SEE पुरक परीक्षार्थी भाइबहिनीहरू साधारण तथा प्राविधिक धार दुबैको परीक्षा केन्द्र फिदिम मा.वि. हो है ।
श्री थर्पु माध्यमिक विद्यालय, याङ्गवरक-४, पाँचथर
It is a high school located at Yangwarak -4 Panchthar Nepal
13/06/2026
हिजोँ मिति २०८३ जेष्ठ २९ गते शुक्रबार यसै विद्यालयमा अध्ययनरत विद्यार्थीहरु साथै १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिताको प्रदेश तथा केन्द्र स्तरीय प्रतियोगितामा सहभागी भई पदक हासिल गर्ने उशु तथा तेक्वान्दो खेलका खेलाडीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ । जसमा सम्मानित हुने खेलाडीहरुमा प्रदेश स्तरीय प्रतियोगितामा उशु थाओलु महिला छाङ्गछ्वान विधामा प्रथम र केन्द्र स्तरीय प्रतियोगितामा तृतीय हुने खेलाडी रेशिका काम्बाङ, प्रदेशमा पुरुष थाइची छ्वान विधामा प्रथम र केन्द्र स्तरीय प्रतियोगितामा तृतीय हुने खेलाडी हुने खेलाडी गौरव विक, प्रदेशमा पुरुष छाङ्गछ्वान विधामा द्वितीय हुने खेलाडी प्रज्ज्वल सुन्दास त्यसैगरी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने तेक्वान्दो महिला ४४ केजी तौल समूहकी खेलाडी अनुजा श्रेष्ठ र पुरुष ५५ केजी तौल समूहका खेलाडी संदेश माबो रहेका छन् ।
10/06/2026
लगातार दोश्रो पटक राष्ट्रिय स्तरमा राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगितामा उशु विधामा उत्कृस्ट प्रदर्शन गर्दै समग्र कोशी प्रदेश, पाँचथर जिल्ला, यांगवरक गाउँपालिका र यस थर्पु माध्यमिक विद्यालयको गरिमालाई थप उचाईमा पुर्याउन योगदान गर्ने परिश्रमी अनि अनुशाशित विद्यार्थीहरु रेशिका काम्बाङ र गौरव बिक लाई हार्दिक बधाई तथा आगामी दिनमा पनि अझ उच्च स्तरको सफलताको कामना सहित सम्पूर्ण विद्यालय परिवार शुभकामना व्यक्त गर्दछौँ | 🎉✨
कक्षा ११ को कक्षा सञ्चालन सम्बन्धी सूचना !!!
शैक्षिक शत्र २०८३ का लागि यस विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थी भाइबहिनीहरूको कक्षा सञ्चालन मिति २०८३ असार १ गते देखि नियमित रूपमा हुने जानकारी गराइन्छ ।
10/06/2026
SEE पूरक परीक्षाको समयतालिका !
यस विद्यालयबाट परीक्षामा सहभागी हुने साधारण र प्राविधिक दुबै समूहका विद्यार्थी भाइबहिनीहरूको परीक्षा केन्द्र फिदिम मा.वि. फिदिम, पाँचथर ।
कक्षा १२ को कक्षा सञ्चालन सम्बन्धी सूचना !!!
कक्षा ११ उर्त्तीण गरी कक्षा १२ मा प्रवेश गरेका भाइबहिनीहरूको कक्षा
सञ्चालन मिति २०८३ असार १ गते देखि नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ ।
SEE पूरक परीक्षाको प्रवेश पत्र वितरण सम्बन्धी सूचना !!!
मिति २०८३ असार १ गते देखि सुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) पूरक परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण परीक्षार्थी भाइबहिनीहरूको प्रवेश पत्र वितरण भइरहेको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
04/06/2026
भावपूर्ण श्रद्धाञ्जली!!!
यस विद्यालयका शिक्षक श्री देव प्रसाद हजामका पुजनीय पिता शिवसताक्षि ६ झापा निवासी भजन लाल ठाकुर वि.सं. २०१६ मंसिर १० गते जन्मनुभई जीवन यापनको क्रममा आज मिति २०८३ जेष्ठ २१ गतेका दिन भएको असमायिक निधनले विद्यालय परिवार मर्माहत एवं स्तब्ध भएको छ । मृत आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पितृ वियोगबाट आहत शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
विद्यार्थीहरूको बैंक खाता खोल्ने सम्बन्धी सूचना !!!
यस विद्यालयबाट प्राविधिक धार अन्तर्गत बाली विज्ञान समूहबाट गत वर्ष २०८२ को SEE परीक्षामा सहभागी भई OJT मा सहभागी भइरहेका र यस वर्ष कक्षा ११ को परीक्षामा सहभागी भएका तथा यस वर्षकै कक्षा १२ को परीक्षा दिएर OJT मा सहभागी भइरहेका विद्यार्थीहरुले हिमालयन बैकमा अनिवार्य बचत खाता मिति २०८३ जेठ २५ गते भित्र खोल्नुपर्ने भएकोले सम्बन्धित सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Yangwarak-4, Tharpu Bazzar, Panchthar
Phidim
57400
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |