साभ नेपाल - SAAV Nepal

साभ नेपाल - SAAV Nepal

Share

EDUCATION...TOURISM...CULTURE...
Research Centre

27/12/2025
17/12/2025

नेपालको शिक्षा सुधारमा साभ नेपालको पहलकदमी ............

वर्तमान समयका शिक्षा क्षेत्रका विकृतिहरू, झ्याङ्गिँदै गएका सामाजिक समस्याहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र विद्यालयको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि जल्दाबल्दा विषयहरूसँग सम्बद्ध श्रव्य–दृश्य सामग्रीहरूको उत्पादन र प्रशारणमार्फत् नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा आफूसक्दो टेवा पु¥याउने उद्देश्यले यस साभ नेपाल (SAAV Nepal- Social Awareness Through Audio & Visual) नामक संस्थाको स्थापना भएको हो । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा यस संस्थाले काम गरिरहेको छ ।

आ–आफ्नो क्षेत्रमा स्थापित परिचय बनाइसक्नु भएका विज्ञहरूलाई साथमा लिएर स्थापना गरिएको यस संस्थामार्फत नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि विभिन्न अनुसन्धानका कामहरू गरिरहेको छ ।

नेपालको पहिचान भनेका संस्कृति हुन् । युगौँदेखि नेपाली समाजले मौखिक रूपमा जोगाउँदै आएका हाम्रा लोक परम्परा र लोक व्यवहारको खोजी गरेर त्यसलाई लिपिबद्ध गरिएन भने अबका दिनमा ती संस्कृति हराएर जाने निश्चित छ । नेपालमा बसोबास गर्ने हरेक जातजातिको पहिचान गरी उनीहरूका लोक संस्कृतिको अनुसन्धान गर्ने र त्यसलाई लिपिबद्ध गरी प्रतिवेदन तयार पार्ने र त्यसैका आधारमा भिडियो डकुमेन्ट्री तयार पार्ने एउटा ऐतिहासिक कार्यको थालनी यस संस्थाले गरिरहेको छ । त्यसका साथै धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको खोजी गरेर त्यसको बारेमा अनुसन्धानमुलक डकुमेन्ट्री तयार गर्ने यसको रहेको छ ।

त्यसैगरी बालबालिकाको सर्वाङ्गीण विकासलाई सर्वोपरी ठानेर काम गरिरहेको साभ नेपालले विद्यालयसँग सम्बन्धित रहेर विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका लागि समसामयिक विषयवस्तुमा तालिम तथा सेमिनारहरु सञ्चालन गर्दै आएको छ । साथै स्थानीय तहको पाठ्यक्रम निर्माणमा पनि साभ नेपालले सहजीकरण गरिरहेको छ । यस संस्थाद्वारा विभिन्न कार्यक्रमबाट वचत रहेको केही प्रतिशत रकम विद्यालय शिक्षाबाट बञ्चित रहेका बालबालिकाको हितमा उपयोग गरिएको छ ।

त्यसैगरी साभ नेपालद्वारा केही अनुसन्धानात्मक सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मनोवैज्ञानिक वृत्तचित्र लगायत मोटिभेसनल अडियो–भिडियो सामग्री पनि उत्पादन भैरहेका छन् । यस संस्थाले हाल काँचो माटो नामक बाल मनोवैज्ञानिक वृत्तचित्र प्रदर्शन गरिरहेको छ । साथै नेपालको समग्र परिचय सहित यहाँका लोपोन्मुख र सीमान्तकृत लगायत विभिन्न जातजातिका जातीय संस्कार, संस्कृति, र जीवनशैलीबारे अनुसन्धान गरी तयार गरिएको वृत्तचित्र "नेपाल;अनेक जाति, अनेक संस्कृति " पनि प्रदर्शन भैरहेको छ । जुन वृत्तचित्र सामाजिक शिक्षा विषयको लागि निकै उपयोगी रहेको विश्वास गरिएको छ ।

