Shree Pardi Secondary School

Shree Pardi Secondary School

Share

"Innovative education for a changing world."

20/05/2026
Photos from Shree Pardi Secondary School's post 16/05/2026

Art done on Ms Paint by class 4

14/05/2026

पछिल्ला वर्षहरुमा कक्षा १२ को परीक्षामा निरन्तर ८०% भन्दा बढी विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएको गौरवपुर्ण किर्तिमान सहित शैक्षिकसत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना खुल्यो ।।

14/05/2026

SEE ग्रेडवृद्धिको Routine आयो है!!

13/05/2026

अस्ति एसईईको परीक्षाफल निस्कियो । परिक्षाफल निस्किएको केही समय भित्रै अधिकांश परिक्षार्थीहरुले नतिजा थाहा पाए । यसका साथै सामाजिक सञ्जालमा अभिवावक तथा बिद्यालयहरुले उत्तीर्ण भएकाहरुलाई शुभकामना दिन थाले । तर हाम्रो समयमा निकै गाह्रो हुन्थ्यो, परिक्षाफल थाहा पाउन पनि । परिक्षाफल प्रकाशित हुने एउटै माध्यम गोरखापत्र मात्र हुन्थ्यो । जसले गर्दा उपत्यकामा रहेकाहरु भूगोलपार्क नजिकै रहेको गोरखापत्रको प्रेस भएकै ठाउँ पुग्दथे । काठमाडाै बाहिरकाहरु भने उपत्यकामा बसेका साथीभाइहरुलाई फोन गरेर परिक्षाफल बुझिदिन सहयोग माग्दथे ।

गोरखापत्रमा नतिजा प्रकाशित हुनु अगाडि भने नेपाल राजपत्रमा नै छापिन्थे । त्यो बेला प्रवेशिका उतिर्ण गर्नु भनेको ठूलै उपलब्धि हुने गर्दथ्यो ।

शुरुमा अहिलेको एसईई सरहको म्याट्रिकुलेशनको परीक्षा भने कलकत्ता विश्व विद्यालयले लिने गर्दथ्यो । बि.सं. १९३६ देखि कलकत्ता विश्व विद्यालयले म्याट्रिक परीक्षा लिने गरेकोमा १९८० देखि भने पटना विश्व विद्यालयबाट सम्वन्धन प्राप्त गरेको थियो । बि.सं. १९३६ मा कलकत्तामा म्याट्रिक परीक्षा दिन जङ्गबहादुरका भतिजा खड्गशमशेर पहिलो पटक कलकत्ता पुगेका थिए । तर परीक्षा अगाडि लिइने इन्ट्रान्समा नै फेल भए । जसले गर्दा म्याट्रिकुलशन परीक्षा दिन पाएनन् । बि.सं. १९३७ मा म्याट्रिकुलशन परीक्षा दिन चन्द्रशम्शेर कलकत्ता पुगे र उतिर्ण पनि भए । चन्द्रशमशेर राणा परिवार भित्रमा पहिलो म्याट्रिक उतिर्ण गर्नेमा पर्न पुगे । म्याट्रिक उतिर्ण गरेपछि चन्द्रशमशेरले कलकत्ता विश्व विद्यालयमा नै पढाइ सुचारु राखे । तर बि.सं. १९४० मा बाबु धीरशमशेरको निधनको समाचार सुनेपछि फर्केका चन्द्रशमशेर फेरी पढाइ पुरा गर्न कलकत्ता पुग्न नै पाएनन् ।

