Shree Gyanjyoti Community Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa

Shree Gyanjyoti Community  Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa

Share

It is an English Medium Lower Secondary School, established in 2061 B.S. at pokharathok, Madi, Palpa

Photos from Shree Gyanjyoti Community  Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa's post 18/06/2026

नेपाल स्काउट , लुम्बिनी प्रदेश , स्थानीय स्काउट समिती बगनासकाली गाउँपालिकाद्वारा आज मिति २०८३ असार ४ गते नेपाल स्काउटको ७५ औं स्थापना दिवसको पुर्वसन्ध्यामा आयोजित अन्तरक्रिया तथा विद्यार्थी दिक्षान्त समारोहमा यस विद्यालयमा संचालित ज्ञानज्योति स्काउट ट्रुपबाट ४० जना विद्यार्थीहरु बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपाने ज्यु , गाउँपालिकाकी अध्यक्ष श्री सरस्वती दर्लामी चिदि ज्यु, उपाध्यक्ष श्री हरि प्रसाद पाठक ज्यु , कार्यपालिका सदस्य श्री गीता रेग्मी ज्यु, स्काउटको मुख्य प्रशिक्षक श्री रमेश गैरे ज्यु, प्रशिक्षकहरु श्री बालकृष्ण गैरे ज्यु, निर्मल दर्लामी ज्यु, शिक्षा शाखा प्रमुख श्री निशा पाण्डे ज्यु , बालमैत्री शाखा प्रमुख श्री नारायण तिमिल्सिना ज्यु , वि.व्य.स तथा शि.अ.स. अध्यक्ष देवी प्रसाद न्यौपाने ज्यु , जीवलाल बस्याल ज्यु,खेलकुद समिति उपाध्यक्ष श्री डेन्जिङ रायमाझी ज्यु, स्थानीय स्काउट समिति पदाधिकारी ज्युहरु,गाउँपालिका कर्मचारी प्रेम बगाले ज्यु, शिक्षक स्टाफ, अभिभावक साथै विद्यार्थीहरुको उपस्थितिमा दिक्षित हुनुभएको छ । सम्पूर्णलाई हार्दिक बधाई साथै थप सफलताको शुभकामना व्यक्त गर्दछौं ।

Photos from Shree Gyanjyoti Community  Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa's post 16/06/2026

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय , स्वास्थ्य निर्देशनालय , स्वास्थ्य कार्यालय पाल्पाको आयोजना, बगनासकाली गाउँपालिका साथै पोखराथोक स्वास्थ्य चौकीको समन्वयमा यस विद्यालयको कक्षा ६ - ८ मा अध्ययनरत पहिलो र दोस्रो चरणको ( साउन - असोज, माघ-चैत ) २६ हप्ता आइरन फोलिक चक्की खाएका २३ जना किशोरीहरुको रक्तअल्पता परीक्षण कार्यक्रम मिति २०८३-०२-२९ गते यस विद्यालयमा सम्पन्न भएको छ । सान्दर्भिक र अति महत्त्वपूर्ण कार्यक्रम आयोजना साथै समन्वय गरि किशोरीहरुको स्वास्थ्य प्रती पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै आयोजक साथै समन्वय गर्नुहुने सबैप्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

Photos from Shree Gyanjyoti Community  Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa's post 15/06/2026

बगनासकाली गाउँपालिका द्वारा संचालित आधारभूत तह( कक्षा - ८) उत्तीर्ण परीक्षा - २०८२ मा यस विद्यालयबाट सहभागी विद्यार्थीहरु मध्ये स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा १३ जनाको ४ जि.पी, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयमा ३ जनाको ४ जि.पी साथै कम्प्युटर विज्ञान विषयमा ३ जनाको ४ जि.पी सहित सम्बन्धित विषयहरुमा गाउँपालिकामा नै सर्वोकृष्ट नतिजा दिन सफल हुनुभएकोमा यस विद्यालयका प्रधानाध्यापक श्री बालकृष्ण गैरे ज्यु, शिक्षक श्री किशोर गाहा ज्यु साथै शिक्षक श्री निर्मल दर्लामी ज्यु लगायत सम्पूर्ण विद्यार्थी , अभिभावक एवम् विद्यालय परिवारलाई हार्दिक बधाई साथै आगामी दिनमा समेत उत्कृष्ट कार्यसम्पादनको शुभकामना व्यक्त गर्दछौं । यो अमुल्य सम्मानका लागि शिक्षा शाखा सहित बगनासकाली गाउँपालिका परिवारलाई हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछौं ।

Photos from Shree Gyanjyoti Community  Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa's post 05/06/2026

आज मिति २०८३ जेठ २२ गते ( 5 June 2026 )का दिन बगनासकाली गाउँपालिका समृद्धिका लागि वन परियोजनाको आयोजना साथै यस विद्यालयको समन्वय तथा सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा वन, वातावरण तथा जैविक विविधता संरक्षण सम्बन्धि अनुशिक्षण तथा वृक्षरोपण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यस कार्यक्रम आयोजना गरि विद्यार्थी तथा शिक्षक स्टाफहरुलाई वातावरण संरक्षण सम्बन्धि सचेत गराउनुभएकोमा बगनासकाली गाउँपालिकाकी अध्यक्ष , उपाध्यक्ष, कार्यपालिका सदस्य, समृद्धिका लागि वन परियोजना शाखा प्रमुख , बालमैत्री फोकल पर्सन लगायत अन्य जनप्रतिनिधि ज्युहरु , कर्मचारी ज्युहरु साथै सिङ्गो गाउँपालिका परिवारलाई हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौं ।

Photos from Shree Gyanjyoti Community  Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa's post 02/06/2026

