22/05/2026
आज आयोजित वि एस सी नर्सिङ तेस्रो वर्षका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको Data Presentation Program सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। कार्यक्रमलाई जिम्मेवार, सिर्जनात्मक तथा प्रभावकारी रूपमा सम्पन्न गराउन देखाएको मेहनत, सक्रिय सहभागिता र टीमवर्क अत्यन्त प्रशंसनीय रह्यो।
साथै, कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याई निमन्त्रणाल़ाई स्विकार गरी पाल्नु हुने पो म न पा वडा न. 18 का अध्यक्ष श्री शिव प्रसाद तिमिल्सिना ज्यु, स्वास्थ्य चौकी इन्चार्ज , आदर्श, ढुङ्गेखोला र सौर्य टोल तथा आमा समुह का बिभिन्न पदाधिकारी , कलेज प्रिन्सिपल तथा सम्पूर्ण शिक्षकज्यूहरू, अन्य अतिथिज्यूहरू तथा सहभागीहरू प्रति पनि विशेष आभार व्यक्त गर्दछौ।
विद्यार्थीहरूको उत्साह, प्रस्तुतीकरण क्षमता र सिकाइप्रतिको समर्पणले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट कार्यको निरन्तरता रहने विश्वास लिएका छौ।
कार्यक्रम सञ्चालनका लागि हल प्रदान गर्नुहुने ब्रह्माकुमारी ईश्वरीय विद्यालय Lovely Hill शाखा लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
धन्यवाद