06/12/2025
मिति २०८२ मङ्सिर १९ गते, शुक्रबार, हाम्रो विद्यालय श्री अमरज्योति गाउँफर्कका विद्यार्थीहरूले नेपालको ऐतिहासिक स्थल गोरखा दरबार र गोरखा दरबार संग्रहालयको शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेका छन्। सिकेका कुरालाई दिगो बनाउन अवलोकन भ्रमण प्रभावकारी मानिन्छ।
यहाँ त्यसै रमाइलो क्षणका केही कैद गरिएको तस्वीरहरू प्रस्तुत छन्।
05/12/2025
श्री अमर ज्योति गाउँ फर्क, विद्यार्थीहरू गोरखा दरबार र संग्रहालय भ्रमण गर्न जाँदै—इतिहासलाई नजिकैबाट चिन्न उत्साहित!
15/09/2025
सूचना! सूचना!! सूचना!!!
देशको वर्तमान परिस्थिति सामान्य हुँदै गएकोले आज मिति २०८२ साल भाद्र ३० गते सोमबारदेखि विद्यालय सुचारू रूपमा सञ्चालन हुने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
विद्यालय प्रशासन
05/09/2025
श्री अमरज्योति गाउँफर्क माध्यमिक विद्यालय, पोखरा–२६, जल्धारेका सहायक प्रधानाध्यापक पदमा पदभार ग्रहण गर्नुभएका आदरणीय पवित्रमणि ढुङ्गाना सरलाई हार्दिक बधाई तथा सफल कार्ययात्राको शुभकामना।
27/08/2025
गण्डकी बहुप्राविधिक विद्यालयबाट बाल विकास केन्द्रमा सिकाइ सहजकर्ताको रुपमा आउनु भएकी सनिका आलेमगर मिसको योगदानलाई स्मरण गर्दै विद्यालय परिवारले फेरि भेटौला/बिदाई कार्यक्रम सम्पन्न गरेको छ 🌸🙏। तपाईँको समर्पण र मायालु शिक्षण सदैव प्रेरणादायी रहनेछ। 💐✨
26/08/2025
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा हाम्रो विद्यालयले आयोजना गरेको तीज गीत प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। यस प्रतियोगिताले विद्यार्थीहरूमा संस्कृतिप्रतिको प्रेम, परम्पराप्रतिको सम्मान र सिर्जनशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
18/08/2025
यस अमरज्योति गाउँफर्क मावि, पोखरा–२६, जल्धारेमा
भदौ १ (२०८२/०५/०१) गते आफ्नो स्थापना दिवसको अवसरमा विद्यालयको ६५ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम प्रमुख अतिथि नरेन्द्र थापा ज्यूको विशेष उपस्थितिमा सम्पन्न गरेको छ। हाम्रा सम्पूर्ण अभिभावक, संस्थापक, जग्गादाता, अक्षयकोष दाता, चन्दादाता, पूर्व विव्यस अध्यक्ष एवम् सदस्यज्यूहरु, पूर्व प्र.अ. ज्यूहरु, पूर्व शि.अ.स. अध्यक्षज्यूहरु, वडा समिति, वडा शिक्षा समिति, सल्लाहकारज्यूहरु, निवर्तमान समितिका पदाधिकारीज्यूहरु, जनप्रतिनिधि, पूर्व विद्यार्थी, शिक्षक, राजनीतिक दलका प्रमुखज्यूहरु, समाजसेवी, छिमेकी विद्यालयका अध्यक्ष एवम् प्र.अ. ज्यूहरु, विभिन्न सामाजिक संस्थाका प्रमुखज्यूहरु लगायत सम्पूर्ण शुभचिन्तकज्यूहरु उक्त समारोहमा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल पार्न सहयोग गर्नुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं।
अमरज्योति गाउँफर्क मावि परिवार
पोखरा–२६, जलधारे, कास्की।
16/08/2025
हार्दिक निमन्त्रणा !
प्रस्तुत बिषयका सम्बन्धमा बिगतका बर्ष हरुमा झै यस बर्ष पनि भदौ १ (२०८२/०५/०१) गते यस बिद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा बिद्यालयको ६५ औ बार्षिकोत्सव, अभिभावक दिवस एवम पुरस्कार बितरण मनाउन गैरहेको सन्दर्भमा हामी हाम्रा सम्पुर्ण अभिभावक, सस्थापक, जग्गादाता,अक्षयकोष दाता, चन्दादाता, पुर्ब बि ब्य स अध्यक्ष एवम सदस्य ज्यु हरु, पुर्ब प्र अ ज्यु हरु, पुर्ब शि अ स अध्यक्ष ज्यु हरु, वडा समिती, वडा शिक्षा समिती, सल्लाहकार ज्यु हरु, नि बर्तमान समिती का पदाधिकारी ज्यु हरु , जनप्रतिनिधि , पुर्ब बिद्यार्थी , शिक्षक , राजनितिक दलका प्रमुख ज्यु हरु, छिमेकि बिद्यालय का अध्यक्ष एवम प्र अ ज्यु हरु, विभिन्न सामाजिक सस्था का प्रमुख ज्यु हरु लगायत सम्पुर्ण शुभ चिन्तक ज्यु हरु मा पत्राचार गरिसकिएको छ। बिशेश कारण बश पत्र प्राप्त नभएको खण्डमा पनि यहि सुचना लाई आधार मानी आफ्नै बिद्यालय सम्झी सो समारोह मा उपस्तिथत भै दिनु हुन हार्दिक अनुरोध छ।
समयः विहान ११ वजे
स्थानः विद्यालय भवन
श्री आमरज्तोति गाऊफर्क मा.वि परिवार
पोखरा २६, जलधारे कास्की ।
16/08/2025
यस श्री अमरज्योति गाउँफर्क माध्यमिक विद्यालय पोखरा -२६, जलधारेको ६५ औं स्थापना दिवस, वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह २०८२, विविध साँस्कृक्तिक कार्यक्रमका साथ भव्य रुपमा मनाईने हुँदा सदाझै यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।