Gyanubaba Secondary Boarding School

Gyanubaba Secondary Boarding School Gyanubaba higher secondary boarding school which is located at the back of bindhyabasini is famous for good and excellent education and women volleyball

आदरणीय अभिभावकज्यूहरू, कर्मठ शिक्षक-कर्मचारी मित्रहरू, भविष्यका कर्णधार प्यारा विद्यार्थी भाइबहिनीहरू तथा हाम्रा सम्पूर्...
13/04/2026

आदरणीय अभिभावकज्यूहरू, कर्मठ शिक्षक-कर्मचारी मित्रहरू, भविष्यका कर्णधार प्यारा विद्यार्थी भाइबहिनीहरू तथा हाम्रा सम्पूर्ण शुभचिन्तकहरूमा नयाँ वर्ष २०८३ को पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

यो नयाँ वर्षले हामी सबैमा नयाँ उत्साह र ऊर्जा थपोस्।

विद्या नै सर्वोत्कृष्ट धन हो! 📚✨भोलि श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजा। यस पावन अवसरमा ज्ञानुबाबा आवासीय म...
22/01/2026

विद्या नै सर्वोत्कृष्ट धन हो! 📚✨

भोलि श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजा। यस पावन अवसरमा ज्ञानुबाबा आवासीय मा.वि., पोखरा-२, मिरुवा मा विद्यालय जाने उमेर पुगेका साना बाबुनानीहरूका लागि "अक्षरारम्भ (विद्यारम्भ)" कार्यक्रम आयोजना गरिएको सहर्ष जानकारी गराउँदछौँ।

आफ्ना कोपिलाजस्तै साना नानीबाबुहरूलाई अक्षरको संसारमा स्वागत गर्न यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

📍 स्थान: विद्यालय परिसर,
मिरुवा-२, पोखरा
⏰ समय: बिहान ८:०० बजेदेखि
📅 मिति: भोलि (सरस्वती पूजाको दिन)२०८२/१०/०९

आउनुहोस्, सरस्वती पूजाको शुभ दिन पारेर बालबालिकाको उज्ज्वल भविष्यको सुरुवात गरौँ। 🙏

23/12/2025

Plz follow the ID
Baburam Subedi

19/12/2025
हामी अत्यन्तै हर्ष र गौरवका साथ यो घोषणा गर्दछौं! 🤩पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको विशेष अवसरमा आयोजित शिक्षक,...
17/12/2025

हामी अत्यन्तै हर्ष र गौरवका साथ यो घोषणा गर्दछौं! 🤩

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको विशेष अवसरमा आयोजित शिक्षक, विद्यार्थी र विद्यालय सम्मान कार्यक्रममा, हाम्रो विद्यालय ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालय लाई उत्कृष्ट सम्मान प्रदान गरिएको छ। 🎉

यस सम्मानको आधार हो: शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा हामीले हासिल गरेको शत-प्रतिशत (100%) विद्यार्थी उत्तीर्ण गराउने ऐतिहासिक सफलता! 🥇

🙏 सफलताका साझेदारहरूलाई हार्दिक बधाई! 🙏

उत्कृष्ट नतिजा ल्याउन सफल हुनुहुने SEE २०८१ का सम्पूर्ण भाइबहिनीहरूलाई हृदयदेखि नै हार्दिक बधाई! तपाईंहरूको मेहनतले विद्यालयको शिर उच्च बनाएको छ। 💐

यस सफलताको शिल्पकार, समर्पित सम्पूर्ण विषय शिक्षक तथा शिक्षिका ज्यूहरूलाई विशेष धन्यवाद र बधाई! 📚

विद्यालयमाथि निरन्तर विश्वास र सहयोग गरिदिनुहुने सम्पूर्ण अभिभावक ज्यूहरूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं। 🙏

ज्ञानुबाबा परिवार गुणस्तरीय शिक्षाप्रति सधैँ प्रतिबद्ध छ! 💪

#ज्ञानुबाबा #विद्यालयसम्मान #शिक्षामाउत्कृष्टता

12/12/2025

Picnic 2082/08/26

Proud Moment for Gyanubaba! 🎉Our school has secured 2nd Position in the Inter-School Global Quiz Competition organized b...
05/12/2025

Proud Moment for Gyanubaba! 🎉
Our school has secured 2nd Position in the Inter-School Global Quiz Competition organized by SCOPE Kaski! 👏📚🌍
Big congratulations to our brilliant participants:
⭐ Satkar Poudel (Grade 10)
⭐ Gaurav Bhusal (Grade 10)
⭐ Kristila Pariyar (Grade 9)
⭐ Jason Ghimire (Grade 9)
Your hard work and teamwork truly made us proud! 🙌
Special thanks to our dedicated teachers—
Bibek Adhikari, Arun K.C., and Prabin Chapagain—
and to all teachers and supportive parents for guiding and encouraging our students. ❤️
✨ Another achievement added to Gyanubaba’s journey of excellence!
Together, we rise. 🚀📖

13/09/2025

आदरणीय अभिभावकज्यू,
नमस्कार ।

विषय: जानकारी सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा देशको विषम परिस्थितिका कारण भाद्र २३ गतेबाट बन्द रहेका विद्यालय (प्याब्सन कास्कीको निर्णयअनुसार) मिति २०८२ भाद्र ३० गते सोमबारदेखि निरन्तर सञ्चालन हुने जानकारी गराइन्छ । साथै, मिति २०८२/०६/०१ गतेबाट हुने भनिएको द्वितीय त्रैमासिक परीक्षा मिति २०८२ असोज ४ गते शनिबारदेखि निरन्तर हुने पनि जानकारी गराइन्छ ।

सार्वजनिक बिदा (असोज ४ गते शनिबार र असोज ६ गते घटस्थापना) मा समेत विद्यालय सञ्चालन हुने जानकारी गराउदछौं। यसबाट अभिभावक तथा विद्यार्थीहरूमा पर्ने जाने असुविधाप्रति विद्यालय परिवार क्षमा प्रार्थी छ।

बिद्यालय प्रशासन

Address

Miruwa-2
Pokhara
POKHARA

Telephone

+97761412297

Website

Alerts

Be the first to know and let us send you an email when Gyanubaba Secondary Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyanubaba Secondary Boarding School:

Shortcuts

Share

Category