नेपाल तेक्वान्दो संघ द्वारा लुम्बिनी प्रदेशको दाङमा आयोजित ११ औं राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार (Kyorugi) - २०२६ साथै ४ औं राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार (Poomsae) -२०२६ मा पाल्पा जिल्लाबाट सहभागी भइ दुबै विधातर्फ तेक्वान्दो राष्ट्रिय रेफ्रीको अनुमतिपत्र प्राप्त गर्न सफल हुनुभएकोमा यस विद्यालयमा अध्यापनरत अत्यन्तै मेहनती, सहयोगी एवम् उर्जाशिल शिक्षक साथै तेक्वान्दो प्रशिक्षक श्री किशोर गाहा ज्यु लाई हार्दिक बधाई एवम् आगामी दिनमा समेत थप सफलताको शुभकामना व्यक्त गर्दछौं ।

Photos from Shree Gyanjyoti Community  Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa's post 20/05/2026

पोखराथोक स्वास्थ्य चौकी पाल्पा को आयोजनामा आज मिति २०८३ जेठ ६ गते यस विद्यालयमा अध्ययनरत कक्षा १ - ८ का सम्पूर्ण विद्यार्थी साथै सम्पूर्ण शिक्षकहरूलाई पोषण सप्ताहको अवसरमा स्वास्थ्य चौकी प्रमुख श्री सरोज काफ्ले ज्यु को उपस्थितिमा जुकाको औषधी खुवाउने साथै जुका सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।सहयोगका लागि हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछौं ।

17/05/2026

लुम्बिनी प्रदेश स्तरीय १७ औं राष्ट्रपति रनिङ शिल्ड प्रदेश छनोट प्रतियोगितामा पाल्पा जिल्लाबाट मार्सलआर्ट विधा अन्तर्गत तेक्वान्दो खेलमा यस विद्यालयमा संचालित ज्ञानज्योति तेक्वान्दो डाेजाङ बाट U- 51 KG तौलमा सहभागी खेलाडी धिरन जि.आर ले कास्य पदक हासिल गर्न सफल भएकोमा खेलाडी भाई सहित लुम्बिनी प्रदेश खेलकुद परिषद् , पाल्पा जिल्ला खेलकुद विकास समिति, जिल्ला तेक्वान्दो संघ, बगनासकाली गाउँपालिका परिवार, प्रशिक्षक , विद्यालय परिवार , अभिभावकहरु लगायत सहयोगी हातहरुलाई हार्दिक बधाई एवम् धन्यवाद व्यक्त गर्दछौं ।

बालकृष्ण गैरे देवी प्रसाद न्यौपाने
प्र अ अध्यक्ष
तथा विद्यालय परिवार वि. व्य.स

Photos from Shree Gyanjyoti Community  Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa's post 13/05/2026

पोखराथोक स्वास्थ्य चौकी पाल्पा को आयोजनामा आज मिति २०८३ वैशाख ३० गते यस क्षेत्रका नवजात शिशुको उमेर अनुसारको वृद्धि विकासलाई मध्यनजर गर्दै पोषिलो मिठो जाउलो बनाउने सम्बन्धि अभिमुखिकरण साथै जाउलो पकाएर खुवाउने कार्यक्रम यस विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रम यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री देवी प्रसाद न्यौपानेको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक श्री बालकृष्ण गैरेको आतिथ्यता साथै पोखराथोक स्वास्थ्य चौकीका प्रमुख श्री सरोज काफ्लेको संचालन तथा सहजीकरण, स्वास्थ्य चौकीका कर्मचारीहरु , स्वास्थ्य स्वयंसेविकाहरु, नवजात शिशुका आमा सहित शिशुहरु र शिक्षकस्टाफहरुको उपस्थितमा सम्पन्न भएको छ । सहयोगी हातहरुप्रती हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछौं ।

Photos from Shree Gyanjyoti Community  Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa's post 11/05/2026

पाल्पा जिल्ला स्तरीय १७ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगितामा बगनासकाली गाउँपालिकाबाट मार्सलआर्ट विधा अन्तर्गत तेक्वान्दो खेलमा यस विद्यालयमा संचालित ज्ञानज्योति तेक्वान्दो डाेजाङ बाट सहभागी खेलाडीहरुमध्ये १ स्वर्ण , ६ रजत साथै १५ कास्य पदक सहित २२ पदक हासिल गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी भाईबहिनीहरु, बगनासकाली गाउँपालिका परिवार , प्रशिक्षक , विद्यालय परिवार , अभिभावकहरु लगायत सहयोगी हातहरुलाई हार्दिक बधाई तथा धन्यवाद सहित स्वर्ण पदक विजेताहरुलाई प्रदेश स्तरीय खेलका लागि शुभकामना व्यक्त गर्दछौं ।

देवी प्रसाद न्यौपाने बालकृष्ण गैरे
अध्यक्ष प्र अ
वि. व्य.स तथा विद्यालय परिवार

Photos from Shree Gyanjyoti Community  Vidhyalaya, Baganaskali -2 Pokharathok,Palpa's post 05/05/2026

मिति २०८३ वैशाख २१ गते सोमबार पोखराथोक स्वास्थ्य चौकीको आयोजनामा बगनासकाली - २ पोखराथोकमा बसोबास गर्दै आएका यस विद्यालयमा अध्ययनरत ६ महिनादेखि ५ वर्ष उमेर समुहका २९ जना बालबालिकाहरूको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । सहयोगी मनहरुप्रती हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौं ।

Want your school to be the top-listed School/college in Palpa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Baganaskali/2, Pokharathok
Palpa
[email protected]