अनुसन्धान, शैक्षिक सूचना र सामान्य ज्ञान

अनुसन्धान, शैक्षिक सूचना र सामान्य ज्ञान

Share

This page gives the information about research based educational issues, academic information and general knowledge for all level learners.

29/12/2020

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले रजिष्ट्रेसन र आवेदन फाराम खुला गरेको छ ।

पनिकाका अनुसार कक्षा ९ मा रजिष्ट्रेसन फाराम र कक्षा १० मा आवेदन फाराम भर्न खुला गरिएको हो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार पुस १६ देखि आगामी माघ २१ गतेसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने छ ।

“भरिएको फारामलाई विद्यालयले आगामी माघ मसान्तभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्नेछ” उनले भने । रजिष्ट्रेसनका लागि प्रतिविद्यार्थी तीन सय रुपियाँ र आवेदन फारामका लागि पाँच सय रुपियाँ कायम गरिएको छ । विगतको भन्दा करिव साढे तीन महिना ढिला गरी फाराम खुलाइएको छ ।

यस वर्षको एसईई कसले सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । पनिकाले यस बारेमा छिटो छिनोफानो गरिदिन राष्ट्रिय परीक्षा बोर्डसमक्ष आग्रह गरेको थियो । बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई यस बारेमा निर्णय गरिदिन अनुरोग गरेको छ । पनिकाले गत २०७६ सालको जस्तै विद्यालय आफैले मूल्याङ्कन गर्ने हो वा प्रदेशले परीक्षा सञ्चालन गर्ने वा पनिकाले नै परीक्षा सञ्चालन गरेर मूल्याङ्कन गर्ने भन्नेमा स्पष्टता खोजेको छ । त्यसैले पनिकाले अझैसम्म प्रश्नपत्र तयारीसम्बन्धी कुनै पनि कार्य अगाडि बढाएको छैन ।

परीक्षा नियन्त्रक खकुरेलले परीक्षा सञ्चालन गर्ने निकाय र विधिका बारेमा पछि टुङ्गो लागे पनि अहिले रजिष्ट्रेसन र आवेदन फाराम भराउने निर्णय भएको तथा यसरी भरिएका फाराम पछि जसले परीक्षा सञ्चालन गरे पनि काम लाग्ने बताए ।

Nepal Rastra Bank Vacancy# 2077 # नेपाल राष्ट्र बैंक 2077#यस वर्षकाे पहिलाे विज्ञापन विभिन्न् तहमा 18/12/2020

https://youtu.be/P9Byzeiep6Y

Nepal Rastra Bank Vacancy# 2077 # नेपाल राष्ट्र बैंक 2077#यस वर्षकाे पहिलाे विज्ञापन विभिन्न् तहमा नेपाल राष्ट्र बैंक new vacancy 2077 पुष, फमभर्नेतरिका सहित विज्ञापन र पाठ्यक्रम बारे सम्पुर्ण जानकारी Please watch the video and click the following link: h...

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Address


Pokhara
33700