Shree Kushadevi Secondary School

Shree Kushadevi Secondary School Established in 2016 B.S., Shree Kushadevi Secondary School is a well reputed community school located at Panauti Municipality, Ward 2, Kavrepalanchowk.

We extend our heartiest gratitude to alumnus and social worker Mr. Rajkumar Humagain for contributing 30,000 rupees (Thi...
04/06/2026

We extend our heartiest gratitude to alumnus and social worker Mr. Rajkumar Humagain for contributing 30,000 rupees (Thirty thousand rupees) to the birthday fund on the occasion of his granddaughter Sanvi Gautam's birthday (daughter of USA resident Nilima Gautam). He also distributed sweets to about 170 primary-level students. We wish Sanvi good health, happiness, progress, and prosperity.

कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत सामाजिक उद्यमशीलता सिक्दै विद्यार्थीहरू ✨☕📚२०८३ जेष्ठ १३ गते हाम्रो विद्यालयका वि...
30/05/2026

कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत सामाजिक उद्यमशीलता सिक्दै विद्यार्थीहरू ✨☕📚

२०८३ जेष्ठ १३ गते हाम्रो विद्यालयका विद्यार्थीहरूले फ्रिडम टु लर्न नेपालद्वारा पनौती–७, इन्द्रेश्वर मन्दिरको पश्चिम ढोका नजिक सञ्चालित पनौती क्याफे को शैक्षिक भ्रमण गरेका छन्।

यो भ्रमण केवल क्याफे अवलोकनमा सीमित रहेन; विद्यार्थीहरूले सामाजिक उद्यमशीलता (Social Entrepreneurship) को वास्तविक अभ्यासलाई नजिकबाट बुझ्ने अवसर पाए। मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा स्थापित यस क्याफेले आफ्नो आम्दानीलाई शिक्षा तथा समुदाय विकासमा कसरी पुनः लगानी गर्छ भन्ने विषयमा उनीहरूले महत्वपूर्ण जानकारी हासिल गरे।

भ्रमणका क्रममा विद्यार्थीहरूले क्याफेको दैनिक सञ्चालन प्रक्रिया, व्यवसाय व्यवस्थापन, ग्राहक सेवा, वित्तीय पक्ष, लगानी तथा सञ्चालन खर्चका बारेमा सिकेका थिए। साथै, एउटा सानो व्यवसायले समाजमा सकारात्मक परिवर्तन ल्याउन कसरी योगदान गर्न सक्छ भन्ने प्रेरणादायी उदाहरण पनि उनीहरूले प्रत्यक्ष रूपमा देख्न पाए।

विद्यार्थीहरूले पनौती क्याफेमा हरेक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने निःशुल्क ट्युसन कक्षाबारे जानकारी प्राप्त गरे, जहाँ विभिन्न विद्यालयका विद्यार्थीहरूलाई अतिरिक्त शैक्षिक सहयोग प्रदान गरिन्छ।

भ्रमणको क्रममा उनीहरूले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको Indreshwar Mahadev Temple तथा त्यहाँ रहेको संग्रहालयको समेत अवलोकन गरेका थिए।

शिक्षा, उद्यमशीलता, सामाजिक उत्तरदायित्व र सांस्कृतिक सम्पदालाई एकैसाथ जोड्ने यस प्रकारका अनुभवहरूले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई जीवनोपयोगी सीप, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।

“व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र होइन, समाज परिवर्तनको शक्तिशाली साधन पनि बन्न सक्छ” भन्ने सन्देश यस भ्रमणले विद्यार्थीहरूलाई दिएको छ।

📸 यस अविस्मरणीय शैक्षिक भ्रमणका केही झलकहरू।

On 13th Jestha 2083, students from our school had the opportunity to visit Panauti Café, a social enterprise operated by Freedom To Learn Nepal near the western gate of Indreshwar Mahadev Temple in Panauti-7.

This educational visit was much more than a café tour. It provided students with a valuable opportunity to learn about social entrepreneurship in practice. They explored how a non-profit-distributing company can generate income while reinvesting its earnings to support education and community development.

During the visit, students gained insights into the daily operations of a café, including business management, customer service, financial planning, startup costs, and operational expenses. More importantly, they witnessed how a small business can create a meaningful social impact and contribute to positive change within the community.