त्यो बेला म्याट्रिकुलशनको परीक्षा दिन कलकत्ता तथा पटना जाँदा बिद्यार्थीहरुका लागि सम्पूर्ण ब्यबस्था सरकारले नै गरिदिन्थ्यो । जाने आउने तथा बस्ने खाने ब्यबस्था सरकारबाट नै हुने गर्दथ्यो । बि.सं. १९८५ मा म्याट्रिकुलशन वोर्ड (म्याट्रिकुलेशन परीक्षा केन्द्र) को गठन नेपालमा नै भयो । बि.सं. १९९० कार्तिक १६ गते जुद्धशमशेरले एसएलसी परीक्षा बोर्ड (प्रवेशिका परीक्षा) को गठन संगै परीक्षा दिन पटना जानुपर्ने बन्द भयो । परीक्षा नेपालमा नै दिन पाउने भयो । तर परीक्षाको तैयारी प्रश्नपत्र तथा परीक्षाफलको प्रकाशन भने सबै पटना विश्व विद्यालयले नै गर्दथ्यो । परीक्षाको केही दिन अगाडि पटना विश्वविद्यालयबाट सुपरिटेण्डेण्टहरु आउँथे परीक्षा लिन्थे र उत्तरपुस्तिकाको पोको लिएर पटना फर्कन्थे । नतिजा पटना विश्वविद्यालयले नै प्रकाशित गर्दथ्यो । बि.सं. २००३ सालबाट भने नेपालमा नै परीक्षाको सम्पूर्ण तैयारी तथा नतिजा निकाल्ने काम भयो । यसपछि भने म्याट्रिकुलेशन परीक्षाको नाम पनि प्रवेशिका परीक्षा तथा एसएलसी भन्न थालियो ।

१९९० सालमा परीक्षा वोर्डको गठन पछि नेपालमा नै परीक्षा लिने तैयारी भयो । पुसको अन्तिम साता परीक्षाको तालिका प्रकाशित भयो । परीक्षाका लागि ३४ विद्यार्थीले फारम भरे । जसमा एक मात्रै छात्रा सुवर्ण कुमारी देवी थिइन् । तर परीक्षाको दिन भने उनि सम्मिलित भइनन् । यसरी नेपालमा पहिलो पटक एसएलसीको परीक्षा शुरु त भयो । तर परीक्षा समाप्त नहुँदै अचानक माघ २ गते महाभूकम्प आयो । दरवार हाइस्कुलमा पनि क्षति पुग्यो । दरवार हाइस्कुलको दक्षिण भागका कोठाहरुमा एसएलसी परीक्षा सञ्चालन गरिएका थिए, त्यहा क्षति हुन पुग्यो । यसरी रोकिएको एसएलसी पाँच महिना पछि १९९१ को जेठमा मात्रै सञ्चालन हुन सक्यो । दरवार हाइस्कुलमा क्षति पुगेका कारण बाकी परिक्षा भने टुँडिखेलको खुला मैदानमा नै गराइयो । दरवार हाइस्कुलको आफ्नो भवन पूननिर्माण नहुँदा सम्म सम्पूर्ण पढाइ त्रिचन्द्र कलेजमा गराइएको थियो । यसको नतिजा पनि ढिलो गरि प्राप्त भयो । जसमा प्रथम श्रेणीमा कोही पनि उतिर्ण हुन सकेनन् । दोश्रो श्रेणीमा १० जना उतिर्ण भए भने तेश्रो श्रेणीमा ९ जना उतिर्ण भए । यसरी पहिलो एसएलसी परीक्षामा १ अनुपस्थित, १४ अनुतिर्ण र १९ बिद्यार्थी उतिर्ण भएका थिए । यस पहिलो एसएलसीमा भक्तपुरका पुष्पभक्त मल्ल नेपालकै इतिहासमा पहिलो बोर्ड फस्ट हुने सौभाग्य पाएका थिए ।

१९९० सालमा एक छात्राले प्रवेशिका परीक्षाका लागि फारम भरे पनि अनुपस्थित रहेकोमा त्यसपछि १२ वर्षसम्म कुनै पनि छात्रा परीक्षामा सम्मिलित भएनन् । २००२ सालमा ब्रम्हशमशेरकी छोरी लेख राज्यलक्ष्मी देवी राणाले कुनै विद्यालयमा नियमित अध्ययन नगरि नीजि रुपमा परिक्षामा सहभागी भएर उतिर्ण गरेकी थिइन् । यसपछि २००४ सालमा बल्ल एकैपटक चार छात्रा साहना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंहले नियमित रुपमा प्रवेशिका परीक्षा दिएका थिए । र उतिर्ण समेत भएका थिए ।

