24/09/2026
अत्यन्त जरुरी सूचना!
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरिएको छ। उक्त दुई दिनको बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ ।
यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीहरूलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।
सुरक्षा नै पहिलो प्राथमिकता हो।
सतर्क रहौँ, सुरक्षित रहौँ।
-पोखरा महानगरपालिका