यस संस्थाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्नको लागि विभिन्न अनुसन्धानका कामहरु पनि गर्दै आएको छ । सामुदायिक संस्थाहरुमा नतीजा कमजोर हुनाका कारणहरु खोजी गरी सम्बन्धित विद्यालयका सरोकारवालालाई सुझाव प्रदान गर्दै आएको छ । त्यसैगरी विद्यार्थीका लागि, अभिभावकका लागि र शिक्षकहरुका लागि साथै सरोकारहरुका लागि पनि विभिन्न उत्प्रेरणा (मोटिभेसन)का कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ विद्यार्थीहरुलाई अनुशासन, जीवन मूल्य, भावनात्मक बुद्धिमत्ता, बहुबुद्धि सिद्धान्त, खुसी सिकाइ, सकारात्मक सोच आदि विषयहरूमा पनि साभ नेपालले प्रशिक्षणका कार्यक्रमहरु गर्दै आएको छ ।

स्थानीय तहका पाठ्यक्रम कार्यान्वयनमा साभ नेपालको सहजीकरण

नेपालमा २०४९ सालदेखि स्थानीय पाठ्यक्रमको अवधारणा प्रारम्भ भएको भए पनि अहिलेसम्म धेरै स्थानीय तहहरु यस विषयमा बेखबर छन् । स्थानीय स्तरमा सक्षम जनशक्तिको अभाव र यसको महत्वलाई नबुझेर पनि स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखनजस्तो गम्भीर विषयलाई धेरैले महत्व नदिएको पाइएको छ ।

स्थानीय तहहरुका कामलाई सहज बनाउँदै समाजका जल्दाबल्दा विषयहरूसँग सम्बद्ध सामग्रीहरूको उत्पादन र प्रशारणमार्फत् नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा आफूसक्दो टेवा पुर्याउने उद्देश्यले साभ नेपाल नामक संस्थाले पोखरामा आफ्नो कार्यालय स्थापना गरी काम गरिरहेको छ ।

नेपालको संविधान २०७२, पन्ध्रौँयोजनाको अवधारणा पत्र, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७५ लगायतका विकास प्रक्रियाहरुको परिधिभित्र रहेर स्थानीय तहको पाठ्यक्रम तयार गरी सोही पाठ्यक्रमअनुसारका आधारभूत तहका सबै कक्षाका पाठ्यपुस्तकहरु लेखन तथा प्रकाशन गर्ने काममा साभ नेपालले सहजीकरण गरिरहेको छ ।

स्थानीय तहको पहिचान गराई समाजको आवश्यकताअनुसारको शिक्षा स्थानीय स्तरमै उपलब्ध गराउने उद्येश्यका साथ स्थानीय तहलाई सघाउनका लागि थालिएको यस प्रयासमा धेरै जनप्रतिनिधि, समाजसेवी र सचेत व्यक्तित्वबाट प्रेरणादायी सहयोग मिलिरहेको भनाइ साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभास खनालले बताए । यस अभियानमा स्थानीय तहहरुले आर्थिक, बौद्धिक तथा नैतिक रूपमा सहयोग गरी उपयुक्त वातावरणको सिर्जना गरी प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् ।

स्याङ्जाका भीरकोट, फेदीखोला, कालीगण्डकी र बिरुवा पालिकाबाट एकसाथ काम सुरु गरेको साभ नेपालले यी पालिकामा एकसाथ आधारभूत तह (कक्षा १–८) को पाठ्यक्रम निर्माण गरी पाठ्यपुस्तक समेत तयार गरेर सबै विद्यालयहरुमा कार्यान्वयन गर्न सहजीकरण गरेको थियो । स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा साभ नेपालले सम्बन्धित पालिकाका विज्ञहरु र लेखकहरुलाई नै साथमा लिएर काम गरिरहेको छ । यस सम्बन्धमा अध्यक्ष डा.प्रभासले भन्नुभयो – ‘‘स्थानीय पाठ्यक्रम स्थानीय विज्ञहरुले नै निर्माण गर्ने हो । स्थानीयका चाहना र भावनाहरुलाई सहजीकरण गर्ने काममात्र साभ नेपालले गरेको हो ।"

नीतिश्लोकमा भनिएको छ–

‘‘अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।।’’

