श्री लक्ष्मी मा.वि. माल्मूल, पाल्पा

  • Home
  • Nepal
  • Palpa
  • श्री लक्ष्मी मा.वि. माल्मूल, पाल्पा

श्री लक्ष्मी मा.वि. माल्मूल, पाल्पा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री लक्ष्मी मा.वि. माल्मूल, पाल्पा, School, Khasyauli Palpa, Palpa.

विदा सम्बन्धि  सूचना !
24/09/2026

विदा सम्बन्धि सूचना !

18/09/2026

Play...Run..Grow...Enjoy
Friday ECA moment with our little champions!

आज मिति-२०८३/०५/३१ गतेका दिन यश श्री  लक्ष्मी  मा. वि.  रिब्दीकाेट - ३ माल्मूल पाल्पाकाे शिक्षक स्टाफ बैठक प्र. अ. दिपक ...
16/09/2026

आज मिति-२०८३/०५/३१ गतेका दिन यश श्री लक्ष्मी मा. वि. रिब्दीकाेट - ३ माल्मूल पाल्पाकाे शिक्षक स्टाफ बैठक प्र. अ. दिपक कुवँरकाे अध्यक्षतामा बसि विविध विषयमाथि छलफल गरि निर्णय गरियाे।

आज मिति २०८३/०५/२६ गतेका दिन  यश श्री लक्ष्मी  मा.वि  रिब्दीकाेट -३ माल्मूल पाल्पामा  रिब्दीकाेट गाउँपालिकाकाे  समन्वयमा...
11/09/2026

आज मिति २०८३/०५/२६ गतेका दिन यश श्री लक्ष्मी मा.वि रिब्दीकाेट -३ माल्मूल पाल्पामा रिब्दीकाेट गाउँपालिकाकाे समन्वयमा प्राथमिक स्वास्थ्य चौकी खस्यौलिद्वारा डेङ्गु र स्क्रवटाइफस रोग सँग सम्बन्धित जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो ।

शिक्षक आवश्यकता सम्बन्धी सूचना :
09/09/2026

शिक्षक आवश्यकता सम्बन्धी सूचना :

🎓📚 **PGDE तेस्रो सेमेस्टरअन्तर्गत विद्यालय शिक्षण अभ्यास सम्पन्न तथा विद्यार्थी शिक्षकहरूलाई रमाना**यस **श्री लक्ष्मी मा...
07/09/2026

🎓📚 **PGDE तेस्रो सेमेस्टरअन्तर्गत विद्यालय शिक्षण अभ्यास सम्पन्न तथा विद्यार्थी शिक्षकहरूलाई रमाना**

यस **श्री लक्ष्मी माध्यमिक विद्यालय, रिब्दीकोट–३, मालमूल, पाल्पा**मा **बुटवल बहुमुखी क्याम्पस**अन्तर्गत PGDE तेस्रो सेमेस्टरको विद्यालय शिक्षण अभ्यासका लागि खटिनुभएका **१४ जना विद्यार्थी शिक्षकहरूले २०८३/०३/२२ देखि २०८३/०५/२२ गतेसम्म** विद्यालय शिक्षण अभ्यास सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। 👩‍🏫👨‍🏫

यस अवधिमा विद्यार्थी शिक्षकहरूले **कक्षा शिक्षण, विद्यार्थी व्यवस्थापन, शिक्षण–सिकाइ क्रियाकलाप, शैक्षिक सामग्रीको प्रयोग तथा विभिन्न विद्यालयीय गतिविधिहरूमा सक्रिय सहभागिता** जनाउनुभएको थियो। 🌱📖✨

विद्यालय शिक्षण अभ्यास सफलतापूर्वक सम्पन्न गर्नुभएका सम्पूर्ण विद्यार्थी शिक्षकहरूलाई **हार्दिक धन्यवाद तथा आगामी शैक्षिक यात्राका लागि हार्दिक शुभकामना!** 💐🎓

**श्री लक्ष्मी माध्यमिक विद्यालय**
📍 रिब्दीकोट–३, माल्मूमल, पाल्पा

📸 **PGDE Teaching Practice & Ramana**

📢 शोक मनाउने सम्बन्धी सूचना......!!! गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार भोलि २०८३ भाद्र २२ गते सोमबार विद्यालय खुलेपछ...
06/09/2026

📢 शोक मनाउने सम्बन्धी सूचना......!!!

गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार भोलि २०८३ भाद्र २२ गते सोमबार विद्यालय खुलेपछि भोटेकोशी बाढीमा परी दिवंगत हुनुभएका सम्पूर्ण नेपाली आमा–बुवा, दिदी–बहिनी तथा दाजुभाइहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाइने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।
शोक कार्यक्रमपश्चात् विद्यालय सदा झैँ नियमित रूपमा सञ्चालन हुनेछ।
यस दिन सार्वजनिक बिदा नरहेको समेत सम्बन्धित शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ।

🙏 दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।
🕯️ शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

*****विद्यालय प्रशासन*****
श्री लक्ष्मी माध्यमिक विद्यालय
रिब्दीकोट–३, माल्मूल , पाल्पा

समुदाय - प्रहरी  साझेदारी  अन्तर्गत  आयाेजित जनचेतना मूलक कार्यक्रम मार्फत  शान्तिपूर्ण  सुरक्षित  र सभ्य समाज निर्माणमा...
03/09/2026

समुदाय - प्रहरी साझेदारी अन्तर्गत आयाेजित जनचेतना मूलक कार्यक्रम मार्फत शान्तिपूर्ण सुरक्षित र सभ्य समाज निर्माणमा पुर्‍याउनु भएकाे याेगदान तथा यश बिद्यालयकाे बालबालिका हरुलाइ कसरी सुरक्षित जीवन जिउन सकिन्छ , सम्भावित हुन सक्ने दुर्घटना बाट बच्न कसरी सकिन्छ, सडक पार गर्दा अपनाउने सावधानी ,सुरक्षित यात्रा सम्वन्धि ज्ञान,जेब्रा क्रसिङकाे सहि प्रयाेग, ट्राफिक बत्ती तथा सडक संकेतकाे जानकारि , माेटरसाइकलमा हेल्मेटकाे प्रयाेग,सवारी साधन चलाउदा माेवाइल काे प्रयाेग नगर्ने जस्ता ट्राफिक सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु भएकाेमा प्रहरी चाैकी, हार्थाेकलाइ विद्यालयकाे तर्फबाट हार्दिक धन्यवाद ।

फेरि भेटौला कार्यक्रम यस विद्यालयका मावि शिक्षक श्री प्रदिप भण्डारी एक कर्मठ निष्ठावान, इमान्दार , मनका धनी र लगनशील शिक...
03/09/2026

फेरि भेटौला कार्यक्रम

यस विद्यालयका मावि शिक्षक श्री प्रदिप भण्डारी एक कर्मठ निष्ठावान, इमान्दार , मनका धनी र लगनशील शिक्षक ले
दुई शैक्षिक सत्र सेवा गर्नुभई केही समयको लागि यस विद्यालयबाट बिदा हुनुभएकोमा उहाँको सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

श्री लक्ष्मी माध्यमिक विद्यालय
रिब्दीकोट -३, पाल्पा।

Address

Khasyauli Palpa
Palpa
32500

Website

Alerts

Be the first to know and let us send you an email when श्री लक्ष्मी मा.वि. माल्मूल, पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category