Gurukul Bidhya Sadan

Gurukul Bidhya Sadan “Through Hard Work to the Stars”

हार्दिक बधाई तथा शुभकामना!!गुरुकुल विद्या सदन, पोखरा–९, बस्तोलाथरले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा च्याम्पियन बन्दै न...
21/09/2026

हार्दिक बधाई तथा शुभकामना!!
गुरुकुल विद्या सदन, पोखरा–९, बस्तोलाथरले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा च्याम्पियन बन्दै नेपालको सबैभन्दा ठूलो अन्तरविद्यालय U-18 फुटबल प्रतियोगिता Asian Paints Champions Cup मा राष्ट्रियस्तरमा सहभागी हुन काठमाडौं प्रस्थान गर्न लागेकोमा सम्पूर्ण गुरुकुल परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय मञ्चमा आफ्नो उत्कृष्ट प्रतिभा, अनुशासन, खेलभावना र मेहनत प्रस्तुत गर्दै गुरुकुलको गौरवलाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएका छौँ।
जितको शुभकामना!
गुरुकुलको शान—हाम्रो खेलाडीहरूको पहिचान! 🏆
All the very best, Gurukul Champions!

गुरुकुल विद्या सदनको गौरवपूर्ण सांगीतिक यात्रा निरन्तर!पोखरा सांगीतिक कलाकार संघ, नेपालद्वारा आयोजित चौथो अन्तरविद्यालय ...
20/09/2026

गुरुकुल विद्या सदनको गौरवपूर्ण सांगीतिक यात्रा निरन्तर!
पोखरा सांगीतिक कलाकार संघ, नेपालद्वारा आयोजित चौथो अन्तरविद्यालय ब्यान्ड प्रतियोगिता–२०८३ मा गुरुकुल विद्या सदन, पोखरा–९, ले उत्कृष्ट प्रस्तुति दिँदै द्वितीय स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण गुरुकुल परिवारलाई हार्दिक बधाई तथा शुभकामना! सन् २०२४ को विजेता बनेर हासिल गरेको गौरवलाई निरन्तरता दिँदै यस वर्ष पनि उत्कृष्ट प्रदर्शनसहित द्वितीय स्थान हासिल गर्नु हाम्रा विद्यार्थीहरूको प्रतिभा, मेहनत, अनुशासन र निरन्तर उत्कृष्टताको प्रमाण हो ❤️
त्यसैगरी, यस प्रतियोगितामा गुरुकुलका प्रतिभाशाली विद्यार्थी Ronix Sunar ले “Best Vocalist” को उपाधि हासिल गर्न सफल भएकोमा विशेष बधाई तथा शुभकामना! ❤️
यस गौरवपूर्ण यात्रामा निरन्तर मार्गदर्शन प्रदान गर्नुहुने रञ्जन गायक सर तथा प्रतीक लिम्बु सरप्रति विशेष आभार तथा हार्दिक धन्यवाद। साथै, आफ्नो अमूल्य साथ, हौसला र समर्थनमार्फत हाम्रो टिमलाई ऊर्जा प्रदान गर्नुहुने सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावक प्रति हार्दिक आभार ❤️
उत्कृष्टताको यात्रा निरन्तर ❤️

पाँचौँ मञ्जुबहादुर बस्नेत मेमोरियल अन्तरविद्यालय स्तरीय (छात्र) ह्यान्डबल प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै द्...
03/09/2026

पाँचौँ मञ्जुबहादुर बस्नेत मेमोरियल अन्तरविद्यालय स्तरीय (छात्र) ह्यान्डबल प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गर्न सफल गुरुकुल विद्या सदनको ह्यान्डबल टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गुरुकुल विद्या सदनले द्वितीय स्थानसहित नगद रु. १०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा खेलकुदप्रेमी गुरुकुल परिवारमा हार्दिक बधाई व्यक्त गर्दछौँ।

🏅 विधागत उत्कृष्ट खेलाडीहरू

🥇 सर्वोत्कृष्ट खेलाडी: संस्कार गुरुङ
🧤 सर्वोत्कृष्ट गोलरक्षक: शितल गुरुङ

तपाईंहरूको मेहनत, अनुशासन, टीम भावना र उत्कृष्ट खेल प्रदर्शनले गुरुकुलको गौरव अझ उँचो बनाएको छ। यो सफलता आगामी दिनका अझ ठूला उपलब्धिहरूको आधार बनोस्।

सम्पूर्ण गुरुकुल परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल खेलकुद भविष्यको शुभकामना!