त्यही दुर्लभ योजकको आवश्यकताको पूर्ति साभ नेपालले गरेको हो । यी पाठ्यपुस्तक तयारीका लागि साभ नेपालले दक्ष र व्यावसायिक लेखकहरू चयन गरेको छ । ती सबै लेखकहरूले पाठ्यक्रमको गहन अध्ययन गरी सोही अनुसारको अनुसन्धान गरेर मात्र लेखन सुरु गर्दछ । अनुसन्धानका क्रममा स्थानीय पालिकाका सबैै वडाका हरेक टोल, बस्ती र विद्यालयहरूमा पुगेर तथ्य सङ्कलन गरिन्छ । सो क्रममा हरेक वडाबाट प्रतिनिधि शिक्षकहरू पनि चयन गरिन्छ ।

साथमा पाठ्यक्रम निर्माण सहजीकरण समिति र पाठ्यक्रम मस्यौदा लेखन समितिसँग पनि पटकपटक बैठक तथा भेला गरी उहाँहरूकै सुझावका आधारमा लेखन कार्य गरिन्छ । लेखन सम्पन्न भैसकेपछि पनि विभिन्न चरणमा स्थानीय विज्ञहरूसँग छलफल गरेरमात्र पाठ्यपुस्तकहरू छपाइका लागि तयार गरिन्छ ।’

स्याङ्जाबाट सुरु भएको यो अभियान हाल कास्की, तनहुँ, बाग्लुङ, नवलपरासी, रुपन्देही, गुल्मी, चितवन, गोर्खा, लमजुङ, कास्की, म्याग्दी, पर्वत लगायतका जिल्लाहरुमा विस्तार भएको छ । हालसम्म ७५ वटा स्थानीय तहले साभ नेपालकै पहलमा स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन् ।

स्थानीय पाठ्यक्रमअनुसारका पाठ्यपुस्तकहरु विद्यालयमा पुगेपछि विद्यार्थी तथा शिक्षकहरु अत्यन्तै खुसी भएको र खाली समयमा पनि यही पुस्तक पढेर बस्ने गरेको कुरा भीरकोटकी एक शिक्षिकाले बताउनुभयो । त्यसैगरी घरमा पनि अभिभावकहरुले फूर्सदको समयमा आफ्नै गाउँठाउँका सम्पदाहरु समेटिएको पुस्तक पढेर बस्ने गरेको कुरा कालीगण्डकीका एक अभिभावकले बताए ।

नगरपालिकाका सबै विषयक्षेत्र समेटेर कक्षा १ देखि आठसम्मकै पाठ्यक्रम र पाठ्यपुस्तक एकसाथ लागू गरेको नेपालकै पहिलो नगरपालिका भीरकोटका निवर्तमान नगरप्रमुख छायाराम खनालले भने– ‘‘मेरो पाँच वर्षे कार्यकालमा मलाई सबैभन्दा सन्तुष्टि मिलेको काम स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक कार्यान्वयनको काम हो । आज पनि बालबालिकाको हातमा ‘‘हाम्रो भीरकोट’’ नामक स्थानीय पाठ्यपुस्तक देख्दा खुसी लाग्छ ।’’

‘‘बालबालिका राष्ट्रका जीवन, स्वस्थ समाजका लागि स्वस्थ बाल मन’’ नामक उद्गारलाई आफ्नो मुख्य मन्त्र बनाएर काम गरिरहेको साभ नेपाल ‘‘शिक्षकका हातमा पाठ्यक्रम र विद्यार्थीका हातमा पाठ्यपुस्तक’’ पुर्याउने अभियानमा जुटिरहेको छ । न्यूनतम खर्चमा उच्चतम विज्ञहरुलाई साथमा लिएर काम गरिरहेको साभ नेपालका अध्यक्ष डा. प्रभास भन्छन्– ‘‘पहिला आफ्नो माटो चिनौँ, अनि बल्ल संसार चिनौँ ।’’

(डा. तुलसी प्रभास खनाल साभ नेपालका अध्यक्ष हुनुहुन्छ । नेपाली र शिक्षा विषयमा स्नातकोत्तर र नेपालीअन्तर्गतको लोक संस्कृतिमा विद्यावारिधि गर्नुभएका खनालले नेपालका १२० जातजातिको सामाजिक सांस्कृतिक अनुसन्धान गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्टान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड लगायत संस्थामा अनुसन्धान विज्ञका रूपमा रहेर उहाँले नेपाली संस्कृतिको अनुसन्धान गरिरहनुभएको छ । हालसम्म नेपालका ७५ वटा स्थानीय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिसक्नु भएका खनालले विद्यालयहरूमा उत्प्रेरणा प्रशिक्षण लगायतका काम पनि गर्दै आउनुभएको छ । )

