Shree Amarsiddha Namuna Secondary School

Shree Amarsiddha Namuna Secondary School गुणस्तरीय एवं जीवनस्तरीय शिक्षा हाम्

पोखरा महानगरपालिकाको सुचना बमोजिम मिति २०८३ असोज ८ र ९ गते दुई दिन विद्यालय बन्द रहने जानकारी गराइन्छ '। यस्तो सम्भावित ...
24/09/2026

पोखरा महानगरपालिकाको सुचना बमोजिम मिति २०८३ असोज ८ र ९ गते दुई दिन विद्यालय बन्द रहने जानकारी गराइन्छ '। यस्तो सम्भावित विपत्तिको समयमा घरमै सुरक्षित रूपमा बस्नुहुन सम्पूर्ण विद्यार्थी भाइबहिनी हरुलाई अनुरोध छ ।

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज २०८३ को पावन अवसरमा अमरसिद्ध नमुना मा. वि. मा आयोजना गरिएको तीज गीत प्रत...
11/09/2026

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज २०८३ को पावन अवसरमा अमरसिद्ध नमुना मा. वि. मा आयोजना गरिएको तीज गीत प्रतियोगिता तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी हुने सम्पूर्ण विद्यार्थी समूहहरुलाई धन्यवाद व्यक्त गर्दै पुरस्कृत हुने समूहलाई बधाइ तथा सम्मान व्यक्त गर्दछौ।

मिति २०८३ भाद्र १० गते बुधवार नेपाल -चिन सीमा क्षेत्र रसुवागढीमा आएको भिषण बाढीको कारण उत्पन्न ठूलो धनजनको क्षतिप्रति गह...
01/09/2026

मिति २०८३ भाद्र १० गते बुधवार नेपाल -चिन सीमा क्षेत्र रसुवागढीमा आएको भिषण बाढीको कारण उत्पन्न ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै युवा रेडक्रस सर्कल श्री अमरसिद्ध नमुना माध्यमिक विद्यालय पोखरा ३१ कास्कीको सक्रियतामा विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट जम्मा गरेको रकम रू ५००० (पाँच हजार रुपैयाँ ) प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ ।
यस विषम परिस्थितिमा मानविय धर्मले विद्यार्थीहरुबाट राहत तथा उद्धार कार्यमा एक्यवद्धता जनाउँदै गरिएको सहयोग प्रति विद्यालय परिवार विशेष धन्यवाद व्यक्त गर्दछ।

मिति २०८३/५/१ गते श्री अमरसिद्ध नमूना माध्यमिक विद्यालयमा पोखरा महानगर पालिका वडा नं ३१ , वडा कार्यालयवाट प्राप्त  निशुल...
17/08/2026

मिति २०८३/५/१ गते श्री अमरसिद्ध नमूना माध्यमिक विद्यालयमा पोखरा महानगर पालिका वडा नं ३१ , वडा कार्यालयवाट प्राप्त निशुल्क शैक्षिक सामाग्री कक्षा १-५ का विद्यार्थीहरूलाई वितरण गरिएको छ । वडा नं ३१ वडा कार्यालयले विद्यालयमा गरेको सहयोग प्रति विद्यालयको तर्फवाट विशेष धन्यवाद व्यक्त गर्दछौ ।

श्री अमरसिद्ध नमुना मा. वि.
विद्यालय परिवार
पोखरा ३१ पचभैया , कास्की

श्री अमरसिद्ध नमूना माध्यामिक विद्यालयले २०८३/४ / २९ गते  आयोजना गरेको शुक्रवार स्तरीय कार्यक्रम कक्षा ६- ८ " धन भन्दा व...
14/08/2026

श्री अमरसिद्ध नमूना माध्यामिक विद्यालयले २०८३/४ / २९ गते आयोजना गरेको शुक्रवार स्तरीय कार्यक्रम कक्षा ६- ८ " धन भन्दा विद्या ठूलो " र कक्षा ९ - १२ "मोवाइल फोन प्रयोग सदुपयोग कि दुरुपयोग " भन्ने विषयमा गरिएको बादविवाद प्रतियोगितामा सहभागी कक्षा ६-१२ विद्यार्थी भाइबहिनीहरु

आज मिति २०८३-०४-२२ गते यस विद्यालयका कक्षा १२ मा अध्ययन गर्ने  विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई  स्वागत तथा ...
07/08/2026

आज मिति २०८३-०४-२२ गते यस विद्यालयका कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ । साथै कक्षा ११ का भाइबहिनिहरुलाई विद्यालय को तर्फबाट पनि विद्यालयमा स्वागत गर्दछौँ । ।

भावपूर्ण श्रद्धाञ्जली !
06/08/2026

भावपूर्ण श्रद्धाञ्जली !

आज १३ औं दिनको पुन्य तिथिमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ साथै शोकसन्तप्त...
04/08/2026

आज १३ औं दिनको पुन्य तिथिमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ साथै शोकसन्तप्त परिवारजन तथा इष्टमित्रहरुमामा गहिरो समवेदना प्रकट गर्दछौ ।

श्री अमरसिद्ध नमूना मा वि पोखरा ३१ कास्कीमा अमेरिकाको क्यालिफोर्निया वाट Peace Corps volenteer का रूपमा  आउनु भएको Cuyle...
23/07/2026

श्री अमरसिद्ध नमूना मा वि पोखरा ३१ कास्कीमा अमेरिकाको क्यालिफोर्निया वाट Peace Corps volenteer का रूपमा आउनु भएको Cuyler Shannon लाई मिति २०८३/४/६ गते विद्यालयमा बिदाई तथा सम्मान गरिएको छ । वहाको स्वदेश फिर्ति सुखद र फलदायी बनोस भन्दै शुभकामना व्यक्त गर्दछौँ ।

मिति २०८३/ ०४/०४ गते  श्री अमरसिद्ध नमुना माध्यमिक विद्यालय पोखरा ३१, पचभैया कास्कीमा विश्वज्योति आ. वि मादी -१० छेलाङवा...
20/07/2026

मिति २०८३/ ०४/०४ गते श्री अमरसिद्ध नमुना माध्यमिक विद्यालय पोखरा ३१, पचभैया कास्कीमा विश्वज्योति आ. वि मादी -१० छेलाङवाट सरुवा भई आउनु भएका प्रा.वि तह तृतीय श्रेणीका शिक्षक श्री राम कुमार सुनारलाई विद्यालयमा हार्दिक स्वागत गर्दछौ । वहाको शिक्षण पेशाको उत्तरोत्तर प्रगतिको कामना गर्दै पूर्ण सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं ।

Address

पोखरा महानगरपालिका ३१ , पचभैया
Pokhara

Telephone

+9779856011234

Website

Alerts

Be the first to know and let us send you an email when Shree Amarsiddha Namuna Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Amarsiddha Namuna Secondary School:

Shortcuts

Share

Category