24/09/2026
अत्यन्त जरुरी सूचना!
पोखरा महानगरपालिका, शिक्षा महाशाखाले सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिलाई मध्यनजर गर्दै पोखरा महानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज मिति २०८३ साल असोज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरेको हुनाले विद्यालयमा कुनैपनि पठनपाठनका कार्यहरू नहुने व्यहोरा जानकारी गराइन्छ ।
यस अवधिमा विद्यार्थी तथा शिक्षककर्मचारीहरूलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनहुन हार्दिक अनुरोध छ ।
विद्यालय प्रशासन