साभ नेपाल - SAAV Nepal

सत्कर्म फाउण्डेसन

16/12/2025

जीवनको मूल्य ...
एक पटक बुध्दका एक शिस्यले बुध्दसँग प्रश्न गर्छन् , गुरु वास्तवमा मानव जीवनको मूल्य कति हो ? आफ्नो शिष्यको यस किसिमको गम्भीर प्रश्न सुनेपछि बुध्द एक छिन् चुपचाप बस्छन र आफूसँग भएको एक पथ्थर शिष्यलाई दिँदै भन्छन , ल जाऊ विभिन्न ब्यक्तिलाई सोधेर यो पथ्थरको मूल्य पत्ता लगाएर आऊ अनि बल्ल म तिमीलाई मानव जीवनको मूल्य बताउने छु । तर याद राख ,तिमिले पथ्थरको वस्तबिक मूल्य मात्र पत्ता लगाउने हो , यसलाई बेच्न भने पाउने छैनौ । बुध्दको यस किसिमको आग्रह बमोजिम शिष्य उक्त पथ्थरको मूल्य पत्ता लगाउनको लागि अगाडि बढ्छन । बाटोमा हिड्दै गर्दा उनको भेट एक सुन्तला ब्यापारीसँग हुन्छ ,अनी आफ्नो हातको पथ्थर उक्त ब्यापारिलाई देखाउदै शिस्यले सोध्छन "यसको मूल्य तपाईं कति दिनुहुन्छ ।" सुन्तला ब्यापारिले पथ्थरलाई यसो ओल्टै पल्टाइ हेरेर भन्छ , "यो पथ्थरको म १० वटा सुन्तला बराबरको मूल्य दिन्छु ।" सुन्तला ब्यापारीको कुरा सुनेपछी ती शिष्य त्यहाँबाट अगाडि बढ्छन , उनको भेट एक आलु ब्यापारी सँग हुन्छ र उनले त्यसै गरी पथ्थारको मूल्य सोध्छन , आलु ब्यापारीले भन्छ , "यदी यो पथ्थर मलाई दिने हो भने यसको मूल्य म एक बोरा आलु दिन्छु ।" शिष्य त्यहाँबाट पनि अगाडि बढ्छन, उनको भेट एक सुन ब्यापारी सुनारसँग हुन्छ । सुनारको अगाडि आफ्नो पथ्थर राख्दै उनले फेरी आफ्नो प्रश्न दोहोर्याउछन । पथ्थर देख्ने बित्तिकै बहुतै उत्साहित भएको सुनारले भन्छ ,"यस पथ्थरको म एक लाख दिन्छु , कृपया यो पथ्थर मलाई किन्न दिनुहोस् ।" ती शिष्यले भन्छन , माफ गर्नुहोला हजुर मलाई यो पथ्थर बेच्ने अनुमती छैन । सुनारसँग को भेट पछी शिष्यको भेट एक हिरा ब्यापारी सँग हुन्छ । जब हिरा ब्यापारीको अगाडि शिष्यले पथ्थर देखाएर त्यसको मूल्य मात्र के सोधेका थिए , सुरुमा त त्यो ब्यापारीले त्यो पथ्थरलाई रातो कपडा माथि राख्छ र दुई हात दुई खुट्टा भुइमा टेकेर ढोग्दै भन्छ । यो पथ्थर त एक उच्चतम कोटिको रुबी हो । यसलाई त मान्छे किन्न त के देख्न मात्र पाउदा पनि आफूलाई धन्य ठान्छन । यदी यसको मुल्य सोध्नुहुन्छ भने म यती भन्न सक्छु कि यो सन्सारको सम्पूर्ण धनले पनि यसको मूल्य चुकाउन सक्दैन । हिरा ब्यापारीको यस्तो कुरा सुनेर छक्क परेका ती शिष्य बेलुका आश्रममा फर्किन्छन । तब बुध्दले उनलाई सोध्छन ," प्रिय शिष्य के तिमीले पथ्थरको वास्तविक मूल्य कति रहेछ पत्ता लगायौ त ?" तब ती शिष्य बहुत हैरान हुँदै भन्छन , प्रभो, मैले त कुरै बुझ्न सकिन भन्या , जब मैले यस पथ्थरको मुल्य सुन्तला ब्यापारिलाई सोधे उसले मात्र १० गेडा सुन्तला बतायो अनि आलु ब्यापारिलाइ सोधे उसले एक बोरा आलु बतायो, त्यसपछी सुनारलाई सोधे उसले फेरी अचानक एक लाख बतायो । हुँदा हुँदा त के सम्म भो भने हीरा ब्यापारिलाइ देखाएको त यसको मूल्य सारा धर्ती बेचेर पनि चुकाउन सकिदैन यो अमूल्य छ भनेर भनेर पो भन्छ । खोइ हजुर मैले त केही कुरै बुझ्न सकिन । तब बुध्ले भन्छन । सुन,जसरी एक पथ्थरलाई एक सुन्तला ब्यापारीले १० सुन्तला बराबर को भाऊ दियो ,आलु ब्यापारीले एक बोरा आलुको मूल्य दियो , सुनारले एक लाख दियो र अन्तिममा हीरा ब्यापारीले मात्र त्यसलाई पहिचान गर्न सकेको हुनाले यसलाई अमूल्य बतायो , त्यस्तै तिम्रो जीवनको मूल्य भनेको पनि धेरैजसो मान्छेहरुले आफ्नो हैसियत, औकात र उनिहरुको आफ्नो समझ अनुसार लगाउने हुन । तर जसले जे सुकै मूल्य दिए पनि यस् धर्तीमा कोही यस्ता पनि मान्छे हुन्छन जसले तिम्रो खास मूल्य पहिचान गर्छन् यसर्थ कहिल्यै पनि म मूल्यहीन छु भनेर नसोच्नू । बुध्दको जवाफले शिष्य खुशी भए ।

