24/09/2026
सूचना!
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिकाले स्थानीय तहभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा असोज ८ गते र ९ गते स्थानीय बिदा दिने भनी गरिएको निर्णयलाई आत्मसात गर्दै आज ८ गते र भोलि ९ गतेका सम्पूर्ण कक्षाका पठनपाठन कार्य नहुने व्यहोरा सूचित गर्दछौँ। उक्त दिनमा छुट्न गएका बाबुनानीका कक्षा उपयुक्त समयमा समायोजन हुनेछन् !
यस अवधिमा शिक्षक, विद्यार्थी, अभिभावक, सतर्क र सुरक्षित रहन तथा घरमा आफ्ना बाबुनानीलाई विदाको सही सदुपयोग हुने वातावरण मिलाइदिनुहुन समेत अनुरोध छ ।
— विद्यालय प्रशासन