यस गुरुकुल विद्या सदन, कक्षा XII व्यवस्थापन संकायका विद्यार्थीहरूको पोखरा औद्योगिक क्षेत्रमा आयोजित शैक्षिक औद्योगिक भ्र...
02/09/2026

यस गुरुकुल विद्या सदन, कक्षा XII व्यवस्थापन संकायका विद्यार्थीहरूको पोखरा औद्योगिक क्षेत्रमा आयोजित शैक्षिक औद्योगिक भ्रमण आज सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूले विभिन्न औद्योगिक गतिविधि, उत्पादन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा व्यावहारिक कार्यसम्पादनबारे प्रत्यक्ष अवलोकन गर्दै महत्वपूर्ण ज्ञान तथा अनुभव हासिल गरेका छन्। कक्षाकोठामा सिकेका व्यवस्थापनसम्बन्धी विषयवस्तुलाई व्यवहारसँग जोड्न यस भ्रमण निकै फलदायी र ज्ञानवर्धक रह्यो।
यस महत्वपूर्ण शैक्षिक भ्रमणलाई व्यवस्थित तथा सफल बनाउन विशेष सहयोग र व्यवस्थापन गरिदिनुहुने HR Head आदरणीय लक्ष्मण ढकाल सरप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। साथै, भ्रमणको व्यवस्थापन तथा समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विजय लामिछाने सरप्रति पनि विद्यालय परिवार तथा विद्यार्थीहरूको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🙏
विद्यार्थीहरूको सिकाइलाई व्यवहारिक, जीवन्त र अनुभवमूलक बनाउन गरिएको यस्तो प्रयासले उनीहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।

गुरुकुल बिद्यासदन मा.बि., बास्तोलाथर पोखराको तर्फबाट राष्ट्रिय बिपदको घडीमा हातेमालो गर्दै प्रधानमन्त्री राहत कोषमा  रूप...
27/08/2026

गुरुकुल बिद्यासदन मा.बि., बास्तोलाथर पोखराको तर्फबाट राष्ट्रिय बिपदको घडीमा हातेमालो गर्दै प्रधानमन्त्री राहत कोषमा रूपमा रु. १,००,००० (एक लाख) सहयोग गर्दछौं।
यो सहयोग केवल आर्थिक योगदान मात्र नभई विपदमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रतिको ऐक्यबद्धता, मानवता र जिम्मेवारीको सानो प्रयास हो।
विपदमा एकजुट बनौँ।
पीडितको जीवन पुनर्निर्माणमा हातेमालो गरौँ।
मानवता र नेपालीपन जोगाऔँ
धन्यवाद! 🇳🇵🙏

गुरुकुल विद्या सदन, पोखरा–९, नयाँबजारका विद्यार्थीहरूले मल्म युनाइटेड स्पोर्ट्स क्लबद्वारा आयोजित प्रथम गलकोटस्तरीय खुला...
25/08/2026

गुरुकुल विद्या सदन, पोखरा–९, नयाँबजारका विद्यार्थीहरूले मल्म युनाइटेड स्पोर्ट्स क्लबद्वारा आयोजित प्रथम गलकोटस्तरीय खुला छात्र भलिबल प्रतियोगिता–२०८३ अन्तर्गत अन्डर–१९ छात्र भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 🎉🏆 यस प्रतियोगितामा गुरुकुलका विद्यार्थीहरूले व्यक्तिगत विधातर्फ समेत उत्कृष्ट उपलब्धि हासिल गरेका छन्।
🏅 उत्कृष्ट लिबेरो: सुजल रोका
🏅 उत्कृष्ट ब्लकर: जयन बि.के.
🏅 उत्कृष्ट खेलाडी: लेख बहादुर परियार (अनिश)
विद्यार्थीहरूको यस उत्कृष्ट उपलब्धिले विद्यालय परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनमा पनि खेलकुदका साथै शिक्षाका हरेक क्षेत्रमा अझ उत्कृष्ट सफलता प्राप्त गर्न सकून् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