कुनै बेला गलैँचा कारखानामा कटिङ मास्टर थिए, अहिले तीनै छोरा डाक्टर बनाए 09/12/2025

पर्सा ठोरी गाउँपालिकाका दलबहादुर स्याङ्बोलाई गाउँ–छिमेकले ‘मास्टर साप’ भनी सम्बोधन गर्थे । आधारभूत तहका शिक्षक स्याङ्बोको कर्म उही छ, तर उपमा फेरियो । मान्छेहरू भन्न थाले, ‘डाक्टर सापका बा ।’

यो रुपान्तरणभित्र एउटा रहरलाग्दो कथा छ । कथाको उद्घाटन हुन्छ, स्याङ्बोका तीन भाइ छोराबाट । यी छोराहरू मेलैसँग डाक्टर भए । अनि दलबादुर स्याङ्बो चाहिँ ‘डाक्टरका बा’ ।

भनिन्छ, दुनियाँमा बुबाआमा नै ती व्यक्ति हुन् जसले आफ्ना सन्तानलाई आफूभन्दा ‘ठूलो’ देख्न चाहन्छन् । दलबहादुरलाई लाग्दो हो, छोरोहरू मभन्दा ठूला भए । त्यसैले म भाग्यमानी भएँ । तर, यहाँ भाग्यको मात्र खेल छैन । खासमा त यो कर्मको खेल हो ।

दलबहादुर स्याङ्बोको कथा पढ्नुहोस्:

कुनै बेला गलैँचा कारखानामा कटिङ मास्टर थिए, अहिले तीनै छोरा डाक्टर बनाए पर्सा ठोरी गाउँपालिकाका दलबहादुर स्याङ्बोलाई गाउँ–छिमेकले ‘मास्टर साप’ भनी सम्बोधन गर्थे । आधारभूत तहका शिक्ष....

09/12/2025

फ्राङ्कलिन डी. रुजभेल्ट : बाल्यकालको सपना, संघर्ष र चारपटक राष्ट्रपति बनेको प्रेरणादायी कथा.........

