Maria Montessori

Maria Montessori Maria Montessori Pre-school and Child Care Center offers Montessori teaching from toddlers to Grade 3.

As the first ISO-certified Montessori in Gandaki Province, we lead your child to get good quality education and creativity in their learning experience.

19/09/2026

नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै राष्ट्रिय एकता, अखण्डता र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुन संकल्प गरौँ। सबैमा संविधान दिवसको हार्दिक शुभकामना! राष्ट्रको उन्नति र प्रगति निरन्तर भइरहोस्।

17/09/2026

Our Little Scientists in Action! Celebrating National Science Day 2083 right inside our classrooms
Sweet project explanations by our Classes 1, 2, and 3 superstars! 👏🏻 👏🏻

ऋषि पञ्चमी  एवं गणेश चतुर्थी को हार्दिक मंगलमय  शुभकामना
15/09/2026

ऋषि पञ्चमी एवं गणेश चतुर्थी को हार्दिक मंगलमय शुभकामना

राष्ट्रिय बाल दिवसको यो मर्माहत घडीमा,  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोका  कारण सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, ध...
14/09/2026

राष्ट्रिय बाल दिवसको यो मर्माहत घडीमा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका जिल्लामा ज्यान गुमाउनु भएका सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा विदेशी नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

महिलाहरूको महान चाड हरितालिका तीजको शुभ अवसरमा विद्यालय परिवारकाे  तर्फबाट सम्पूर्ण माताहरू, अभिभावকज्यूहरू,  हाम्रा प्य...
14/09/2026

महिलाहरूको महान चाड हरितालिका तीजको शुभ अवसरमा विद्यालय परिवारकाे तर्फबाट सम्पूर्ण माताहरू, अभिभावকज्यूहरू, हाम्रा प्यारा बाबुनानी, शिक्षिकाज्यूहरू साथै स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना!
यस विशेष पर्वले हाम्रा साना बाबुनानीहरूको मुहारमा सधैँ खुसी ल्याओस्, उनीहरूको बाल्यकाल अझ उज्यालो बनोस् र परिवारमा सुस्वास्थ्य, शान्ति तथा आपसी सद्भाव कायम रहोस् भन्ने कामना गर्दछौं। हाम्रा नानीहरूको कलिलो मनमा मौलिक चाडपर्व र संस्कृतिको माया सधैँ बसिरहोस्!
शुभ तीज!

हाम्रो संस्कृतिमा कुशे औँसी (बुबाको मुख हेर्ने दिन) को ठूलो धार्मिक, सामाजिक र भावनात्मक महत्व छ। यस दिन कुशको पूजा गरी ...
11/09/2026

हाम्रो संस्कृतिमा कुशे औँसी (बुबाको मुख हेर्ने दिन) को ठूलो धार्मिक, सामाजिक र भावनात्मक महत्व छ। यस दिन कुशको पूजा गरी घरमा भित्र्याइने गरिन्छ भने जन्म दिने बुबालाई विशेष सम्मान, स्नेह र उपहार प्रदान गर्दै मुख हेर्ने गरिन्छ।

कुशे औँसीको सांस्कृतिक तथा धार्मिक महत्व:

- पवित्र कुशको महत्व: यस दिन वर्षभरि घरमा गरिने देवकार्य तथा पितृकार्यमा आवश्यक पर्ने पवित्र ‘कुश’ (एक प्रकारको पवित्र घाँस) जजमानकहाँ पुर्याउने धार्मिक परम्परा छ। यसलाई वैज्ञानिक रूपमा पनि औषधीय गुण भएको र विकिरण रोक्ने वनस्पति मानिन्छ।

- पितृ सम्मान (बुबाको मुख हेर्ने दिन): जीवित बुबालाई मनपर्ने भोजन खुवाएर, कपडा र उपहार दिएर आशीर्वाद लिने चलन छ भने, परलोक भइसकेका बुबाका नाममा गोकर्णेश्वर वा अन्य पवित्र तीर्थस्थलमा गएर तर्पण, पिण्डदान तथा सिदा दान गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिन्छ।

चेयुवा पुस्ताको सोच, सचेतना र परिवर्तनको, भदौ २३ र २४ को सन्दर्भलाई स्मरण गर्दै, आज हामी देशमा सुशासन, अभिव्यक्ति स्वतन्...
08/09/2026

चेयुवा पुस्ताको सोच, सचेतना र परिवर्तनको, भदौ २३ र २४ को सन्दर्भलाई स्मरण गर्दै, आज हामी देशमा सुशासन, अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचारमुक्त समाज र उज्ज्वल भविष्यको कामना गर्दछौं। परिवर्तनको यो लहरमा सहभागी बनौँ, किनकि भविष्य हाम्रो हातमा छ।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण मृतात्माहरूप्रति भावपूर्ण...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण मृतात्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। 💐
यस अप्रत्यासित प्राकृतिक विपत्तिमा आफ्ना प्रियजन गुमाउनुभएका शोककुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, यस कठिन परिस्थितिमा सबैलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने भगवान् श्रीकृष्णसँग प्रार्थना गर्दछौँ।
जन्माष्टमीको यस पावन दिनमा बाढी प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र उद्धार, राहत र पुनस्थापनाका लागि एकजुट भएर मद्दतको हात बढाऔँ।

Address

Sugam Marg 7
Pokhara
33700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779856001640

Alerts

Be the first to know and let us send you an email when Maria Montessori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Maria Montessori:

Shortcuts

Share

Category