Youth Agricultural, Research & Devlopment Centre

Youth Agricultural, Research & Devlopment Centre

Share

हामी तपाइँहरुलाइ चाहिने सबै प्रकारका

06/07/2020
31/05/2020

िरा_रोक्न_नेपालमा_हामी_तुरुन्त_के_गर्न_सक्छौं ?

विश्वमा अन्य मुलुकमा यसको व्यवस्थापनमा गरिएका तौर तरिकालाई अध्ययन गर्दा र सो तयारीलाई नेपालमा पनि लागु कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा उल्लेखित विधिहरू गर्नुपर्ने जरुरी देखिन्छ ।

१. पहिले त सलह किरा छिमेकी देश भारतका राज्यहरूमा कसरी फैलिएको छ। त्यसको ट्र्याकिङ गर्नुपर्ने जरूरी देखिन्छ ।

२. नेपाल सरकारले नै यसलाई सम्भावित क्षति पुर्‍याउन सक्ने किराहरूको सूचीमा राखेर यस किराको बारेमा छलफल तथा व्यवस्थापनका विधिहरूका बारेमा पूर्वतयारी गर्नुपर्ने देखिन्छ ।

३. हाल प्रकोप भइरहेका अन्य किराहरू जस्तै अमेरिकन फौजी किरा, गोलभेडामा लाग्ने टुटालगायत अन्य हमलाकारी किराहरूलाई Invasive Insect Management Center को रुपमा विकास गरी किराको निरन्तर अनुगमन, अनुसन्धान एवं कृषकको स्तरमा प्रसार गर्नुपर्ने देखिन्छ ।

४. नेपाल सरकारले सार्क क्षेत्रमा नै यस्ता किराहरूको व्यवस्थापनका लागि क्षेत्रीय स्तरमा छलफल एवं सहकार्य बढाउनुपर्ने देखिन्छ । भारत तथा पाकिस्तानमा फैलिसकेको यो किरा अन्य सार्क मुलुक जस्तै– बंगलादेश, भुटानमा फैलन नदिन अपनाउन सकिने जैविक बारलगायत अन्य विधिहरूको बारेमा पनि तत्काल छलफल चलाउनुपर्ने देखिन्छ ।

५. नेपालभरि छरिएर रहेका विभिन्न सरकारी एवं‌ गैह्रसरकारी संघसंस्था, कृषि अनुसन्धान गर्ने एवं‌ विश्वविद्यालयको सहकार्यमा विज्ञ टिम गठन गरी यसको नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउनका लागि अब ढिला गर्नुहुँदैन ।

डा. तिवारी

28/05/2020

#कागती
कागती फलको महत्व के हो?
कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो।जुन अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ ।
#खेती_गर्ने_तरिका:
कागती खेतीको लागी हावापानी
बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिन्छ ।र सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्दछ ।

कागती खेतीको लागी माटोको
जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५. सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त हुन्छ।र यसालि व्यवसायीक बगैंचा स्थापना गर्दा ३x३ मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ ।भने पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौट गर्नु पर्छ ।

कागतीको विरुवा रोप्न के कस्तो तैयारी गर्नु पर्छ?
कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै(बैशाख महिना भित्र) २–३ घनफिटको खाल्डो खन्ने र जेठ महिना भित्र भर्ने अनि विरुवा आषाढ महिनामा रोप्ने।

मलखादको प्रयोगः-प्रति खाडल ५० ग्राम डि.ए.पी., ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्नु पर्दछ ।
कागतीको कस्तो जातः- ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्ने । भने कागतीको विरुवा एक पटक रोपेपछि ४० देखि ५० बर्ष सम्म बर्षसम्म फल दिई रहन्छ।

कागती बगैंचामा सिंचाईको आवश्यकताः-माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ
मलखाद
वोट हुर्कि सकेपछि १–३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले मलखाद हाल्नु पर्छ। विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिंचाई गर्नु पर्छ ।

कागतीमा लाग्ने मुख्य मुख्य किराहरुः- हरियो ठुलो पुतली, पातको झिंगा, कतले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन |यसलि नियन्त्रण गर्न पातको झिंगा भए गर्न डेल्ट्रामेथ्रिन २८ प्रतिशत इसि २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने कागतीको कतले किरा भए गर्न किरा लागेका बोटहरु नसार्ने, फागुन र चैत्र महीनामा एक एक पटक रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने, मटीतेल र साबुनको झोल बनाई छर्ने र एट्सो १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।लाही र सिट्रस सिल्ला किरा भए फुल फल्नु अगाडी रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने।. कागतीको मिलिबग किरा कसरी भए इमिडाकोलपिट ०.२ मि.लि. प्रति लिटर पानीमा झोल बनाई छर्ने |
कागतीमा लाग्ने रोगहरु
कागतीमा लाग्ने रोगहरु क्याइंकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य हुन |
कागतीमा लाग्ने रोगहरु नियन्त्रणका उपाय
कागतीमा लाग्ने रोगहरु नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने, हिउदमा बोटका सुकेका हांगाबिंगाहरुको कांटछांट गरि हटाउने, कपरअक्साईड ३ ग्राम प्रति लिटर पानीमा झोल बनाई कांटछांट पछी छर्ने र फेद वरिपरी सफा पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिने |

08/11/2017

lemon farming In USA

Want your school to be the top-listed School/college in Palpa?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Palpa
32500