The students also learned about the free tuition classes conducted at Panauti Café every day from 4:00 PM to 6:00 PM, providing additional educational support to children from both public and private schools.

In addition, they visited the historic and culturally significant Indreshwar Mahadev Temple and the museum located within the temple premises, enriching their understanding of local heritage and history.

By connecting education, entrepreneurship, social responsibility, and cultural heritage, this experience helped students develop practical knowledge, leadership skills, and a deeper sense of responsibility toward their communities.

This visit reinforced an important message: business is not only about making profit—it can also be a powerful tool for creating positive social change.

📸 Here are some highlights from this inspiring educational visit.

मिति २०८३/०२/१२ गतेका दिन हाम्रो विद्यालयमा  बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका पुर्व सचिव आदरणीय डा. चन्द्र प्रसाद...
26/05/2026

मिति २०८३/०२/१२ गतेका दिन हाम्रो विद्यालयमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका पुर्व सचिव आदरणीय डा. चन्द्र प्रसाद लुइटेल सरले शैक्षणिक प्रकृयाका सन्दर्भमा आवश्यक मार्गनिर्देशन र सुझाव दिनुभएको छ।
साथमा विद्यालयलाई माया गर्नुहुने पशु सेवा कार्यालय काभ्रेका पुर्व प्रमुख आदरणीय राजकुमार हुमागाइ सर पनि उपस्थित रहनुभएको थियो।दुबैजना आदरणीय व्यक्तित्वलाई विद्यालय परिवार स्वागत गर्दै हार्दिक धन्यवाद र आभार प्रकट गर्दछ।

आज हाम्रो विद्यालयमा आयोजित विशेष सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।बलबहादुर सुर्यकुमारी प्रतिष्ठान द्वारा आयो...
22/05/2026

आज हाम्रो विद्यालयमा आयोजित विशेष सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
बलबहादुर सुर्यकुमारी प्रतिष्ठान द्वारा आयोजित तथा हाम्रो विद्यालयद्वारा संयोजित SEE उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष क्याप्टेन रामेश्वर थापा को सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रमको सुरुवातमा हाम्रो विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीकृष्ण थापा ले स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षा, मेहनत र समुदायको साझा सहकार्यले नै विद्यार्थीहरुको भविष्य उज्ज्वल बन्ने विश्वास व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. १, २ र ३ अन्तर्गतका विभिन्न विद्यालयका उत्कृष्ट SEE उत्तीर्ण विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो।

हाम्रो विद्यालयकी प्रतिभाशाली छात्रा इभाना सापकोटा ले SEE मा ३.९६ GPA हासिल गर्दै विद्यालयको इतिहासमै अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छन्। उहाँलाई पनौती नगरपालिका वडा नं. २ को तर्फबाट थप रु. १०,००० नगद पुरस्कार प्रदान गरिएको गौरवपूर्ण क्षणले सम्पूर्ण विद्यालय परिवारलाई खुशी र उत्साह थपेको छ।

त्यसैगरी, विद्यालयको तर्फबाट आफूले अध्यापन गर्ने विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल आदरणीय शिक्षकहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो।

यस कार्यक्रमले विद्यार्थीहरुको मेहनत, शिक्षकहरुको समर्पण तथा सामुदायिक विद्यालयप्रतिको विश्वासलाई अझ बलियो बनाएको अनुभूति गरेका छौं।
सम्पूर्ण सम्मानित विद्यार्थी, शिक्षक, अभिभावक तथा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौं। 🌸📚🏆
(Today, a special SEE Student Felicitation Program was successfully organized at our school. The program was organized by Balbahadur Suryakumari Pratisthan and coordinated by our school under the chairmanship of Captain Rameshwar Thapa.

At the beginning of the program, the Chairperson of our School Management Committee, Shree Krishna Thapa, delivered the welcome speech, highlighting the importance of education, dedication, and community collaboration in shaping a brighter future for students.

During the event, SEE graduates from different schools of Panauti Municipality Wards No. 1, 2, and 3 were honored with cash prizes and recognition for their outstanding achievements.

