Bhandari Prakash sir ko korean class

Bhandari Prakash sir ko korean class Well come our Korean language institute कोरियन भाषाका लागि बिश्वासिलो केन्द्र

08/08/2026
09/07/2026

Good morning

नयाँ परीक्षा खुल्ने सम्बन्धी जानकारी!!!HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने तालि...
03/08/2025

नयाँ परीक्षा खुल्ने सम्बन्धी जानकारी!!!

HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने तालिका प्रकाशन गरेको छ। उक्त वेबसाइटमा देखाइए अनुसार परीक्षा फाराम सन् 2025 August 11 देखि 16 सम्म ७ दिन खुल्ला रहनेछ। कुन कुन सेक्टरमा कति कति कोटाको‌ फाराम खुल्ने भन्ने अन्तिम जानकारी इपिएस शाखा, ग्वार्कोद्वारा प्रकाशन हुनेछ। हामी जानकारी गराउनेछौँ। आफ्नो तयारी निरन्तर गर्नुहोला।

Pokhara korean language

28/05/2025

कामदार छनौट प्रक्रिया (Issue) को समयमा धेरै आउने प्रश्नहरुको बुँदागत रुपमा उत्तर दिने प्रयास गरेका छौं। ध्यान दिएर पढ्नुहोला।

प्रश्न १: Issue कसरी हुन्छ? Randomly कि Serially?

उत्तर:- HRD र इपीएस शाखाको दाबी अनुसार Issue Randomly हुन्छ। यसमा Computer को माध्यमबाट File छनौट गरि साहु समक्ष पुर्याइन्छ। तर यसमा साहुले कामदारको उमेर, लिङ्ग, तौल, राष्ट्रियता, कामको अनुभव,‌ कार्य क्षेत्र जस्ता कुरा छनौट गरि File माग्न सक्नेछन्।

प्रश्न २: मेरो‌ File Send भएकै छैन/भर्खर भयो, के‌ मेरो Issue होला?

उत्तर:- Issue हुन योग्य व्यक्ति Roster मा रहने व्यक्ति मात्र हुन्। तपाईंले परिक्षा पास गरि मेडिकल पनि सकाएर Job application भरेपछि File send भई‌ Approve भएपछि मात्र तपाईं Roster मा रहनुभएको हो। रोष्टरमा रहने जो कसैको Issue हुनसक्छ।

प्रश्न ३: मेरो ID मा Mediation देखाएको छ,‌ यो‌ के हो?

उत्तर:- HRD ले कम्पनिमा १ जना कामदार माग भए ३ जनाको File पठाउँछ, यहि कम्पनिमा File पुगेको बेला Mediation देखाउने हो। यस पश्चात साहुले तपाईंलाई छनौट गर्ने या नगर्ने निर्णय गर्दछन्।

प्रश्न ४: Mediation देखाएर हट्यो, अब अर्को कम्पनिमा File जान्छ?

उत्तर:- एकपटक Mediation भएपछि अन्य कम्पनिमा File जाने सम्भावना त हुन्छ, तर १००% ग्यारेन्टी चाहिँ हुँदैन।

प्रश्न ५: मेरो ID मा Hired देखाएको छ यो के हो? Cancel भएको हो?

उत्तर:- Hired भनेको कम्पनिले तपाईंलाई छनौट गरिसकेको हो, तर work permit चाहिँ Issue गरेको छैन। केहि समयमा Issue हुनेछ। यदि साहुको सोचाई परिवर्तन भएमा Issue नगर्न पनि सक्छन्।

प्रश्न ६: Issue भएको चाहिँ कस्तो हुन्छ त?

उत्तर:- Issue हुँदा Eps ID को Immigration process मा Approval भन्दा तलको लाईनमा Hired र कम्पनिको नाम र Hired भन्दा तलको लाईनमा 발급 लेखेको हुन्छ।

प्रश्न ७: Issue त भइसक्यो। अब के गर्ने?

उत्तर: Issue भएपछि साहुले LC Forward गर्छन् , LC आएपछि इपीएस शाखामा गई स्वयं व्यक्तिले LC sign गर्नुपर्ने हुन्छ। यस पछी तपाईंले Training form भर्नुपर्छ।

यस पश्चात CCVI आउँछ र CCVI form भर्नुपर्छ, CCVI form भरेपछि तपाईंको Visa लाग्छ र Flight प्रक्रिया सुरु हुन्छ। यि सम्पुर्णमा प्रक्रियामा issue भएदेखि २ देखि ३ महिना लाग्नसक्छ। तर यो‌ भन्दा धेरै छिटो वा ढिलो पनि हुनसक्छ।

EPs Nepal
Pokhara korean languageEPS TOPIK BIG Center-pbtk

Pokhara korean languageEPS TOPIK BIG Center-pbtk
01/05/2025

Pokhara korean language
EPS TOPIK BIG Center-pbtk

Pokhara korean language
23/04/2025

Pokhara korean language

Address

Kaski
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Bhandari Prakash sir ko korean class posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share