न्यूयोर्कको हाइड पार्कको हरियालीले घेरिएको विशाल घरभित्र सानो फ्राङ्कलिनको बाल्यकाल अत्यन्तै शान्त र सुरक्षित वातावरणमा बित्थ्यो। धनी, शिक्षित र अभिजात परिवारमा जन्मिए पनि उसको मनभित्र साधारण बालकजस्तै ठूलो जिज्ञासा र भविष्यप्रतिको गहिरो सपना चाहिँ उम्लिन थालेको थियो। विद्यालयले एकदिन विद्यार्थीहरूलाई वासिङ्टन डी.सी. को विशेष शैक्षिक भ्रमणमा लैजाने घोषणा गर्‍यो। बालक फ्राङ्कलिनका लागि त्यो साधारण यात्रा थिएन—उसका लागि त्यो भविष्यको ढोका खोल्ने पहिलो क्षण थियो।

भ्रमणका दिन उनी पहिलोपटक व्हाइट हाउसको सेतो झिलिमिली अगाडि उभिए। विशाल भवन, कडा सुरक्षा, र त्यहाँ बस्ने राष्ट्रपतिप्रतिको सम्मानले बालकको मनमा अनौठो तर गहिरो भाव पैदा गरायो। शिक्षकले सबै विद्यार्थीलाई भिजिटर बुकमा आफ्नो विचार लेख्न भने। फ्राङ्कलिनले कलम समात्यो, एकछिन आँखा बन्द गर्यो, र बाल्यकालको सर्वाधिक साहसी विचार लेख्यो—
“एकदिन म यही घरमा बस्नेछु।”
उसो त त्यो शब्द कागजमा धेरै सामान्य देखिन्थ्यो, तर उसका लागि त्यो शब्द वास्तवमै प्रतिज्ञा थियो—एक दिन देशको नेतृत्व गर्ने वचन।

समय बग्दै गयो। अध्ययन, सामाजिक सेवा, राजनीति–सबैको बीचमा उनले आफ्नो सपना कहिल्यै छोडेनन्। तर जीवन सधैँ सोझो हुँदैन। ३९ वर्षको उमेरमा उनलाई पोलियोको संक्रमणले कम्मेदेखि तलको शरीर स्थायी रूपमा अशक्त बनाइदियो। त्यो क्षण उनका सबै सपनाहरू भत्किने खतरा थियो। उनका धेरै साथीहरूले त उनलाई राजनीतिक रूपमा सकियो भन्दै भइसकेका थिए। तर फ्राङ्कलिनले भने पोलियोलाई अन्त्य होइन, नयाँ प्रारम्भको रूपमा लिए। उनी ह्वीलचेयरमा भए पनि मनोबलमा कुनै कमजोरी आउन दिएनन्।

फ्राङ्कलिनले आफैँलाई पुनः अभ्यास गराए—काम गर्ने शैली परिवर्तन गरे, शारीरिक कमजोरीलाई मानसिक शक्तिमा रूपान्तरण गरे, अनि जनता र राष्ट्रप्रतिको जिम्मेवारीलाई आफ्नो लक्ष्यको केन्द्र बनाए। अमेरिकामा महामन्दीको कहर फैलिएको थियो। देश निराशामा डुबिरहेको बेला उनले उभिए—उभिन नसक्ने शरीरले, तर असाधारण हिम्मतले। मानिसहरूले उनको शरीर होइन, उनका शब्द, उनको दृष्टि र कठोर परिश्रम देखे।

अन्ततः देशले उनलाई नेतृत्वको अवसर मात्रै दिएन, लगातार चारपटक राष्ट्रपति हुन दिइरह्यो—अमेरिकाको इतिहासमै एकमात्र व्यक्ति। 1932, 1936, 1940 र 1944 मा जनताले उनलाई पुनः–पुनः विश्वास गरे, किनकि उनी शारीरिक रूपमा नभए पनि मानसिक रूपमा राष्ट्रको बल थे।

व्हाइट हाउसको भिजिटर बुकमा लेखिएका ती बाल्यकालका शब्द—
“एकदिन म बस्ने घर आज घुमेर जाँदैछु”—
सपना होइन, भविष्यवाणी बन्यो।