We are especially proud that our talented student Ivana Sapkota achieved an exceptional GPA of 3.96, the highest result in the history of our school so far. In recognition of this remarkable achievement, Panauti Ward No. 2 awarded her an additional cash prize of NPR 10,000. This proud moment has brought great joy and inspiration to our entire school family.

Similarly, teachers from our school who achieved 100% results in the subjects they taught were also honored with cash awards in appreciation of their dedication and hard work.

This meaningful program further strengthened our belief in quality public education, academic excellence, and collective community support.
Heartfelt congratulations and sincere thanks to all the honored students, teachers, parents, organizers, and everyone who contributed to making the program a grand success. 🌸📚🏆)

22/05/2026

हार्दिक आभार Madani Beat परिवार!

21/05/2026
मिति २०८३/०२/०७ गते बुधबार हाम्रो विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई कामको संसार चिनाउने कार्यक्रम अन्...
21/05/2026

मिति २०८३/०२/०७ गते बुधबार हाम्रो विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत Banking Service र Veterinary service सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमलाई सफल पार्न सहजीकरण गर्नुहुने आदरणीय बद्री कुमार आचार्य सर र राम सुन्दर सापकोटा सर तथा कार्यक्रममा उपस्थित भएर विद्यार्थीहरुको हौसला बढाइदिनुभएकोमा वि. व्य. स. अध्यक्ष आदरणीय श्रीकृष्ण थापा सर र Ensure परियोजनाका कार्यक्रम अधिकृत रक्षा आचार्य मेडमलाई विद्यालय परिवार हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछ।

यस विद्यालयका अत्यन्त उर्जाशील एवं कुशल प्रधानाध्यापक आदरणीय माधवप्रसाद दहालज्यूलाई शुभजन्मोत्सवको हार्दिक शुभकामना व्यक...
18/05/2026

यस विद्यालयका अत्यन्त उर्जाशील एवं कुशल प्रधानाध्यापक आदरणीय माधवप्रसाद दहालज्यूलाई शुभजन्मोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दछौं!!!

We are delighted to welcome the newly admitted students for the academic session 2083 BS. We believe that you will activ...
15/05/2026

We are delighted to welcome the newly admitted students for the academic session 2083 BS. We believe that you will actively participate in the amazing journey of collaborative and transformative learning, keeping your spirits ever higher.

शैक्षिक सत्र २०८३ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ। आफ्नो उत्साहलाई सधैं उच्च राख्दै, तपाईंहरू सहकार्यात्मक र रूपान्तरणकारी सिकाइको यस अद्भुत यात्रामा सक्रिय रूपमा सहभागी हुनुहुनेछ भन्ने कुरामा हामी विश्वास गर्दछौँ।

14/05/2026

👏: संघर्षबाट सफलतासम्म-काभ्रे कुशादेवीकि इभाना सापकोटा। पनौतीकी प्रतिभाशाली छात्रा इभाना सापकोटाले कुशादेवी माध्यमिक विद्यालयबाट SEE परीक्षामा ३.९६ GPA प्राप्त गर्दै सम्पूर्ण नगरमै प्रथम स्थान हासिल गरेकी छन्। उनी निम्न स्तरीय परिवार बाट थिइन् जहा अभाव र दुख कष्टले पढ्न निकै कठिन रहन्छ तर आज उनको सफलता केवल राम्रो अंकको उपलब्धि मात्र होइन, मेहनत, अनुशासन, धैर्यता र आत्मविश्वासको प्रेरणादायी उदाहरण समेत बन्न पुगेको छ।आर्थिक अवस्था न्युन हुदा मात्र सरकारी स्कुलमा पढ्ने हो नतिजा राम्रो ल्याउन बोर्डिङ नै पढ्नुपर्छ भन्ने यो समाजलाई आज उनिले दिनरात दुख अभाव र कष्टमा हुर्कदै भएपनि सरकारी स्कुल बाट ३.९६ GPA ल्याएर पनौति नगर टप गर्दै गलत साबित गराईदिएकि छिन्।🙏❤️

Address

Panauti-2, Kavrepalanchok
Panauti Village
NA

Website

Alerts

Be the first to know and let us send you an email when Shree Kushadevi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category