03/09/2026
हार्दिक धन्यवाद तथा उज्ज्वल भविष्यको शुभकामना !!
--------------------------------------------------
Brace Educational Consultancy Pvt. Ltd. मा लामो समयसम्म समर्पित भई इमानदारी, मेहनत र जिम्मेवारीका साथ आफ्नो महत्वपूर्ण योगदान पुर्याउनु हुने रेजिना शाहीप्रति सम्पूर्ण Brace परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।
यहाँ कार्यरत रहँदा तपाईंले देखाउनुभएको लगनशीलता, सहयोग, समर्पण तथा संस्थाप्रतिको जिम्मेवारी हाम्रो Brace परिवारका लागि सधैं स्मरणीय रहनेछ। तपाईंको मेहनत र योगदानले संस्थाको यात्रामा महत्वपूर्ण भूमिका खेलेको छ।
अब तपाईंको Visa Granted भई आफ्नो नयाँ यात्रा तथा करियरको अवसरतर्फ अगाडि बढ्दै गर्दा हामी अत्यन्त खुशी छौं। Brace Education मा बिताउनुभएको समय र तपाईंसँगको सहकार्यलाई हामी सधैं सम्मानपूर्वक सम्झिरहनेछौं।
तपाईंको आगामी शैक्षिक यात्रा, करियर तथा जीवन अझ सफल, सुखद र उज्ज्वल बनोस् भन्ने सम्पूर्ण Brace परिवारको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नयाँ यात्राको लागि धेरै धेरै शुभकामना !