फ्राङ्कलिन डी. रुजभेल्टको कथा केवल सफलताको कथा होइन। यो सपनाको, संघर्षको, अपाङ्गतालाई जित्ने साहसको, र बाल्यकालमै लेखिएको एउटा einfache वाक्य जीवनकै रूपरेखा बन्न सक्छ भन्ने अद्भुत प्रमाण हो।
उनले देखाएकाे बाटो आज पनि भन्छ—
सपना ठूलो बनाउ, संघर्षलाई साथी बनाउ, अनि परिस्थितिले होइन, विश्वासले तिमीलाई अगाडि लैजान्छ।
Dr. Tulasi Pravas, Motivator
9856032473
साभ नेपाल - SAAV Nepal

सत्कर्म फाउण्डेसन


08/12/2025

Good Morning.....!!!
Our Special Motivational Trainings Going On ......!!!
For Students............
# Smart Study Skills (Class 6-12 )
# SEE BOOST UP(Class :10)
# Power Of Dream (Class : 6-12)
# Importance Of Discipline (All Students)
# Importance Of Nation, Parents & Teachers ( All Students)

Contact :
Dr. Tulasi Pravas
Chairman, SAAV Nepal
9856032473

08/12/2025

प्रेरक प्रसङ्गः
एकदिन ग्रीक दार्शनिक सुकरातमाथि एक व्यक्तिले आक्रमण गरे। ती व्यक्ति असभ्य र अशिष्ट थिए। उनले झगडा गर्दै सुकरातलाई अपमानित गरे र तल्लो स्तरको व्यवहार देखाए।
तर, सुकरातले त्यसमा केही प्रतिक्रिया दिएनन् । न उनी त्यो व्यक्तिसित रिसाए न त झगडा नै गरे ।
त्यसपछि उनको एक अनुयायीले सोधे, “तपाईंले यस्तो व्यवहार किन गर्नुभयो?”
सुकरातले महान विचार व्यक्त गर्दै भने, “यदि कुनै गधाले मलाई लात हानेको भए, म उसलाई अदालतमा लग्थेँ र ? बुद्धिमान व्यक्ति कहिल्यै मूर्खको स्तरमा झर्नु हुँदैन । कहिलेकाहीं मौनता नै सबैभन्दा सुन्दर जवाफ हुन्छ। एक बुद्धिमान र सुन्दर व्यक्ति त्यो होइन, जसले ब्राण्डेड कपडा लगाउँछ वा महँगो सामान राख्छ, तर त्यो हो, जसले कसरी व्यवहार गर्ने, कहिले बोल्ने र कहिले मौन बस्ने कुरा जान्दछ।”
हामी कोइली र काग दुवैलाई हेर्छौं, र दुवैको रङ कालो। बाहिरबाट हेर्दा उस्तै लाग्न सक्छन्, तर जब उनीहरूको मुखबाट आवाज निस्कन्छ, तब पो थाहा हुन्छ वास्तविक परिचय। कोइलीको मधुर बोलीले सवैकाे मन छुन्छ भने कागको कर्कश आवाजले मान्छेलाई हकार्छ। यसैगरी, हाम्रो जीवनमा पनि यस्तै हुन्छ।
मान्छेको रङ, रुप वा बाहिरी आवरणले उसको वास्तविक परिचय झल्किदैन। बाहिरी रुप त आँखाको भ्रम मात्र हो। वास्तविक पहिचान त उसको बोलीमा हुन्छ, व्यवहारमा हुन्छ। कसैको बोलीमा कति मिठास छ, कति प्रेम छ, कति आदर छ, त्यसले पो फरक पार्छ। काग कराउँदा मान्छे लट्ठी लिएर लखेट्न पछि लाग्छन्, तर कोइलीको सुमधुर बाेली सुन्न मान्छे लालायित हुन्छन्, त्यसलाई सुन्न पर्खिरहेका हुन्छन्।
त्यसैले, हामी कस्तो देखिन्छौं, त्यो महत्वपूर्ण होइन। हाम्रो मन कति सुन्दर छ, बोली कति मीठो छ, र व्यवहार कति असल छ, त्यसले नै हामीलाई संसारमा चिनाउँछ। बोलीमा सरलता र मिठास भयो भने मान्छेको मन जित्न सकिन्छ। सुन्दर विचार र असल व्यवहारले नै मानिसको जीवनलाई अर्थपूर्ण बनाउँछ, अनि यो संसारलाई पनि अझ सुन्दर बनाउँछ।

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Gandaki
Pokhara