Shree Bhadrakali Higher Secondary School, Pokhara.

Shree Bhadrakali Higher Secondary School, Pokhara. To find all the ex and current students of this school on facebook at one place. And to promote this school.

कक्षा १२ उत्रिण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
12/08/2026

कक्षा १२ उत्रिण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

शैक्षिक सत्र २०८४ देखि लागू हुने गरी नयाँ परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा आउने भएको छ ।नेपाल सरकार, श...
04/08/2026

शैक्षिक सत्र २०८४ देखि लागू हुने गरी नयाँ परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा आउने भएको छ ।

नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले एक सूचना जारी गर्दै यस सम्बन्धी जानकारी गराएको छ ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ असार १९ गतेको बैठकले नयाँ पाठ्यक्रम सिफारिस गरेको थियो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साउन ९ गतेको निर्णयानुसार स्वीकृत सामाजिक अध्ययन विषयको कक्षा ४ देखि १२ को पाठ्यक्रम अनुसार विकास भएको हो । कक्षा ५, ८, १० र १२ का पाठ्यपुस्तकहरु शैक्षिक सत्र २०८४ देखि लागू हुनेछन् ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ मङ्सिर १७ गतेको बैठकको सिफारिस गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ वैशाख ११ गतेको निर्णयबमोजिम स्वीकृत आधारभूत तह कक्षा १ देखि ३ को परिमार्जित पाठ्यक्रम २०८२ र प्रारम्भिक बालविकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम २०८२ समेत शैक्षिक सत्र २०८४ बाटै अनिवार्य रुपमा लागू हुनेछ ।

उक्त व्यवस्थाअनुसार कार्यान्वयन गराउनका लागि पाठ्यक्रम विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाहरु, सबै स्थानीय तहहरु र सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराएको छ ।

29/07/2026

Guru 🙏 Purnima 🙏 🕉️

गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमःगुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर...
29/07/2026

गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः
गुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुहरूमा
हार्दिक नमन।🙏🙏💐💐💐💐

A 10-year-old child's experiment proved that memories can  be passed down through generations.It all began when Jo Nagai...
19/07/2026

A 10-year-old child's experiment proved that memories can be passed down through generations.

It all began when Jo Nagai, a second-grader from Kobe, Japan, noticed his hand-raised swallowtail butterflies seemed to recognize him, while wild ones flew away.

Determined to find a scientific answer, he reached out to Georgetown University entomologist Dr. Martha Weiss, who had famously demonstrated that moths can retain memories through the chaotic cellular breakdown of metamorphosis.

Inspired by her work, Jo proposed replicating her study on butterflies, leading to an extraordinary cross-continental collaboration. Using a home-designed setup, Jo trained caterpillars to associate a mild vibration with the scent of lavender.

Astoundingly, after their brains were completely rebuilt in their chrysalis, 70 percent of the adult butterflies still avoided the lavender scent—proving their memories survived the transformation.

But the most shocking discovery occurred when Jo bred these trained insects.

Without ever experiencing the vibration themselves, both the offspring and the grandchildren of the trained butterflies inherited an instinctual aversion to the lavender scent. At just ten years old, Jo documented these revolutionary findings in a 33-page paper and presented them alongside Dr. Weiss at the International Congress of Entomology in Kobe. This extraordinary discovery of transgenerational memory not only challenges traditional understandings of genetics and inheritance but also highlights how the curiosity of a child can disrupt the boundaries of modern science.

source: Upworthy. (2026). Ten-year-old butterfly researcher discovers that memories can be passed down through generations.

Suhsma Sushma Gyawali ma'am ko koseli Lai Maya garidinu holahttps://youtu.be/ABsrOJpLw4g?si=kOsBjH001IAL5_CZ  #  सम्पुर्...
19/07/2026

Suhsma Sushma Gyawali ma'am ko koseli Lai Maya garidinu hola
https://youtu.be/ABsrOJpLw4g?si=kOsBjH001IAL5_CZ # सम्पुर्ण मा नमेस्ते मेरो नया गित आइसकेको छ। you tube channel Sushma Gyawali सक्दो subscribe गरि गित को प्रतिक्रिया को आशा मा छु।साथै लाइक कमिन्ट र सक्दो सेयर पनि गरिदिनु होला।🙏🙏🙏

Presenting new Nepali Teej song Merai Karma Khoti - मेरै कर्म खोटी-...

