको धेरै-धेरै शुभकामना!
सादर,
सब्लाइम एक्स-स्टुडेन्ट क्लब