एसएलसीको परिक्षाको नतिजा २००७ सालदेखिको नतिजा नेपाल राजपत्रमा पनि छापिन थालेको थियो । केही वर्ष राजपत्रमा नतिजा प्रकाशित भए पनि पछि बिद्यार्थीहरुको संख्या अत्यधिक हुन थाले पछि नतिजा गोरखापत्रमा छापिन थाल्यो । यसरी गोरखापत्रमा बोर्डमा आउनेहरुको नामावली आउँदा बिद्यार्थीहरु मात्र होइन अविभावकहरु पनि गर्व गर्न पाउँथे । तर दोश्रो जनआन्दोलनको सफलता पछि देशले आबश्यक भन्दा अनावश्यक कुराहरुको पनि परिवर्तन ल्यायो । परिक्षाको नतिजाको साथ बोर्डमा आउनेहरुको नामावली नराखिने निर्णय भयो । जसअनुसार बि.सं. २०६२ सालको नतिजा २०६३ सालमा प्रकाशित गरिँदा बोर्डको नामावली हटाइयो । यसको दश वर्ष पछि फेरी अर्को परिवर्तन भयो । नतिजा अंकमा र प्रतिशतमा राखिने गरिएकोमा बि.सं. २०७२ सालमा परीक्षा दिएकाहरुको २०७३ सालमा नतिजा प्रकाशित हुँदा प्रतिशतबाट मुल्यांकन हुने पद्दती हटाएर ग्रेड राख्न थालियो । साथै २०७३ सालमा आइपुग्दा एसएलसीको नाम नै परिवर्तन गरेर एसईई राखियो ।

एसएलसी परिक्षाको लामो इतिहासमा बि.सं. २००७ सालमा प्रजातन्त्रको आगमनका कारण दुई पटक परिक्षा लिइयो । दुई बिद्यार्थीलाई बोर्ड फस्ट घोषणा गरियो । २०३२ साल देखि ३४ सम्म भने नयाँ शिक्षा प्रणालीबाट र पुरानो शिक्षा प्रणालीबाट छुट्टाछुट्टै परीक्षा भएको थियो ।

एसएलसीलाई एसईई गरिँदा र माध्यामिक बिद्यालको अन्तिम परीक्षाका रुपमा कक्षा १२ लाई स्विकार गरिसक्दा पनि एसईई परिक्षा लिने प्रणाली भने उहिलेको एसएलसी जस्तै नै छ । वास्तविकतामा भन्ने हो भने यो केवल सामान्य ८, ९ को परिक्षा झै १० कक्षाको परिक्षा मात्रै हुनुपर्ने हो । साथै बिद्यार्थीहरुमा बिशेष परीक्षाको रुपमा लिइदा र महत्व भने ८, ९ को सामान्य परिक्षा जस्तै हुँदा मानसिक रुपले भने बिद्यार्थीहरु भने फलामे ढोका नै सम्झन तथा मान्न बाध्य छन् । अनावश्यक रुपमा बिद्यार्थी र अविभावकलाई दवाव र नीजि विद्यालयहरुको आर्थिक उपार्जन तथा अनावश्यक विज्ञापन गरिँदै आएकोले एसईई हटाइनु पर्दछ । यसको आबश्यकता र महत्व अहिलेको शिक्षा प्रणालीमा छैन । बिद्यालयको साधारण परिक्षा सरहको १० कक्षा पास भए पछि ११ र १२ पढ्न दिइनु पर्दछ । यहाँ मापदण्डका आबश्यकता राखिनु हुँदैन । (सुनिल उलककाे वालबाट साभार)

11/05/2026

BOOM! रिजल्ट आयो
४८,३९२ परीक्षार्थीले SEE मा ३.६० जीपिए कटाएका छन्।

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Gharipatan-17, Pokhara , Mustang Chok
Pokhara
33700PHNO:061-450017

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00