Rastriya Secondary School

Rastriya Secondary School Official Page of Rastriya Higher Secondary School.

One of the pioneer education institutes in Pokhara established before 1951 AD and included in the top ten government schools' list in Kaski in 2018 by the government of Nepal

सर्तकताको लागि अनुरोध सहितको बिदा सम्बन्धि जानकारी !
24/09/2026

सर्तकताको लागि अनुरोध सहितको बिदा सम्बन्धि जानकारी !

इच्छुक महानुभाबहरुलाइ ब्यवसायिक लाभ लिन अनुरोध छ।
07/09/2026

इच्छुक महानुभाबहरुलाइ ब्यवसायिक लाभ लिन अनुरोध छ।

06/09/2026

विद्यालय नियमित सञ्चालन हुने बारे ।

२०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरुको सम्मान स्वरुप उक्त घटना भएको तेह्रौं दिन अर्थात २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने तथा विद्यालयमा समेत राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय बमोजिम उक्त दिन (भदौ २२ गते) विद्यालय बिदा नरहेको जानकारी गराउँदै आफ्ना नानीबाबुहरुलाइ नियमित समयमा विद्यालय पठाइदिनुहुन आदरणीय अभिभावकज्यूहरुलाई सादर अनुरोध गरिन्छ ।

विद्यालय प्रशासन

आज मिति २०८३ साल भाद्र २१ गते पोखराको ऐतिहासिक यस राष्ट्रिय माध्यमिक बिद्यालयमा आयोजित  अभिभावक भेलाले  सर्वसम्मत रुपमा ...
06/09/2026

आज मिति २०८३ साल भाद्र २१ गते पोखराको ऐतिहासिक यस राष्ट्रिय माध्यमिक बिद्यालयमा आयोजित अभिभावक भेलाले सर्वसम्मत रुपमा निम्न अनुसारको शिक्षक अभिभावक संघ गठन भयो। नबनियुक्त समितिलाई हार्दिक बधाई सहित उत्कृष्ट कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।
१. अध्यक्ष : मधु कुमारी गुरुङ
२. सदस्य : दिपक प्रसाद पौडेल
३. सदस्य : कृतिका पुन छन्याल
४. सदस्य: बिष्णु सुनार
५. सदस्य :राजेन्द्र श्रेष्ठ
६. सदस्य :रिया जुग्जाली गर्बुजा
७. सदस्य:निकिता भट्टराई
८. शिक्षक प्रतिनिधि: बालिका के सी
९. शिक्षक प्रतिनिधि : कुल प्रसाद पौडेल
१०. पदेन : इश्वरी प्रसाद सापकोटा (प्र अ)
११. पदेन : ओम कुमारी पुन (बि ब्य स - अध्यक्ष )

आज मिति २०८३ साल भाद्र १० गते बिहीबार हाम्रो बिद्यालयका शुभचिन्तक (पुरानो धम्पुस पोखरी, हाल पोखरा -१ लामापाटा शाक्य गुम्...
26/08/2026

आज मिति २०८३ साल भाद्र १० गते बिहीबार हाम्रो बिद्यालयका शुभचिन्तक (पुरानो धम्पुस पोखरी, हाल पोखरा -१ लामापाटा शाक्य गुम्बा, याम्दी निवासी)आदरणीय चेक बहादुर गुरुङज्यूले बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष श्री ओम कुमारी पुनज्यूमार्फत आफ्नो धर्मपत्नी स्व. लक्ष्मी कुमारी गुरुङको ४९ औ दिनको पुण्यतिथिमा बिद्यालयको बृहत्तर हितको लागि रु ५०,०००/- (अक्षेरुपी पचास हजार रुपैयाँ) बिद्यालयलाइ प्राप्त भयो। स्व. लक्ष्मी कुमारी गुरुङज्यूको दिबङ्गत आत्माको चिरशान्तिको कामनासहित आदरणीय चेक बहादुर गुरुङज्यूको समस्त परिवारजनप्रति हार्दिक कृतज्ञता सहित आभार प्रकट गर्दछौं ।

इच्छुक व्यावसायी महानुभावहरुलाइ यथासिघ्र बिद्यालयमा सम्पर्क गर्न अनुरोध छ।
11/06/2026

इच्छुक व्यावसायी महानुभावहरुलाइ यथासिघ्र बिद्यालयमा सम्पर्क गर्न अनुरोध छ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा फाराम सम्बन्धि सूचना
04/06/2026

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा फाराम सम्बन्धि सूचना

कक्षा ११ को नतिजा प्रकाश तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सम्बन्धि सूचना
03/06/2026

कक्षा ११ को नतिजा प्रकाश तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सम्बन्धि सूचना

इच्छुक ब्यवसायी महानुभावहरुलाइ समयमै विद्यालयमा सम्पर्क गरि ब्यवसायिक लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
28/04/2026

इच्छुक ब्यवसायी महानुभावहरुलाइ समयमै विद्यालयमा सम्पर्क गरि ब्यवसायिक लाभ लिन हार्दिक अनुरोध गरिन्छ।

विद्यालयमा मङ्सिर २० गते एक समारोहका बीच विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य श्री टङ्क पौडेलको अध्यक्षता एवम् शिक्षा...
06/12/2025

विद्यालयमा मङ्सिर २० गते एक समारोहका बीच विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य श्री टङ्क पौडेलको अध्यक्षता एवम् शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख उपसचिव श्री लोकनाथ आचार्यज्यूको प्रमुख आतिथ्यता, विद्यालयका सहायक प्रधानाध्यापक शिवभक्त देवकोटाको सवागत मन्तव्य र अर्का सहायक प्रधानाध्यापक शङ्कर तिवारीको सञ्चालनमा ७७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भयो ।
समारोहमा विद्यालयमा स्थापित अक्षकोषका दाताज्यूहरु, विभिन्न पुरस्कारका संस्थापकज्यूहरु, विद्यालय व्यवस्थापन समितिका भूतपूर्व अध्यक्ष एवम् भूतपूर्व एवम् वर्तमान सदस्यज्यूहरु, शिक्षक अभिभावक सङ्घका वर्तमान तथा भूतपूर्व अध्यक्ष एवम् सदस्यज्यूहरू, भूतपूर्व र वरतमान प्रधानाध्यापक तथा शिक्षक र कर्मचारीज्यूहरु, विद्यालयलाई जग्गा उपलब्ध गराउनुहुने जग्गादाता स्वर्गीय रत्नाखर पराजुलीका सन्ततिहरु र अभिभावकज्यूहरुको समुपस्थिति रहेको थियो ।
वार्षिकोत्सव समारोह सम्पन्न गर्न खट्नुहुने, आवश्यक सल्लाह सुझाव र मार्गनिर्देशन दिनुहुने महानुभावहरुलगायत सम्बद्ध सबैमा विद्यालय परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछ ।
केही प्रतिनिधिमूक तस्वीरहरु:
पुनश्च: यो तस्वीर सङ्ग्रह केही दिनसम्म अद्यावधिक भइरहने छ ।

Address

Harichowk
Pokhara
33700

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00

Telephone

+97761570271

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rastriya Secondary School:

Shortcuts

Share

Category