झमक घिमिरे भन्नुहुन्छ 👇शुभप्रभात सम्पूर्णमा अहिले आत्मदाहका घटनाहरू बढिरहेका छन् !मान्छे यति धेरै निराश बनेर आफ्नो जीवन ...
11/07/2026

झमक घिमिरे भन्नुहुन्छ 👇
शुभप्रभात सम्पूर्णमा अहिले आत्मदाहका घटनाहरू बढिरहेका छन् !मान्छे यति धेरै निराश बनेर आफ्नो जीवन सिद्याउने काम गरिरहेका छन् किन?मेरो अवस्था हेर्दा न बोली आउँछ न हात चल्छ न हिड्न सामर्थ्य छ खुट्टामा ? न शरीर नै सिधा छ , न त टाउको नै सिधा छ ? त्यसमाथि अहिले स्नायुको समस्याले समातिरहेको छ सोच्नु होस् मेरो जीवन कति कष्टपूर्ण छ?अनि तपाईं हर कुरामा सामर्थ्यवान हुनुहुन्छ र पनि किन अकालमा मृत्यु वरण गरिरहनु भएको छ?जीवनमा जसका पनि अफ्ट्यारो मोडहरू आउँछन् त्यो कुरा सामना गर्न नसकेर भाग्ने ? कसैले पनि आफ्नो जीवन मात्रै अफ्ट्यारोमा परेको नसोच्नुहोस् !कुनै गलत कदम नउठाउनुहोस् !आफ्नो माया गर्नुहोस् !दिमागभरी नकारात्मक कुराहरू नपाल्नुहोस् !सकेसम्म दिमागमा सकारात्मक कुरा ल्याउनुहोस् साना साना कुरामा रमाएर जीवन बाँच्नुहोस् ,सोच्नुहोस् जीवन खतम नगरे पनि एक दिन खतम भएरै जाने छ धेरै हतार नगर्नुहोस् !

11/07/2026

विद्यार्थीले पोशाक नलगाएको अवस्थामा होच्याउन तथा कक्षाबाट वञ्चित गराउन पाइँदैन।
- शिक्षा नियमावली

विद्यालय व्यवस्थापन समितिमा नयाँ नियम: नेता र वडाध्यक्षलाई 'नो इन्ट्री' सरकारले शिक्षा नियमावली (दशौं संशोधन) २०८३ मार्फ...
06/07/2026

विद्यालय व्यवस्थापन समितिमा नयाँ नियम: नेता र वडाध्यक्षलाई 'नो इन्ट्री'

सरकारले शिक्षा नियमावली (दशौं संशोधन) २०८३ मार्फत सरकारी विद्यालयलाई राजनीतिमुक्त बनाउने ठूलो निर्णय गरेको छ। अब विद्यालय व्यवस्थापन समिति (विव्यस) मा राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरुले सजिलै प्रवेश पाउने छैनन्।

नयाँ संशोधनका मुख्य र रोचक कुराहरु यसप्रकार छन्:

राजनीतिलाई 'रेड कार्ड': समिति गठन हुनुभन्दा कम्तीमा ५ वर्ष अघिसम्म कुनै पनि राजनीतिक दलको सदस्यता लिएको व्यक्ति समितिमा बस्नै नपाउने।

वडाध्यक्षलाई अध्यक्षमा रोक: वडाध्यक्ष, वडा सदस्य, बहालवाला शिक्षक वा कर्मचारी अब व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने।

शैक्षिक योग्यता अनिवार्य: विद्यालयमा पढाइने सबैभन्दा माथिल्लो कक्षा वा सो सरह पास नगरेका व्यक्ति आउट !

स्वार्थको द्वन्द्व अन्त्य: निजी विद्यालय र कन्सल्टेन्सीमा लगानी भएका व्यक्ति समितिमा बस्न नपाउने।

विदेश मोहलाई तगारो: विदेशी पीआर (PR) लिएका वा आवेदन दिएकाहरुलाई पनि निषेध गरिएको छ।

अपराधीलाई पूर्ण प्रतिबन्ध: भ्रष्टाचार, मानव बेचबिखन, लागुऔषध, जातीय छुवाछुत जस्ता गम्भीर अपराधमा सजाय पाएका व्यक्तिलाई समितिमा ढोका बन्द।

'कुलिङ पिरियड': अवकाश प्राप्त शिक्षक तथा कर्मचारीले पनि रिटायर भएको २ वर्ष पूरा नभई समितिमा आउन नपाउने।

निष्कर्ष: यो कडा नियमले विद्यालयलाई राजनीतिक अखडा बन्नबाट रोक्दै विशुद्ध शैक्षिक थलो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ!

बर्ड फ्लुबारे सचेत रहौँ, सुरक्षित रहौँ । Source: National Health Education Information and Communication Centre
05/07/2026

बर्ड फ्लुबारे सचेत रहौँ, सुरक्षित रहौँ ।

Source: National Health Education Information and Communication Centre

Address

Bhadrakali Road
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Bhadrakali Higher Secondary School, Pokhara. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category