नेपाली भाषा शिक्षक परिषद्, कास्कीको आयोजनामा सञ्चालित आधारभूत तह (कक्षा १–५) स्तरीय नेपाली श्रुतिलेखन प्रतियोगितामा गुरु...
24/08/2026

नेपाली भाषा शिक्षक परिषद्, कास्कीको आयोजनामा सञ्चालित आधारभूत तह (कक्षा १–५) स्तरीय नेपाली श्रुतिलेखन प्रतियोगितामा गुरुकुल विद्या सदनकी विद्यार्थी इभान्सी बरालले चतुर्थ स्थान हासिल गरेकी छन्।

कास्की जिल्लाका विभिन्न विद्यालयबाट ६५ जना विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगितामा बरालले उत्कृष्ट प्रदर्शन गर्दै चतुर्थ स्थान हासिल गर्न सफल भएकी हुन्।

उत्कृष्ट प्रदर्शन गर्दै चतुर्थ स्थान प्राप्त गर्न सफल बराललाई विद्यालयको बिहानी सभामा सम्मान गरिएको छ। सो अवसरमा विद्यालयका प्राचार्य भुवन सुवेदी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कार्कीले विद्यार्थी बराललाई बधाई दिँदै उनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो।

बरालको यस उपलब्धिले विद्यालय परिवारमा खुसी थप्नुका साथै अन्य विद्यार्थीलाई पनि नेपाली भाषाप्रतिको रुचि बढाउँदै आफ्नो प्रतिभा र क्षमता विकास गर्न प्रेरणा मिलेको विद्यालयले जनाएको छ।

हिसान कास्कीद्वारा आयोजित नेपाली निबन्ध प्रतियोगितामा यस गुरुकुल बिद्यासदन कक्षा ११ मा अध्ययनरत छात्रा बिमला माया मानन्ध...
18/08/2026

हिसान कास्कीद्वारा आयोजित नेपाली निबन्ध प्रतियोगितामा यस गुरुकुल बिद्यासदन कक्षा ११ मा अध्ययनरत छात्रा बिमला माया मानन्धरले द्वितीय स्थान प्राप्त गरी विद्यालयको गरिमा बढाउन सफल भएको यस क्षणमा हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना
साथै निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।

A field Visit at HIMALAYAN HIDEAWAY RESORT KASKIKOT with our aspiring Students of Hotel Management Grade XII and respect...
09/08/2026

A field Visit at HIMALAYAN HIDEAWAY RESORT KASKIKOT with our aspiring Students of Hotel Management Grade XII and respected Faculties.

Gurukul Bidhya Sadan Secondary School extends its heartfelt congratulations to Srijan Thapa on his remarkable achievemen...
05/08/2026

Gurukul Bidhya Sadan Secondary School extends its heartfelt congratulations to Srijan Thapa on his remarkable achievement of being awarded “Outstanding Delegate” in the UNHRC Committee at Motherland Model United Nations (MMUN)-8.0, organized by the Motherland MUN Club in collaboration with the Nepal-U.S. Alumni Network (NUSAN) on **1st and 2nd August 2026.

This prestigious recognition reflects Srijan’s exceptional diplomacy, critical thinking, leadership, confidence, and commitment to addressing global issues. His outstanding performance has not only brought pride to himself but has also added another glorious achievement to the Gurukul family.

Your dedication and excellence inspire the entire Gurukul community.

We wish you continued success in all your future endeavors. May this milestone be the beginning of many more remarkable achievements.

Address

Nayabazar
Pokhara
33700

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97761573511

Alerts

Be the first to know and let us send you an email when Gurukul Bidhya Sadan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category